logo

कलम बोक्ने विद्यार्थी ढुंगामुढामा उत्रिएपछि प्रदेश २ मा तनाव 

      3/29/2019 गते 00 00 मा प्रकाशित     1027   पटक पढिएको

वीरगन्ज, १५ चैत्र । प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ । बिहिबार विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि परिक्षा नियन्त्रण कार्यालयले प्रदेश नम्बर २ को परिक्षा रद्द गर्ने निर्णय गरेपछि बिहिबार साँझ प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु शुक्रबार हुने सामाजिक शिक्षा विषयको परिक्षाको प्रश्नपत्र पनि बाहिरिएको भन्दै परिक्षा नियन्त्रण कार्यालयले परिक्षा रद्द भएको घोषणा गरेको थियो ।

परिक्षा रद्द गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले प्रदेश नम्बर २ भर प्रदर्शन गरेका छन् । बिहानै परिक्षा दिनका लागि परिक्षाकेन्द्रमा पुगेका विद्यार्थीहरु परिक्षा नै रद्द भएको खबर पाएपछि आक्रोशित हुदै वीरगन्जको घण्टाघरमा भेला भई टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलित भएका विद्यार्थीहरुले घण्टाघरमा रहेको ट्राफिक आईल्याण्ड, डिभाईडर लगायतका होर्डिङ वोर्डहरु समेत तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले बिहानै वीरगन्जको विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । तोडफोडमा संलग्न केही विद्यार्थीहरु पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । पक्राउ परेका विद्यार्थीहरुको संख्या र नाम भने प्रहरी उपरीक्षक ढकालले सार्वजनिक गरेनन् । विद्यार्थीहरु तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण गर्नका लागि प्रहरीले केही राउण्ड अश्रुग्याँस पनि फायर गरेको छ ।

त्यस्तै दमकलबाट पानीको फोहोराले विद्यार्थीहरुको भीड तितर बितर बनाउन खोजेपछि विद्यार्थीहरु थप आक्रोशित बन्दै वीरगन्ज महानगरपालिकाको दमकलमा समेत तोडफोड गरेका छन् । त्यस्तै बाराको कलैया उपमहानगरपालिकाको भरतचौकमा पनि विद्याथीहरुले प्रदर्शन गरेका छन् ।

रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा सप्तरी लगायत प्रदेश नम्बर २ का जिल्लाहरुमा परिक्षा दिन नपाएका विद्यार्थीहरु आक्रोशित हुदै प्रदर्शन र तोडफोडमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा समेत ढुंगा प्रहार गरेर तोडफोडको प्रयास गरेका थिए ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.