logo

बिषयगत शिक्षक शून्य तर सामुदायीक बिद्यालयमा कम्पुटर शिक्षा अनिवार्य 

      8/28/2018 गते 00 00 मा प्रकाशित     1056   पटक पढिएको

बीरगंज  १२ भदौ   ।
सामुदायिक बिद्यालयहरुमा क्म्पुटर शिक्षा अध्यापन हुन थालेको ६ वर्ष भयो तर त्यो बिषयका शिक्षक भने बिद्यालयमा छैनन । पर्सा जिल्लाको ग्रामीण तहमा रहेका सामुदायीक बिद्यालयमा आर्थिक वर्ष ०७१/०७२ देखी नै कक्षा ४ बाट आधारभूत कम्पुटर शिक्षा लागु भएको हो । कम्पुटर शिक्षा लागु भएको ६ वर्ष कक्षा ८ सम्म कम्पुटरको अध्यापन हुन्छ तर बिद्यालयहरुमा शिक्षक भने छैनन ।

 

शिक्षा बिभागले कम्पुटर शिक्षालाई अनिवार्य गरेको छ ।  तर जिल्लाको कुनै पनि सामुदायीक बिद्यालयमा बिषयगत शिक्षकको रुपमा कम्पुटर अध्यापन गराउने शिक्षक भने छैनन ।


कम्पुटर शिक्षाकोलागि साविकको जिल्ला शिक्षा कार्यालय हालको शिक्षा बिकास तथा समन्वय इकाई समितिले छुट्टै दरवन्दी सृजना गरेर पठाएको छैन । न त बिभागले नै दरवन्दी सृजना गरेको छ । बिद्यालयमा कम्पुटर शिक्षा अनिवार्य छ तर बिषयगत शिक्षक छैनन । त्यसा हुदा अन्य बिषयका शिक्षकहरुले कम्पुटर शिक्षा पढाउदै आएका छन । 


सम्बन्धीत बिद्यालयको प्रधानाध्यापकको आग्रहमा अन्य शिक्षकले सैद्धान्तिक ज्ञान दिएता पनि कम्पुटरर सम्बन्धी प्रयोगात्मक कक्षा भने हुने गरेको छैन । बिद्यार्थीहरुले समेत आफूहरुले कम्पुटर कहिले चलाउन पाउने हो भनेर सोध्ने गरेको शिक्षकहरुले बताउने गरेका छन । सखुवा प्रसौनी गाउँपालिकामा रहेको श्री दीपनारायण आदर्श माविमा निजी श्रोतबाट ३ हजार रुपैया पारिश्रमी उपलब्ध गराउने गरि एक जना शिक्षकको भर्ना गरिएको प्रधानाध्यापक शिवनाथ थारुले बताए ।

 

अन्य बिद्यालयमा कम्पुटर शिक्षकको भर्ना भएको छैन । सय पूर्णाङकको कम्पुटर शिक्षामा पचार सैद्धान्तिक र पचास अंक प्रयोगात्मक अभ्यासकालागि छुट्ट्याइएको छ । कम्पुटर शिक्षकको अभावका कारण धेरै बिद्यालयले लिखित परिक्षा मात्र लिने गरेका छन ।

 

प्रयोगात्मक शिक्षा तर्फ भने सैद्धान्तिक ज्ञान दिने शिक्षकले नै उनीहरुको चाल चलन रुची प्रस्तुती बिषयबस्तु प्रतिको चाखलाई आधार मानेर नम्बर दिने गरेका छन । 


पर्सा जिल्लामा कम्पुटर शिक्षा लागु भएपछि शिक्षा बिकास तथा समन्वय इकाई,संसदीय बिकास कोष,बिभिन्न दातृ निकायहरुले बिद्यालयमा कम्पुटरहरु उपलब्ध गराएका छन । श्री नेपाल राष्ट्रीय मावि सियरही सथवलमा राम्रो कम्पुटर ल्याव समेत निर्माण भएको छ । कम्पुटर शिक्षा अध्यापन गराउदै आएका ति बिद्यालयहरुमा ५ देखी १६ वटा सम्म कम्पुटरहरु रहेका छन ।

 

प्रयोगात्मक कक्षाहरु नहुने गरेकोले ति कम्पुटरहरु भने थन्केका छन । बिषयगत शिक्षकको अभावमा कम्पुटर शिक्षा भने प्रभावकारी हुन नसकेको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ गादीका वडाध्यक्ष बिजय गेरैले बताए । 


बिद्यालयहरुले केही कम्पुटर भने कार्यालय प्रयोजनकालागि भने चलाएका छन । कम्पुटर शिक्षा पढाउदै आएका एक शिक्षकले भने बिषयगत शिक्षकले दिने ज्ञान आफूले दिन नसक्ने बताए  । कम्पुटर शिक्षा अनिवार्य गरे लगत्तै जनशक्तिको आपूर्ती पनि गर्न सक्नु पथ्र्यो ति शिक्षकले भने  बिद्यार्थीले जे लाभ पाउने आश गरिएको थियो त्यो पाउने अवस्था र वतावरण छैन ।


स्रोत ब्यक्ति नेपालेन्दु साहले कम्पुटर अध्यापनकोलागि शिक्षकहरुलाई तालिम दिइएको बताए । तर बिषयगत शिक्षकको अभावमा प्रयोगात्मक कक्षा हुन नसकेको उनको स्वीकारोक्ति छ  । सैद्धान्तिक ज्ञान पाएका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षा नपाउदा कम्पुटरयन्त्रको बिषयमा अनूभूती गर्न समेत पाएका छैनन । ८ सम्म अनिवार्य रहेको कम्पुटर शिक्षा कक्षा नौमा पुगेपछि एच्छिक बिषय बनाइएको छ  ।

 

बिषयको छनौट गर्ने तरिका नै अवैज्ञानिक रहेको बिज्ञहरुको दावी छ ।पर्सा जिल्लामा १ देखी ८ सम्मका अधारभूत बिद्यालयहरु ३ सय ९० वटा रहेका छन । यही कक्षामा सबैभन्दा बढी बिद्यार्थीहरु हुने गरेका छन । यि कक्षामा करिव ८५ हजार छात्र छात्रा अध्ययनरत रहेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.