logo

बिकास गर्न बनेको सडक अबिकासको कारण बन्न सक्ने प्रति सचेत रहन बिज्ञको आग्रह

      2/27/2019 गते 00 00 मा प्रकाशित     955   पटक पढिएको

वीरगन्ज १५ फाल्गुन ।
विकासका लागि सडक सम्पर्क सबभन्दा महत्वपुर्ण पक्ष रहेको विज्ञहरुले औल्याएका छन् । ति सडक निमार्ण गरिदा आपेक्षा गरिएका विकाससंगै पर्ने अनपेक्षित प्रभावको समेत मुल्यांकन हुनुपर्ने वीरगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । 


‘भौतिक विकास र मानवीय विकास दुबैमा पछाडी रहेको भु भाग हामीलाई हाम्रो चाहनाभन्दा फरक किसिमले प्रदेशको रुपमा दिइयो,’ बिकासशील मधेशमा सडक सम्पर्कको अर्थ राजनीति बिषयक गोष्ठीमा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘तर अब गुनासो मात्र कति दिन पोखिराख्ने हामी बिकासका लागि आफै अघि सर्नु पर्छ ।

 

’ मुख्यमंत्री राउतले प्रदेशको बिकासको दायीत्व आफूहरुको भएको बताउ । प्रदेश २ मा प्रदेश सरकार मातहतका सडकहरु बृक्षारोपण तथा आवश्यक ठाउँमा नाला सहित बनाउने नीति नियम बनाउन लागेको मुख्यमन्त्री राउतले बताए । मानव बिकास सुचांकमा पछाडी रहेको प्रदेशलाई अगाडि  बढाउन खोजिरहेको बेला संघीय सरकारले क्षेत्राधिकारमा चलखेल गरेर समस्या उत्पन्न गर्न खाजेको  उनले बताए । 

 


वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका बिकास योजनाहरुमा चाँसो लिदिएपछि प्रतिफल राम्रो आउने अनुभव सुनाए । उनले बीरगंजको प्रतिमा चोक देखी बहुअर्वा भाठा सम्मको हुलाकी राजमार्ग निर्माणमा आएको समस्या हल गर्दा प्राप्त गरेको अनुभव सुनाउदै बिकासकालागि सहि प्रत्यन हुनु पर्ने बताए ।

 

नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति अजय कुमार द्विवेदीले तराइका मुख्य बसोवास क्षेत्रको विचबाट रेखांकित गएिको हुलाकी राजमार्ग नबनाएर राजा महेन्द्रको प्रत्यक्ष चाँसोमा बन फडानी गरेर महेन्द्र राजमार्ग बनाइएपछि त्यसको दुश्प्रभाव अहिलेसम्म तराई मधेशले भोगिरहेको बताए । उक्त योजनाले काठ बेंचेर दारबारियालाई फइदा भएपनि स्थाानीय बासिन्दालाई र पहाडका मानिसहरुलाई कुनै फाइदा नभएको उनको भनाई छ । 

 

कार्यक्रममा नेपाल इन क्राइसिस नाम पुस्तकका लेखक मध्यका एक डेभिड स्याडेनले सडक संजालको अर्थराजनीतिका बारेमा चर्चा गरेका थिए । उनले सडक मात्रको निर्माणले बिकास हुने कुरा सत्य मात्र  नभएको चर्चा गर्दै सडकको निर्माणले हुन सक्ने अवबिकासको बारेमा समेत बिचार पु¥याउनु पर्नेमा जोड दिए । 

 


वीरगन्जको ठाकुराराम बहुमुखी क्याम्पसको समाजशास्त्र बिभागको आयोजनमा भएको कार्यक्रममा बेलायतका अवकाशप्राप्त प्राध्यापक डेविड स्ूयाडेनले  बिकासको नाममा सहयोगकर्ताहरुको स्वार्थपुर्ती हुने वा दुरगामी रुपमा अनापेक्षित परिणाम आउने सम्भावना समेत रह्न सक्ने भएकोले त्यो पक्ष विचारणीय रहेको बताए ।

 

समाजशास्त्री डा.युवराज लुइटेल बिकास वा समृद्धि भन्ने शब्द चयनमै राजनीतिक दलहरु अलमलिएको बताए । उनले राजनीतिक प्रतिबद्धता अनुसार योजनाहरु आइदिए देश समृद्ध हुने बताए । प्रदेश २ को सवालमा दलित, महिला र मुस्लिमलगायत पछाडि परेको समुदायको जीवनस्तर उकासिएपछि मात्र विकासको अर्थ सार्थक हुने निरौलाको भनाई थियो ।

 

ठाकुराराम बहुमुखी क्याम्पसको समाजशास्त्र बिभागका विरेन्द्रप्रसाद साहले सहजीकरण गरेको कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपप्रध्यापक डा. शुष्मा द्विवेदी नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने लगायतले बोलेका थिए ।  

 

कार्यक्रममा पत्रकार रितेश त्रिपाठी,लक्ष्मी खरेल निरज पिठाकोटे तुलसी भण्डारी उप प्राध्यापक रघुनाथ चौरसिया र रामनारायण साह लगायतले बिभिन्न जिज्ञासा रखेका थिए । कार्यक्रम  ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.