logo

अव केन्द्रीकृत रुपमा राहत बितरण हुने ,राहत र पूर्न निर्माणमा मंत्री यादव सक्रिय , सबैलाई जुटन अपिल 

      4/4/2019 गते 00 00 मा प्रकाशित     732   पटक पढिएको

बीरगंज २१ चैत 
  संघ सरकारका उधोग वाणिज्य तथा आपूर्ती मंत्री मातृका यादवले चक्रीय हुरी प्रभावित नागरिकलाई पुग्दो गरि राहत बितरण गरिने बताएका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कुरा गर्दै मंत्री यादवले भद्रगोल तरिकाबाट होइन केन्द्रीकृत रुपमा राहत बितरण गर्दा सबैले पाउने भन्दै सरकारले त्यही अनुरुप राहत बितरण गर्ने बताए ।

 

उनले सेना प्रहरी स्थानीय प्रशासन  भनेकै सरकार भएको बुझनु आवश्यक रहेको बताए । सरकारले गरेन अरुले मात्रै गरे भन्ने कुरा गलत भएको बताउदै प्रमुख जिल्ला अधिकारी सरकारको प्रतिनिधि भएको बताए  ।

उनले प्रदेश सरकार र स्थनीय सरकार पनि सरकार नै हुन यो बेलामा यसले ग¥यो उसले ग¥यो भन्दा पनि कसरी पीडितको जीवनलाई सामान्य बनाउन सकिन्छ त्याता ध्यान दिन जरुरी रहेको बताए ।

 

उनले बिनाशकारी चmत्रीय हुरीका कारण ज्यान गुमाएका नागरिकको परिवारलाई सरकारले  उचित क्षतिपुर्ती दिने र घाइतेको निशुल्क  उपचारको व्यवस्था मिलाएको बताए ।

 

मन्त्री यादवले नेकपाका अध्यक्ष प्रचण्डले मृतक परिवारलाई दिने भनी घोषणा गरेको ५ लाख मृतकका परिवारले पाउने बताए । उनले यो  घोषणामा  शंका र उपशंका नगर्न आग्रह गरे । उनले पत्रकारहरुलाई निराशायुक्त समाचारको प्रवाह भन्दा पनि आशा जगाउने समाचार प्रवाह गर्न आग्रह गरे ।

 


पत्रकार सम्मेलनमा नेकपाका नेताहरु सम्बिधान सभाका सदस्यहरु बिचारी यादव ,राजकुमार यादव, नकेपा नेतृ निर्मला देवकोटा प्रभू हजरा,छोटेलाल यादव प्रभू यादव लगायतको सहभागिता रहेको थियो । 

 


राहत तथा पूर्न निर्माणको अभियानलाई ठोस बनाउन यस क्षेत्रमा खटिएका मंत्री यादवले राहत बितरणलाई ब्यवस्थित बनाउनकालागि नागरिक समाजका बिभिँन्न सरोकार समुहसंघ छलफल गरेका छन ।

 

उनले आजै बीरगंज उधोग वाणिज्य संघका पदाधिकारी , नेकपाको बारा पर्साको स्थानीय नेतृत्व लगायतसंछ छलफल गरेर नागरिकलाई प्रभावकारी रुपमा राहत पु¥याउने र पूर्ननिर्मणको काम गर्न आग्रह समेत गरेका छन । 
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.