logo

बीरगंज महानगरको २३ वाट अनलाइन घटना दर्ता प्रक्रिया शुरु

      2/25/2019 गते 00 00 मा प्रकाशित     1114   पटक पढिएको

वीरगंज,१३ फागुन ।
वीरगंज महानगरपालिकामा  अनलाइन घटना दर्ता शुभारम्भ गरिएको छ । देशभरीको चार वटा महानगरमा यसैवर्षदेखिशुरु भएको अनलाइन प्राणालीबाट गरिने घटनाक्रमको दर्ता सोमवारदेखि वीरगंज–२३ प्रसौनी वडा कार्यालयबाट पनि शुरु भएको हो ।


यो आधुनिक प्रविधिबाट विभिन्न प्रकारको घटनाक्रम दर्ता हुने क्रम शुरु भएको छ ।महानगरका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले दिनभर केन्द्र सरकारको विभिन्न निकायसंग समन्वय र सहकार्य गरी अनलाईन प्रविधि सूचारु गराएको जानकारी दिए ।


यो सेवा शुरु भएसंगै अब एउटा पालिकाको एउटा वडा भित्र दिनहु हुने घटना दर्तालाई केन्द्रीय डाटाबेसमा सुरक्षित राख्न सकिन्छ भने भोलीको दिनमा खोजेको बेला एउटा क्लिकबाट सहजै पत्ता लगाउन सकिन्छ ।

 

कुनै व्यक्तिको मृत्यु दर्ता गरियो भने त्यसवापत एउटा कोड सेवाग्राहीलाई दिइन्छ ।त्यो कोड चाहिएकोसमयमा सर्चगरी खोज्दा मृत्यु भएको व्यक्तिसंग सम्बन्धित सबै कागजात सहजै फेला पार्न सकिने सुविधा हुन्छ ।


अर्थात अव वडाको तथ्याक राष्ट्रिय स्तरमा पनि संरक्षित रहनुको साथै वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका पञ्जिकरण दर्ताको तथ्याक अनलाइन सिस्टमबाट शुरु गरिएको छ ।अनलाइन शुरुवात गर्ने कार्यक्रम वडा नं २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहाको सभापतित्वमा भएको थियो ।

 

कार्यक्रममा पुर्व सासद विचारी यादव,वीरगंज महानगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सतिश चौधरी,पञ्जिका प्रमुख प्राण मेहतालगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.