logo

इन्सेकद्वारा  मानव अधिकारर उल्लंघनका घटनाहरु सार्वजनीक

      11/25/2018 गते 00 00 मा प्रकाशित     1761   पटक पढिएको

बीरगंज मंसीर ९ ।
पर्सामा गतबर्ष भन्दा यसबर्ष मानवअधिकार उल्लंघनका घटनाहरु बढेकोे पाईएको छ । मानवअधिकार सम्बन्धी काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले गरेको बार्षिक समिक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक भएको छ । 


२०१८ को जनवरी देखी हाल सम्म अलिेख गरिएका घटनाहरुको बारेमा समिक्षा गोष्ठीमा चर्चा भएको थियो । इन्सेक प्रतिनिधि के.सी.लामिछानेले मानव अधिकार उल्लघंनका घटना सम्बन्धी तथ्याकं प्रस्तुत गरेका थिए । वर्षभरिमा पर्सामा १८ वर्ष भन्दा मुनिका १७ वालिका बलात्कृत भए ।

 

 १८ वर्ष भन्दा माथिका ६ महिला बलात्कारबाट पीडित भए । १८ वर्ष भन्दा मुनी एक वालिका बलात्कार प्रयास बाट पीडित भइन त्यस्तै १८ वर्ष माथी दूई महिला बलात्कार प्रयासबाट पीडित भए । हत्याका ९ घटना भएका छन । अप्राकृतिक यौन  दुब्र्यवहारका १ गैर राज्य दूब्र्यवहार १ र राज्यका तर्फबाट दुब्र्यवहारका २ घटना भए ।

 

मानव बेचबिखनका ४ घटना भएका जसमा दुई घटनामा १८ वर्ष भन्दा कम उमेरका ४ जना वालिका पीडित भए । यो वर्ष पर्सामा ४३ वटा घटनाहरु समिक्षा अवधी सम्ममा प्रकाशमा आएको इन्सेक प्रतिनिधि लामिछाने बताए । 
मानव बेचखिन , बलात्कार र बलात्कार प्रयासका गरि ४ घटनाका अभियुक्तहरु भने फरार रहेको अवस्था रहेको छ ।


समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारकर्मीहरु र राज्यका निकायहरुवीचको सम्बन्ध आजकल अनौठो हुदै गएको चर्चा गरे । उनले मानव अधिकारको पक्षमा काम गर्नेहरुले समनवय कायम गरेर अर्थपूर्ण रुपमा काम गर्न सुझाव दिए । 


त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रेवती ढकालले प्रहरी मानव अधिकारको सम्मानकालागि हरहमेसा प्रतिवद्ध रहेको बताए । उनले महिला र वालवालिकाको सन्दर्भमा प्रहरी झनै सम्बेदनशील रहेको बताए ।

उनले मानव अधिकारको पक्षमा अझै जनचेतना मुलक कार्यक्रमहरु आवश्यक रहेको बताए ।

 

प्रहरी कार्यालयमा आम मान्छेहरुको पहुच सहज भएको चर्चा गर्दै प्रहरीलाई मिलाइदिन्छु भन्दै पैसा असुल्ने दलालहरुबिरुद्ध कारवाही शुरु गरिएको समेत उनले बताए ।

 

उनले सामाजिक संजालका कारण मानव अधिकार सम्बन्धी घटनाहरु चर्चामा आएपनि त्यसको अन्तिम साङ्गो पाङगो सम्म कसैले ध्यान नदिएकोमा भने चिन्ता गरे  । उनले पत्रकारहरुलाई आग्ह गर्दै भने यस्ता मुद्धाहरुमा अदालत सम्म पुग्दा के हुन्छ त्यसको पनि फ्लोअप गरिदिनु प¥यो । 


कार्यक्रममा  मानव अधिकार रक्षक संजाल पर्साका संयोजक प्रकाश थारु ,दलित महिला संघका पर्सा संयोजक निला राम, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण खनाल पत्रकारहरु रितेश त्रिपाठी,सुरेश बिडारी लगायतले आफना बिचार ब्यक्त गरेका थिए । कार्यक्रम मानव अधिकार निगरानी  समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.