logo

पन्ध्र आयोजनामा लागानी सम्झौता गर्दै लगानी सम्मेलन सम्पन्न

      3/30/2019 गते 00 00 मा प्रकाशित     844   पटक पढिएको

काठमाण्डौ  १६ चैत । 
नेपाल सरकारले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीका लागि १५ वटा आयोजनामा सम्झौता गर्दै शनिबार समापन भएको छ।

शनिबार साँझ समापन मन्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले ‘लगानी सम्मेलन अत्यन्तै सफल भएको र सरकारले सोकेश गरेका ७७ वटै परियोजनामा लगानीकर्ताहरुले आवेदन दिएको  बताए।

आयोजना र आफ्नो प्राविधिक पक्ष र आवश्यकता हेरेर सरकारले सम्झौत गर्दै जाने उनले बताए। सरकारले ठूला आयोजनाहरुमा विदेशी लगानीे प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे ।

शनिबार भएका सम्झौता अनुसार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाका लागि छुट्टा छुट्टै निकायसँग तीन वटा सम्झौता गरेको छ।

उर्जाको क्षेत्रमा माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ। अरुण तेस्रो आयोजनालाई लगानी गर्न एसबीआई बैंक, नविल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन्।

हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्ने समझदारी गरेको छ। सीमरामा विशेष आर्थिक क्षेत्र  विकासका लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।

त्यस्तै गैरआवासीय नेपाली संघले १० अर्बको लगानी पूर्वाधार निर्माणका क्षेत्रमा ल्याउने समझदारी गरेको छ।

यी हुन दुई पक्षीय समझादारी भएका आयोजनाः

१. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी।
२. ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी।
३. ५ जी नेटवर्क विस्तारका लागि सिजी र टेलिसेलबीच समझदारी।
४. सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच समझदारी।
५. २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानी गर्ने समझदारी।
६. ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकले १२ हजार करोड बढी रुपैयाँ लगानी गर्ने समझदारी।
७. १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी।
८. सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी।
९. सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी।
१०. एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने समझदारी।
११. नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी।
१२. पूर्वाधार विकास कर्पोरेसन।
१३. मुतुथ फाइनान्स भारतद्वारा ३९ अर्ब ९० करोड लगानी गर्ने समझदारी
१४. दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी।
१५. गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्टको लगानी समझदारी।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.