logo

बिकासका योजना लिएर आउनुहोस पैसा छैन भनेर चिन्ता लिनु पर्दैनः मंत्री पंण्डित

      3/8/2019 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको

वीरगंज, फागुन २४
संघीय मामला तथा सामान्य प्रशसान मंत्री लालबाबु पंडितले देशमा भइरहेको बिकासको काम देखेर आत्तिएकाहरु आउने चुनाव सम्ममा सकिने बताएका छन ।

 

पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं २ सम्झौतामा प्रसुती गृहको शिलान्यास पछि आयोजना गरिएको सभामा बोल्दै मंत्री पंडितले सबै भन्दा बढी मधेश बिरोधीको आरोप खेपेको कम्युनिष्ट सरकारले समृद्ध मधेश योजना ल्याएर बिकास गरिरहको बताए ।

 

 नेपाल भारतको सीमामा रहेको भिषूवा बजारमा आयोजना गरिएको कार्यक्रममा आफना कुरा राख्दै मंत्री पंडितले बिकासकालागि योजना बनाएर जनतालाई आउन अपिल गरे ।

 

बिकासका योजना ल्याउनुहोस उनले भने पैसा छैन भनेर चिन्ता नलिनु होला चाहिने पैसा दिन सरकार तयार छ । मंत्री पंडितले जोडै दिएर भने पारीका भन्दा वारीका जनतामा खुशीयाली देख्न सरकार ललायीत छ ।

 

उनले प्रदेश सरकारप्रति असुन्तुष्टी जनाउदै भने “प्रदेश सकार माखा मारेर बसेको छ । मंत्री पंडितले कर्मचारी समायोज पश्चात स्थानिय तहमा देखिएको कर्मचारी अभाव हटने बताए उनले भने कार्यक्षेत्रमा गएर काम गर्नेहरु रहन्छन नजानेहरु घर जान्छन  ।


पर्साको छिपहरमाई गाँउपालिका का अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । 


 छिपहरमाई गाँउपालिका वडा नं १ संघिय समाजवादी फोरमबाट निर्वाचित वडा अध्यक्ष राजबली यादव सहित फोरम नेपाली का)ग्रेस र राजपा परित्याग गरि ३ सय भन्न्द बढ िब्यक्तिहरु पार्टीमा प्रवेश गरेका थिए । 

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, पुर्व सांसद जयप्रकाश थारु, जुनेद अंसारी, जगरनाथपुर गाँउपालिकाका प्रमुख जालिम मियाँ, ठोरी गाँउपालिकाका प्रमुख पिएल श्रेष्ठ, नेकपाका युवा नेता मनोज चौधरीले मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा  नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष के.सी लामिछाने ,पर्सा उपाध्यक्ष अनुप तिवारी प्रेस संगठन नेपालका निरज पिठाकेटे  नेकपाका नेताहरु प्रहलाद गुप्ता लगायतकाको सहभागिता रहेको थियो कार्यक्रमलाई नेकपाका प्रदेश सदस्य रामबाबु बैठाले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.