logo

बिकास गर्न बनेको सडक अबिकासको कारण बन्न सक्ने प्रति सचेत रहन बिज्ञको आग्रह

      2/27/2019 गते 00 00 मा प्रकाशित     903   पटक पढिएको

वीरगन्ज १५ फाल्गुन ।
विकासका लागि सडक सम्पर्क सबभन्दा महत्वपुर्ण पक्ष रहेको विज्ञहरुले औल्याएका छन् । ति सडक निमार्ण गरिदा आपेक्षा गरिएका विकाससंगै पर्ने अनपेक्षित प्रभावको समेत मुल्यांकन हुनुपर्ने वीरगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । 


‘भौतिक विकास र मानवीय विकास दुबैमा पछाडी रहेको भु भाग हामीलाई हाम्रो चाहनाभन्दा फरक किसिमले प्रदेशको रुपमा दिइयो,’ बिकासशील मधेशमा सडक सम्पर्कको अर्थ राजनीति बिषयक गोष्ठीमा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘तर अब गुनासो मात्र कति दिन पोखिराख्ने हामी बिकासका लागि आफै अघि सर्नु पर्छ ।

 

’ मुख्यमंत्री राउतले प्रदेशको बिकासको दायीत्व आफूहरुको भएको बताउ । प्रदेश २ मा प्रदेश सरकार मातहतका सडकहरु बृक्षारोपण तथा आवश्यक ठाउँमा नाला सहित बनाउने नीति नियम बनाउन लागेको मुख्यमन्त्री राउतले बताए । मानव बिकास सुचांकमा पछाडी रहेको प्रदेशलाई अगाडि  बढाउन खोजिरहेको बेला संघीय सरकारले क्षेत्राधिकारमा चलखेल गरेर समस्या उत्पन्न गर्न खाजेको  उनले बताए । 

 


वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका बिकास योजनाहरुमा चाँसो लिदिएपछि प्रतिफल राम्रो आउने अनुभव सुनाए । उनले बीरगंजको प्रतिमा चोक देखी बहुअर्वा भाठा सम्मको हुलाकी राजमार्ग निर्माणमा आएको समस्या हल गर्दा प्राप्त गरेको अनुभव सुनाउदै बिकासकालागि सहि प्रत्यन हुनु पर्ने बताए ।

 

नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति अजय कुमार द्विवेदीले तराइका मुख्य बसोवास क्षेत्रको विचबाट रेखांकित गएिको हुलाकी राजमार्ग नबनाएर राजा महेन्द्रको प्रत्यक्ष चाँसोमा बन फडानी गरेर महेन्द्र राजमार्ग बनाइएपछि त्यसको दुश्प्रभाव अहिलेसम्म तराई मधेशले भोगिरहेको बताए । उक्त योजनाले काठ बेंचेर दारबारियालाई फइदा भएपनि स्थाानीय बासिन्दालाई र पहाडका मानिसहरुलाई कुनै फाइदा नभएको उनको भनाई छ । 

 

कार्यक्रममा नेपाल इन क्राइसिस नाम पुस्तकका लेखक मध्यका एक डेभिड स्याडेनले सडक संजालको अर्थराजनीतिका बारेमा चर्चा गरेका थिए । उनले सडक मात्रको निर्माणले बिकास हुने कुरा सत्य मात्र  नभएको चर्चा गर्दै सडकको निर्माणले हुन सक्ने अवबिकासको बारेमा समेत बिचार पु¥याउनु पर्नेमा जोड दिए । 

 


वीरगन्जको ठाकुराराम बहुमुखी क्याम्पसको समाजशास्त्र बिभागको आयोजनमा भएको कार्यक्रममा बेलायतका अवकाशप्राप्त प्राध्यापक डेविड स्ूयाडेनले  बिकासको नाममा सहयोगकर्ताहरुको स्वार्थपुर्ती हुने वा दुरगामी रुपमा अनापेक्षित परिणाम आउने सम्भावना समेत रह्न सक्ने भएकोले त्यो पक्ष विचारणीय रहेको बताए ।

 

समाजशास्त्री डा.युवराज लुइटेल बिकास वा समृद्धि भन्ने शब्द चयनमै राजनीतिक दलहरु अलमलिएको बताए । उनले राजनीतिक प्रतिबद्धता अनुसार योजनाहरु आइदिए देश समृद्ध हुने बताए । प्रदेश २ को सवालमा दलित, महिला र मुस्लिमलगायत पछाडि परेको समुदायको जीवनस्तर उकासिएपछि मात्र विकासको अर्थ सार्थक हुने निरौलाको भनाई थियो ।

 

ठाकुराराम बहुमुखी क्याम्पसको समाजशास्त्र बिभागका विरेन्द्रप्रसाद साहले सहजीकरण गरेको कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपप्रध्यापक डा. शुष्मा द्विवेदी नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने लगायतले बोलेका थिए ।  

 

कार्यक्रममा पत्रकार रितेश त्रिपाठी,लक्ष्मी खरेल निरज पिठाकोटे तुलसी भण्डारी उप प्राध्यापक रघुनाथ चौरसिया र रामनारायण साह लगायतले बिभिन्न जिज्ञासा रखेका थिए । कार्यक्रम  ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.