logo

हृदयघातबाट कम्युनिष्ट नेता मण्डलको निधन ,पार्टीलाई अपुरणीय क्षती

      3/18/2019 गते 00 00 मा प्रकाशित     847   पटक पढिएको

बीरगंज ४ चैत ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य हरि मण्डलको ५० वर्षको उमेर हृदयघातका कारण निधन भएको छ । सोमवार दिउसो उनलाई हृदयघात भएको हो ।

उनलाई उपचारकोलागि बीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको पार्टी स्रोतले बताएको छ । 


जनयुद्धकालामा मजदुर क्षेत्रमा संगठीत रहेर पार्टी र क्रान्तिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका मण्डल पटक पटक गरि ३ वर्ष सम्म जेलमा बसेका थिए ।

 

पार्टी शान्ति प्रक्रियामा आएपछि भएको निर्वाचनमा पर्साको क्षेत्र नं २ वाट सासदको प्रत्यासी समेत भएका थिए । पार्टी भित्र इमान्दार र लगनशील नेताको छवी बनाएका मण्डल पार्टी एकता हुनु पूर्व एकिकृत माओवादीको पोलीछ ब्यूरो सदस्य रहेका थिए ।

 

कठीन घडीमा समेत पार्टी र आन्दोलन प्रति समर्पित नेताको असामयीक निधनले पार्टी पंक्ति स्तब्ध भएको छ ।

पार्टीका प्रदेश इन्चार्ज सत्य नारायण मण्डल , प्रदेश अध्यक्ष प्रभू साह र पार्टीको पर्सा जिल्ला कार्यदलले छुट्टा छुट्टै  बिज्ञप्ति निकालेर मण्डलको निधन प्रति शोक ब्यक्त गरेको छ ।

 

नेपाली सर्वहारा जनताका सच्चा मित्र पार्टीका इमान्दार नेताको असामयीक अवसानले पार्टी र आन्दोलनले ठुलो क्षती ब्यहोर्नु परेको बिज्ञप्तिामा उल्लेख छ । 


पार्टी र देशले एउटा सच्चा क्रान्तिकारी योद्धा गुमाउनु पर्दा अपूरणीय क्षती भएको  भन्दै बिज्ञप्ति मार्फत स्व ं मण्डललाई श्रद्धाञ्जली अर्पण गरिएको छ । 


नेता मण्डलको आजै राधेमाई स्थित श्रीसिया नदी तिरमा बैद्धिक बिधि अनुसार अन्तिम संस्कार गरिएको नेकपा पर्साका नेता प्रभू हजराले जानकारी दिए ।

 

स्वं. मण्डलको पार्थीव शरीरमा पार्टीका नेताहरु रामचन्द्र साह ,प्रभू हजरा, छोटेलाल यादव बिजय महतो लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए । स्वं मण्डलका २ छोरा र १ छोरी छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.