logo

कोल्डस्टोर्समा घ्यू उद्योग, राँगाको बोसो मिसावट, नागरिक स्वास्थ्यमा खेलवाड, प्रशासनले ठोक्यो ताला

      9/2/2018 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

उमेश गुप्ता
बीरगंज १७ भदौ । 
बाराको प्रसौनीमा रहेको एक घ्यू फ्याक्ट्रीमा अखाद्य वस्तु भेटिएपछि प्रशासनले सीलबन्दी गरेको छ ।

 

प्रसौनीमा रहेको कोल्ड स्टोर्समा अनधिकृत रुपमा साइनबोडै समेत नराखी संचालनमा रहेको डेरी घ्यू उद्योगमा अखाद्य र गुणस्तरहीन वस्तु भेटिएपछि शनिबार प्रशासनले सील बन्दी गरेको हो । 


करिव दश दिन अगाडि उद्योगबाट उत्पादित सामाग्रीहरुको नमुना लिइ परिक्षण गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले गरेको परिक्षणमा अखाद्य वस्ुत भेटिएकोले उद्योगमा सीलबन्दी गरिएको कार्यालय प्रमुख राजकुमार रिजालले बताए। उद्योगले उत्पादन गरेको सबै सामाग्रीमा केमिकल र अन्य विषादी सहित अखाद्य वस्तुहरुको मिश्रण गरिएको पाइएको छ । 


टोलीमा सहभागी एकजनाका अन्ुसार घ्यूमा डाल्डा,राङाको बोसो,पाम आयल,आलुसहित वनको झारपात मिसावट गरी  घ्यू उत्पादन गर्ने गरिएको छ । यद्धपी घ्यूमा मिसावट के भएको थियो भन्ने बिषयमा परिक्षण बाँकी रहेको यकिन भन्न नसकिने बताइएको छ ।

 

 सो उद्योगले उत्पादन गर्ने गरेको वस्तुको नमुना परिक्षणमा नेपाल सरकारले तोकेको मापदण्डको बर्खिलाप गरिएको वतावरण र सरसफाईमा कुनै ध्यान नदिएको पाइएको र त्यो सामाग्रीले नागरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकोले शीलबन्दी गरिएको खाद्य्य प्रविधि तथा गुण नियन्त्रण विभाग हेटौडाले जनायो । 


सो घ्यू उद्योगले डेरी घ्यू,एमडीएच र शिवम ब्रान्डका घ्यूहरु उत्पादन गर्छ ।घ्यू उधोगमा नियमतह उद्योगले सामान उत्पादन गर्दा त्यसको निगरानीकालागि सिसि क्यामेरा राख्नुपर्छ ।

 

तर त्यसो नगरेको अत्यन्तै दुर्गन्धीत स्थानमा घ्यू उत्पादन गरेको टोलीमा रहेका एक जनाले बताए । ति सहभागीका अनुसार  यस बाहेक उत्पािदत वस्तुमा पनि उत्पादित मिति,मूल्य, ब्याच नम्बर समेत उल्लेख गरिएको छैन् । जुन एकदम गलत रहेको छ’,उनले भने ।  


घ्यूमा यसरी रांगाको बोसो मिसावट गर्नु धार्मिक हिसाबले एकदम गलत रहेको धर्म गुरुहरु बताउँछन् । उनीहरुका अनुसार घ्यूमा बोसो मिलाएर बनाउनु भनेको गलत मात्र नभइ हिन्दू धर्मसंग खेलवाड गर्नु पनि हो । घ्यूको प्रयोग शुभ कर्ममा गरिने भएकोले घ्यू उत्पादक राजु मित्तलले धार्मिक भावनासंग पनि खेलवाड गरेको चर्चा चल्न थालेको छ । 

 

बाराका प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक मिरा चौधरी अन्य उपभोक्ता हित संग आवद्ध संस्थाका प्रतिनिधिहरुको सहभागितामा उधोगमा शिल लागेको हो । उधोगले उत्पादन गरेको १ सय १६ डिब्बा घ्यू र ४ सय केजी प्याकिङ्ग तयारीमा रहेको घ्यू समेत नष्ट गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.