logo

चार दिदेखी बन्द पेट्रोलियम पदार्थको ढुवानी शुरु

      9/21/2018 गते 00 00 मा प्रकाशित     776   पटक पढिएको

वीरगंज, ५ असोज । चार दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको ढुवानी आजदेखि सुरु भएको छ । भदौ १ देखि लागू भएको फौजदारी अपराध संहितामा सवारी चालकहरूलाई कडा सँजायको ब्यवस्था गरिएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आव्हानमा चालकहरूले सवारी साधनहरू बन्द गरेको हुन् ।

असोज २ गतेदेखि चालकहरूले हड्ताल गरेपछि पेट्रोलियम पदार्थको ढुवानीसमेत प्रभावित भएको हो । पेट्रोलियम पदार्थको ढुवानी संचालनको पहल गर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौबाट इन्जिनियरिङ विभागका प्रमुख अशोक साहको नेतृत्वमा एक टोली बीरगंजमा आएको छ । टोलीले बीरगंजका पेट्रोलियम पदार्थको ढुवानीसंग सम्बन्धित ब्यवसायीहरूलाई समन्वय गरेर पेट्रोलियम पदार्थको ढुवानी सुरु गरेको हो ।

सरकारले जारी गरेको सवारी तथा यातायात ब्यवस्था ऐन तेश्रो संशोधनमा भएको ब्यवस्थाले चालकहरू मारमा पर्ने भन्दै सामाजिक संजालबाट आन्दोलनको आव्हान गरिएको र त्यसैको भरमा आन्दोलन भएको हो । आन्दोलनको न त नेतृत्व छ न त कार्यक्रम नै, हल्लाको भरमा आन्दोलन भएको पेट्रोलियम पदार्थ ढुवानी ब्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवको भनाइ छ ।

यस्तो छ कानूनी ब्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सँजायको व्यवस्था गरेको छ ।

कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

तर ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था राखिएको छ ।

उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ ।

सरकारले अहिले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा यो दुवै उपधारालाई जस्ताको त्यस्तै राखेको छ । तर धारा १६१ को उपधारा ३ र ४ मात्रै अहिले संशोधन गरिएको छ ।

उपधारा ३ मा कसैको ज्यान जान सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । तर अहिले संशोधित व्यवस्थामा कैद सजाय यथावत राखिएको छ भने जरिवाना बढाएर पचास हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै उपधारा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा ९१० वा ९२० बमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ समेत गरिने छ भनेर उल्लेख छ । तर अहिले त्यसलाई बढाएर पचार हजार पुर्याइएको छ ।

यस्तै सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ । उक्त धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसकमध्ये जुनसुकै कुरा भएपनि त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख पुर्याइएको छ ।

अन्धो वा नपुंसक बाहेक अन्य कुनै अङ्ग बेकम्मा भएमा आठ वर्षसम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्थालाई बढाउँदै अहिलेको संशोधित ऐनमा जरिवाना बढाउँदै २ लाख पुर्याइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.