logo

अनधिकृत रुपमा  पाँच महिनादेखी मोटरसाइकल प्रहरी नियन्त्रणमा 

      2/15/2019 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

बीरगंज ३ फाल्गुन । 
बिगत  पाँच महिना देखी प्रहरीले अनधिकृत रुपमा नागरिकका दुईथान मोटरसाइकिल आफनो नियन्त्रणमा राखेको छ । भदौ २२ गते बीरगंजको बसपार्कमा प्रहरीले ९ सय ६६ ग्राम ब्राउन सुगरसहित मोटरसाइकल नियन्त्रणमा लिएको दावी गरेको थियो ।

 

बीरगंज बसपार्कका प्रहरी नायव उपरिक्षक बैद्यनाथ दासको दावी अहिले पनि यस्तै रहेको छ । तर प्रहरीले ति दुवै मोटरसाइकलका बारेमा कहि कतै केही उल्लेख गरेको पाइदैन । 


पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ का जयराम कुमारको नाममा दर्ता रहेको ना २९ प ७३४८ नम्बरको मोटरसाइकल मार्फत उनी आफै शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जादै थिए ।

 

बीरगंजको बसपार्कमा मोटरसाइकल रोकी एक छेउमा मकै खाइरहेको अवस्थामा सादा पोशाकका मान्छेहरुले आफनो खल्ती जोरजवरजस्ती छाम्न खोज्दा प्रतिवाद गरेको र त्यसकै रिसमा उनलाई ब्राउन सुगर हालेर फसाइएको  रामका पिता बिहारी रामको दावी छ ।

 

रामलाई नियन्त्रणमा लिएर प्रहरीले गाडीमा तीन घण्टा घुमाएपछि होटेलमा लगेर जोरजुलुम गरि मुचुल्का बनाएको उनले दावी लिएका छन । 

 

    प्रहरीले राम र उनका साथी बालकिशोर दास थारुलाई होटेलको कोठाबाट सामेतको दावी लिएर अदालतमा मुद्धा गरेको देखिन्छ । प्रहरीले ब्राउन सुगर सहित नियन्त्रणमा लिएको मोटरसाइकललाई दशी प्रमाणका रुपमा पेश गरेको पनि छैन ।

 

प्रहरीले दासले चढेको बा ५२ प २५०४ को प्यासन प्रो मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।  प्रहरीका आधिकारीक दस्तावेजमा समेत मोटरसाइकलका बारेमा केही उल्लेख भएको पाइदैन । प्रहरीले मोटरसाइलक बरामद नभएको जिकीर लिएको छ ।

 

तर रामको नाममा रहेको मोटरसाइकल करिव साढे पाँच महिना देखी बीरगंज बसपार्कको प्रहरी कार्यालयमा रहेको छ । नागरिकको धनको रक्षा गर्ने प्रहरीले अनधिकृत रुपमा मोटरसाइकल कब्जामा लिएको बिषयमा गृहमंत्रालयले समेत चासो लिएको छ ।

 

मंत्रालयले यो बिषयमा अनुसन्धान गर्ने जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा हुनु त्यसलाई दशीको रुपमा प्रस्तुत नगर्नु र घटना स्थल होटललाई देखाइएको कुराले प्रहरीको कार्यसम्पादनमा प्रश्न उठाउन थालिएको छ । 


    रामका पिता बिहारी रामले कार्यालयले लिखित रुपमा मोटरसाइकल आफूलाई बुझाउनु पर्ने शर्त राखेपछि प्रहरीले त्यसो गर्न मानेको छैन । उनले पर्साका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत मोटरसाइकल उपलब्ध गराउन माँग गरेपनि जिल्ला प्रशासन कार्यालय पर्साले त्यसो गर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताए । प्रहरीले भने कोही दावी गर्न नआएकोले मोटरसाइकल राखिएको तर्क गरेको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.