logo

जिल्ला प्रशासन र मालपोतमा अख्तियारको प्रवेश भ्रष्टकामको अनुसन्धान शुरु

      3/5/2019 गते 00 00 मा प्रकाशित     848   पटक पढिएको

वीरगंज,२१ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाले बीरगंजमा केही मुख्य सरकारी अड्डाहरुमा आफनो निगरानी बढाएको छ ।

 

अख्तियारको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता सम्बन्धी केही कागजातमा छानवीन गरेको छ । अख्तियारले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता सम्बन्धी केही बिषयमा लिखित जानकारी माग गरेको थियो ।

 

तर जिल्ला प्रशासन कार्यालय पर्साले माग गरिएको बिषयमा अख्तियारलाई समेत कुनै जानकारी नदिएपछि अख्तियार आफै जिल्ला प्रशासन कार्यालय पर्सामा आइपुगेको हो  ।

 

यस बिषयमा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले भने आफूले पनि अख्तियारको टोली आएको सुनेको बताए ।

 

उनले भने गाइगुई सुनेको हो यो बिषयमा बिस्तृतत जानकारी भने म संग छैन । तर अख्तियारको टोली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगे पछि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र उनै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले अख्तियारको सोधनीको बारेमा जवाफ लेखेको जिल्ला प्रशासन कार्यालय स्थित स्रोतले बताएको छ ।

 

कार्यालय समय पछि सम्म लेखिएको पत्र बोकेर अख्तियारको टोली हेटौडा फर्किएको स्रोतले बतायो । अख्तियारले कसको नागरिकताको बिषयमा सोधनी गरेको थियो भन्ने कुरा खुलेको छैन । तर जिल्ला प्रशासन कार्यालय पर्सामा बितेको १ महिना भित्रमा गैर नेपालीले लिएको दुईटा नागरिकताको बिषयमा लाखौ रुपैयामा “डिल” भएको स्रोत को दावी छ । 

 


यसैगरि भ्रष्टाचारी अड्डाको रुपमा प्रख्याती पाएको बीरगंज स्थित मालपोत कार्यालयमा पनि अख्तियार प्रवेश गरेको छ । अख्तियारले कतिपय लिखतहरु अनुसन्धानको लागि आफनो कब्जामा लिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.