logo

विनाशकारी आँधीहुरी कसरी आयो ?

      4/1/2019 गते 00 00 मा प्रकाशित     2133   पटक पढिएको

वीरगन्ज, १८ चैत ।

आईतबार साँझ एक्कासी आएको आँधीहुरीले बारा र पर्सामा करोडौंको भौतिक तथा मानवीय क्षति पु¥याएको छ । घटना स्थलमा क्षतिको अवस्था हेर्दा आँधीहुरी होईन, ६ रेक्टर स्केल भन्दा शक्तिशाली भूकम्प जाँदा हुने क्षति भन्दा कम थिएन ।

 

विजुलीको पोल, बाँसघारीको झाङ उखेलिने, रुखहरु भाँचिने तथा पक्कीघरहरु समेत भत्किने गरी आएको आँधीहुरी कस्तो होला ? कसरी आयो होला भन्ने कौतुहलता त्यहाँ गएर प्रत्यक्ष हेर्नेहरुको मनमा लागि रहेको थियो ।

 

वितण्डा मच्चाएको आँधीहुरी शक्तिशाली नै थियो । छोटो समयमा यति धेरै क्षति पु¥याउने आँधीहुरी कसरी आयो भन्ने बारेमा जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवाष रिमालका भन्छन्, “चैत, बैशाख, जेठ महिनामा तापक्रम बढ्छ ।

 

तल हावा तातिएर माथि पुग्छ र फण्डर स्ट्रोम (चट्याङ) देखिन्छ । ती चट्याङ बन्ने सेलहरु न्यून चापीय भागमा चलायमान हुन खोज्छ ।” उनका अुनसार आईतबार बारा र पर्सामा आएको आँधीहुरी ‘स्टीम डाउन ड्रास’ हो ।

 

पोखराको आसपासमा चट्याङ बनाउने बादलका सेलहरु न्यून चापीय क्षेत्रबाट तलतिर आईरहेको थियो । आउने क्रममा त्यो विस्तारै विकसित हुदै जान्छ जसलाई डाउन ड्रास भनिन्छ । त्यहि डाउन ड्रास तलतिर झर्ने बेलामा अझ बेजोडले बत्तिएर आउने क्रममा पर्सा र बाराको भागमा आईपुग्दा त्यसले भूमरीको रुप लियो । भिगरस खालको डाउन ड्रासले हावाहुरी आउने गर्छ ।

 

अलिकती स्टीम खालको डाउन ड्रास र चिली क्लाउड (चिसो बादल) कै कारणले चक्रीय हुरी आएको र ठूलो धनजनको क्षति गरेको उनको भनाई छ । नेपालमा मनसुन सक्रिय नहुँदा सम्मका मनसुन पूर्वका चैत्र, वैशाख, जेष्ठ महिनामा अपरान्ह वा त्यसपछिको समयमा स्थानीय मौसम प्रणाली विकसित भई साँझ वा रातको समयमा चट्यांग, असिना पानी सहितको हावाहुरीले नेपालको मौसम प्रभावित हुने गर्दछ । मनसुन पूर्वको मौसम प्रणाली छोटो समयमै विकसित भै साधारणतया पश्चिमबाट पूर्व तर्फ लाग्ने गर्दछ ।

 

यो नियमित मौसमी प्रक्रिया हो । तर, हिजो साझँको मौसम प्रणालि हाल सम्मकै शक्तिशाली मौसम प्रणाली रहेको ९० किलोमीटर प्रति घण्टा भन्दा बढिको गतिमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसमविद रिमाल भन्छन्, “नेपालमा डाँडाकाडाँ र ताल तलैयाहरु पनि छ । स्थानीय धुलोका कणहरुले नै तापक्रम बढेर स्थानीय मौसम प्रणालीमा बादलहरु नै विकसित भएर फण्डर स्ट्रोम बन्छ ।

 

यो खालको छोटो समयमा बन्ने र छोटो समयमा सकिने हुन्छ । यो पोखरामा बनेर आएकै हो । नेपाल जस्तो जटिल भू–बनोट भएको देशमा यस्ता मौसम प्रणालिले ल्याउने विपद्को क्षेत्र र ठाउँ तोकेर पूर्वानुमान गर्न अति नै चुनौतीपूर्ण छ । यो खासमा पोखरा तिर बनेको सेलहरु विस्तारै विकसित हुदै आएर बारा पर्साको सीमानामा सकिएको मौसमविद रिमालको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.