logo

नेपाली कांग्रेस भित्र ध्रुविकरण तिब्र,कोइरालाहरु एउटै मंचमा नेतृत्व बिरुद्ध मोर्चाबन्दी

      2/16/2019 गते 00 00 मा प्रकाशित     1524   पटक पढिएको


वीरगन्ज ४ फाल्गुण । 
कोइराला परिवारका तेश्रो पुस्ताको नेतृत्वमा रहेका नेपाली कांग्रेसका तीन नेताहरु डा.शसांक कोइराला,डा.शेखर कोइराला  र सुजाता कोइरालाले शनिवार बीरगंजको एउटै मंचबाट आफूहरु एक रहेको स्पष्ट पारे ।

जीपी फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले पार्टीका महामंत्री डा.शंशाक कोइराला, केन्द्रीय सदस्य डा .शेखर कोइराला बीच अब कुनै मतभेद र विवाद नरहेको बताइन  । कोइराला परिवारका नेताहरुको एकताले नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई प्रभावित गर्ने आशंका गर्न थालिएको छ ।

 

नेपाली कांग्रेस भित्रको कोइराला बिरासतलाई पूर्नस्थापित गर्न यो एकताले अर्थ राख्ने कांग्रेस कार्यकर्ताहरुको मत रहेको छ । आउने महाधिवेशनमा डा .शेखर कोइरालालाई अगाडि सार्ने सम्मको अड्कल काट्न थालिएको छ । 

कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसन पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका तीनैजना नेताले पार्टी नेतृत्वको आलोचना पनि गरे ।

 

महामंत्री डा. शसांक कोइरालाले त अहिलेको पार्टीभित्र नेताहरुबीच गुटउपगुट रहेको र पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नै गुट चलाएकाले पार्टी कमजोर बनेको आरोप लगाए उनले भने मैले सबैलाई मिलाएर लैजानु भन्ने सुझाव दिए उहाँले मान्नुभएन त्यसैगरि अगाडि बढीरहने हो भने उहाँपनि सकिनु हुन्छ” ।

कांग्रेस नेता शेखर कोइरालाले पनि पार्टीभित्र गुटउपगुट मौलाएको र नेतृत्वमा राजनीतिक संस्कार ह्रास हुँदै गएकाले कांग्रेस कमजोर बनेको आरोप लगाए ।

 

नेता कोइरालाले प्रतीपक्षीय राजनीतिलाई सफल नेतृत्व दिने इमान र संस्कार पार्टी नेतृत्वमा नरहेको बताउदै उनले तोकिएकै मितिमा महाधिवेशन गरेर पार्टीलाई जोगाउनु पर्ने बताए । 

 

केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको नेतृत्वमा राजनीतिक नैतिकता र संस्कार हराउँदै गएको र व्याक्तिवादी चरित्र र स्वार्थ रहेको बताए । नैतिकता र संस्कारबिनाको राजनीति पनि एक किसिमको अपराध भएको उनको भनाइ थियो ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल,अजय कुमार चौरसिया,महम्मद अफताव आलम, नेताहरु सुरेन्द्र चौधरी,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी जनार्दन सिंह क्षेत्री फाउण्डेशनका प्रदेश १ २ ५ का अध्यक्षहरुले समेत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा तीनै कोइरालालाई १ सय २१ किलोको माला लगाएर स्वागत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.