logo

बिषयगत शिक्षक शून्य तर सामुदायीक बिद्यालयमा कम्पुटर शिक्षा अनिवार्य 

      8/28/2018 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

बीरगंज  १२ भदौ   ।
सामुदायिक बिद्यालयहरुमा क्म्पुटर शिक्षा अध्यापन हुन थालेको ६ वर्ष भयो तर त्यो बिषयका शिक्षक भने बिद्यालयमा छैनन । पर्सा जिल्लाको ग्रामीण तहमा रहेका सामुदायीक बिद्यालयमा आर्थिक वर्ष ०७१/०७२ देखी नै कक्षा ४ बाट आधारभूत कम्पुटर शिक्षा लागु भएको हो । कम्पुटर शिक्षा लागु भएको ६ वर्ष कक्षा ८ सम्म कम्पुटरको अध्यापन हुन्छ तर बिद्यालयहरुमा शिक्षक भने छैनन ।

 

शिक्षा बिभागले कम्पुटर शिक्षालाई अनिवार्य गरेको छ ।  तर जिल्लाको कुनै पनि सामुदायीक बिद्यालयमा बिषयगत शिक्षकको रुपमा कम्पुटर अध्यापन गराउने शिक्षक भने छैनन ।


कम्पुटर शिक्षाकोलागि साविकको जिल्ला शिक्षा कार्यालय हालको शिक्षा बिकास तथा समन्वय इकाई समितिले छुट्टै दरवन्दी सृजना गरेर पठाएको छैन । न त बिभागले नै दरवन्दी सृजना गरेको छ । बिद्यालयमा कम्पुटर शिक्षा अनिवार्य छ तर बिषयगत शिक्षक छैनन । त्यसा हुदा अन्य बिषयका शिक्षकहरुले कम्पुटर शिक्षा पढाउदै आएका छन । 


सम्बन्धीत बिद्यालयको प्रधानाध्यापकको आग्रहमा अन्य शिक्षकले सैद्धान्तिक ज्ञान दिएता पनि कम्पुटरर सम्बन्धी प्रयोगात्मक कक्षा भने हुने गरेको छैन । बिद्यार्थीहरुले समेत आफूहरुले कम्पुटर कहिले चलाउन पाउने हो भनेर सोध्ने गरेको शिक्षकहरुले बताउने गरेका छन । सखुवा प्रसौनी गाउँपालिकामा रहेको श्री दीपनारायण आदर्श माविमा निजी श्रोतबाट ३ हजार रुपैया पारिश्रमी उपलब्ध गराउने गरि एक जना शिक्षकको भर्ना गरिएको प्रधानाध्यापक शिवनाथ थारुले बताए ।

 

अन्य बिद्यालयमा कम्पुटर शिक्षकको भर्ना भएको छैन । सय पूर्णाङकको कम्पुटर शिक्षामा पचार सैद्धान्तिक र पचास अंक प्रयोगात्मक अभ्यासकालागि छुट्ट्याइएको छ । कम्पुटर शिक्षकको अभावका कारण धेरै बिद्यालयले लिखित परिक्षा मात्र लिने गरेका छन ।

 

प्रयोगात्मक शिक्षा तर्फ भने सैद्धान्तिक ज्ञान दिने शिक्षकले नै उनीहरुको चाल चलन रुची प्रस्तुती बिषयबस्तु प्रतिको चाखलाई आधार मानेर नम्बर दिने गरेका छन । 


पर्सा जिल्लामा कम्पुटर शिक्षा लागु भएपछि शिक्षा बिकास तथा समन्वय इकाई,संसदीय बिकास कोष,बिभिन्न दातृ निकायहरुले बिद्यालयमा कम्पुटरहरु उपलब्ध गराएका छन । श्री नेपाल राष्ट्रीय मावि सियरही सथवलमा राम्रो कम्पुटर ल्याव समेत निर्माण भएको छ । कम्पुटर शिक्षा अध्यापन गराउदै आएका ति बिद्यालयहरुमा ५ देखी १६ वटा सम्म कम्पुटरहरु रहेका छन ।

 

प्रयोगात्मक कक्षाहरु नहुने गरेकोले ति कम्पुटरहरु भने थन्केका छन । बिषयगत शिक्षकको अभावमा कम्पुटर शिक्षा भने प्रभावकारी हुन नसकेको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ गादीका वडाध्यक्ष बिजय गेरैले बताए । 


बिद्यालयहरुले केही कम्पुटर भने कार्यालय प्रयोजनकालागि भने चलाएका छन । कम्पुटर शिक्षा पढाउदै आएका एक शिक्षकले भने बिषयगत शिक्षकले दिने ज्ञान आफूले दिन नसक्ने बताए  । कम्पुटर शिक्षा अनिवार्य गरे लगत्तै जनशक्तिको आपूर्ती पनि गर्न सक्नु पथ्र्यो ति शिक्षकले भने  बिद्यार्थीले जे लाभ पाउने आश गरिएको थियो त्यो पाउने अवस्था र वतावरण छैन ।


स्रोत ब्यक्ति नेपालेन्दु साहले कम्पुटर अध्यापनकोलागि शिक्षकहरुलाई तालिम दिइएको बताए । तर बिषयगत शिक्षकको अभावमा प्रयोगात्मक कक्षा हुन नसकेको उनको स्वीकारोक्ति छ  । सैद्धान्तिक ज्ञान पाएका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षा नपाउदा कम्पुटरयन्त्रको बिषयमा अनूभूती गर्न समेत पाएका छैनन । ८ सम्म अनिवार्य रहेको कम्पुटर शिक्षा कक्षा नौमा पुगेपछि एच्छिक बिषय बनाइएको छ  ।

 

बिषयको छनौट गर्ने तरिका नै अवैज्ञानिक रहेको बिज्ञहरुको दावी छ ।पर्सा जिल्लामा १ देखी ८ सम्मका अधारभूत बिद्यालयहरु ३ सय ९० वटा रहेका छन । यही कक्षामा सबैभन्दा बढी बिद्यार्थीहरु हुने गरेका छन । यि कक्षामा करिव ८५ हजार छात्र छात्रा अध्ययनरत रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.