logo

अव केन्द्रीकृत रुपमा राहत बितरण हुने ,राहत र पूर्न निर्माणमा मंत्री यादव सक्रिय , सबैलाई जुटन अपिल 

      4/4/2019 गते 00 00 मा प्रकाशित     875   पटक पढिएको

बीरगंज २१ चैत 
  संघ सरकारका उधोग वाणिज्य तथा आपूर्ती मंत्री मातृका यादवले चक्रीय हुरी प्रभावित नागरिकलाई पुग्दो गरि राहत बितरण गरिने बताएका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कुरा गर्दै मंत्री यादवले भद्रगोल तरिकाबाट होइन केन्द्रीकृत रुपमा राहत बितरण गर्दा सबैले पाउने भन्दै सरकारले त्यही अनुरुप राहत बितरण गर्ने बताए ।

 

उनले सेना प्रहरी स्थानीय प्रशासन  भनेकै सरकार भएको बुझनु आवश्यक रहेको बताए । सरकारले गरेन अरुले मात्रै गरे भन्ने कुरा गलत भएको बताउदै प्रमुख जिल्ला अधिकारी सरकारको प्रतिनिधि भएको बताए  ।

उनले प्रदेश सरकार र स्थनीय सरकार पनि सरकार नै हुन यो बेलामा यसले ग¥यो उसले ग¥यो भन्दा पनि कसरी पीडितको जीवनलाई सामान्य बनाउन सकिन्छ त्याता ध्यान दिन जरुरी रहेको बताए ।

 

उनले बिनाशकारी चmत्रीय हुरीका कारण ज्यान गुमाएका नागरिकको परिवारलाई सरकारले  उचित क्षतिपुर्ती दिने र घाइतेको निशुल्क  उपचारको व्यवस्था मिलाएको बताए ।

 

मन्त्री यादवले नेकपाका अध्यक्ष प्रचण्डले मृतक परिवारलाई दिने भनी घोषणा गरेको ५ लाख मृतकका परिवारले पाउने बताए । उनले यो  घोषणामा  शंका र उपशंका नगर्न आग्रह गरे । उनले पत्रकारहरुलाई निराशायुक्त समाचारको प्रवाह भन्दा पनि आशा जगाउने समाचार प्रवाह गर्न आग्रह गरे ।

 


पत्रकार सम्मेलनमा नेकपाका नेताहरु सम्बिधान सभाका सदस्यहरु बिचारी यादव ,राजकुमार यादव, नकेपा नेतृ निर्मला देवकोटा प्रभू हजरा,छोटेलाल यादव प्रभू यादव लगायतको सहभागिता रहेको थियो । 

 


राहत तथा पूर्न निर्माणको अभियानलाई ठोस बनाउन यस क्षेत्रमा खटिएका मंत्री यादवले राहत बितरणलाई ब्यवस्थित बनाउनकालागि नागरिक समाजका बिभिँन्न सरोकार समुहसंघ छलफल गरेका छन ।

 

उनले आजै बीरगंज उधोग वाणिज्य संघका पदाधिकारी , नेकपाको बारा पर्साको स्थानीय नेतृत्व लगायतसंछ छलफल गरेर नागरिकलाई प्रभावकारी रुपमा राहत पु¥याउने र पूर्ननिर्मणको काम गर्न आग्रह समेत गरेका छन । 
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.