logo

 तलबभत्ताको रकमबाट प्रोजेक्टर खरिद गरि बिधालयलाई हस्तान्तरण 

      9/23/2018 गते 00 00 मा प्रकाशित     959   पटक पढिएको
असोज ८,
 ठोरी गाउँपालिकामा रहेको एक माध्यमिक बिद्यालयका शिक्षकहरुले आफ्नो तलबभत्ताको रकमले एक थान प्रोजेक्टर खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।ठोरी ४ को मावि बिजयबस्तिका शिक्षकहरुले तलबभत्ताको रकमबाट प्रोजेक्टर खरीद गरि बिद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।आज प्रधानाध्यापकको कार्यकक्षमा शिक्षकका तर्फबाट रामचन्द्र महत्तोले सो सामग्री विव्यस अध्यक्ष मनोज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

सो बिद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक अवस्था सुधार गर्न र शिक्षालाई आधुनिक प्रविधिमैत्री बनाउन स्वतस्फूर्त रकम संकलन गरेर प्रोजेक्टर खरिद गरिएको बिद्यालयका शिक्षक फुर्वा लामाले बताए ।उनका अनुसार खरिद गरिएको प्रोजेक्टरको मुल्य रु ३८ हजार रहेको छ।पछिल्लो समय शिक्षामा सूचना प्रविधिको प्रयोगको महत्त्व बढ्दै गएकाले आफुहरुले सवै शिक्षकको समन्वयमा सो सामग्री खरिद गरेको शिक्षक सन्तोष श्रेष्टले बताए 

प्रोजेक्टर खरीदले शिक्षामा सूचना प्रविधिको पहुँच बिस्तारमा मद्दत पुर्याउने त छ्दैछ साथै यसले सम्बन्धित निकायलाई बदलिँदो समय अनुसार शिक्षामा सूचना प्रविधिको विकासको निमित्त विशेष कार्यक्रम र शैक्षिक सामग्री ल्याउन ध्यानाकर्षण समेत गरेको श्रेष्टले बताए ।

शिक्षकहरुले आफ्नै पहलमा प्रोजेक्टर खरिद गरेकोमा खुसी व्यक्त गर्दै प्रधानाध्यापक नारायण लामाले प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ सुधार हुने अपेक्षा व्यक्त गरे।त्यसैगरि विव्यस अध्यक्ष श्रेष्ठले शिक्षकले शिक्षण सिकाई क्रियाकलापमा देखाएको सक्रियताको तथा लगनसिलताको खुलेर प्रशंशा गरेका थिए।रेडियो बिजयबस्ती,को फेसबुकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.