logo

अल्पमत र बहुमतको आडमा हुन सकेनन ‘सभा’हरु ,बिकासको काम प्रभावीत,स्वार्थको दंगल बने स्थानीय तह 

      8/28/2018 गते 00 00 मा प्रकाशित     957   पटक पढिएको

बीरगंज १२ भदौ ।

पर्सा जिल्लामा रहेको स्थानीय तह मध्य आधाले अझै पनि आफनो गाउँ तथा नगरसभा गर्न सकेका छैनन । निर्वाचित जनप्रतिनिधिहरुका वीचको बेमेलका कारण सभाहरु हुन नसकेका हुन । सेवा सुविधाको बिषयका कारण बेमेल भएको हो ।

 


असार १० गते भित्र स्थानीय तहले आफना वािर्षक सभाहरु गरेर योजना तथा बजेटको बिनियोजन गरिसक्नु पर्ने थियो । प्रदेश २ को एक मात्र महानगर बीरगंजले असार १० गते नै दोश्रो नगरसभाको आयोजना ग¥यो । उद्धघाटन सत्र पछिको बन्दसत्र भने हुन सकेन ।

 

नगरसभाका सदस्यहरुले आफनो सेवा सुविधाको बढोत्तरीको माँग राखेर बन्द सत्रमा सहभागि नभएपछि नगरसभा स्थगित भयो । नगरसभा सदस्यहरुका कारण स्थगीत नगरसभा पछि बस्न त बस्यो तर महानगरकायाृपािलकाले पेश गरेको नीति तथा कार्यक्रम अन्य ऐन  बिनियम र निर्देशिकाहरुका बारेमा दफावार छलफल भने भएन । त्यसको नतिजा साउन २२ मा बीरगंज महानगरले फेरी दोश्रो बिशेष नगरसभा गरेर करका दर र दायरा स्थगन र घटाउने निर्णय लिनु प¥यो । 

 


निर्वाचन सकिए लगत्तै पर्सामा सबै स्थानीय तहले आफना सभाहरु सम्पन्न गरेका थिए । तर आर्थिक वर्ष ०७५÷०७६मा भने ‘सभा’ भने त्यति सजिलो भएको छैन ।
गत वर्ष सबै भन्दा पहिला नगरसभा गरेको पोखरिया नगरपालिकाले अहिले सम्म नगरसभा गर्न सकेको छैन । नगरसभा गर्ने बिषयमा बिवाद चुलिएको छ । वडाध्यक्षहरुले बिभिन्न माँग राखेर नगरप्रमुख दीपनारयण रौनीयार बिरुद्ध मोर्चा कसेका छन  ।

 

जसले गर्दा नगर सभा हुन सकिरहेको छैन । वडाध्यक्षहरुले हिसाव पारदर्शी नभएको र  वडाहरुलाई छुट्टयाउनु पर्ने बजेटबारे सहमती नजनाएको हुनाले सभा हुन नसकेको हो । तर नगरप्रमुख रौनीयारले वडा स्तरीय योजना तर्जुमाकालागि पटक पटक पत्राचार गरेपनि  योजना तर्जुमा नभएकोले समस्या परेको बताउछन  ।

 

नगरपालिकाले यस वर्ष केही वडाकोलागि ३०  लाख र दुईवटा वडामा ५० लाखको बजेट  सेलिङ्ग तोकेको छ । तर वडाबाट योजना आएको छैन । तर वडाध्यक्षहरुले १ करोड माँग गरेका छन । 

 


पर्सामा ठोरी,पटेर्वा सुगौली,पर्सागढी नगरपालिका,बहुदरामाई नगरपालिका जिराभवानी र छिपहरमाई गाउँपालिकामा भने गाउँ सभाहरु सम्पन्न भएका छन । 
 

बिन्दवासीनी,पकाहा मैनपुर ,धोविनी,जगरनाथपुर र कालीकामाई लगायतका गाउँपालिकाको गाउँ सभा हुन सकेको छैन ।  गाउँपालिकाहरुमा निर्वाचित जनप्रतिनधिहरुको सेवा र सुविधाका बिषयमा कुरा नमिलेपछि ‘सभा’हरु प्रभावित भएका हुन ।

 

कतिपय गाउँपालिकामा निर्वाचित प्रमुखसंग बहुमत नभएका कारणले सभाहरु भएका छैनन । धोविनी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचीत प्रमुख सुरेश पटेल अल्पमतमा हुनुहुन्छ । त्यहा संघीय समाजवादी फोरमले उपाध्यक्ष सहित बहुमत सिट जीतेको छ ।

 

अल्पमत र बहुमतको लडाईमा त्यहाको गाउँसभा हुन सकेको छैन ।  त्याहा उपाध्यक्षले पारदर्शीताको माँग राखेर बिरोध गरेपछि सभा बस्न सकेको छैन ।  पटेर्वा सुगौलीमा सबै वडाध्यक्षहरुलाई मोटरसाइकल सुविधा उपलब्ध गराइएको छ ।

 

पर्सागढी नगरपालिकाका वडाध्यक्षहरुलाई पनि मोटरसाइकल उपलब्ध गराइएको छ भने नगरप्रमुखकालागि स्कारपियो गाडी खरिद गरिएको छ । पोखरिया नपा,छिपहरमाई गापाले पनि स्करपियो गाडी खरिद गरेको छ ।

 

पोखरियामा नगरपालिका ,कालीकामाई नगरपालिकामा सबै वडाध्यक्षहरुलाई सुविधा वापत मोटरसाइकल उपलब्ध गराइएको छ । छिपहरमाई गाउँपालिकाले भने आपनो आन्तरिक आम्दानी बाट गाडी खरिद गरेको गाउँपालिका प्रमुख मनोज गुप्ताले बताए । अन्य गाउँपालिकामा पनि एकै राजनीतिक दलको बहुमत छैन ।

 

जसले गर्दा गाउँसभाहरु हुन सकेका छैनन । नगर सभा र गाउँ सभाका नभएका नगरपालिका र गाउँपालिकाले यो आर्थिक वर्षमा कुनै आर्थिक कारोवार गर्न पाएका छैनन । योजनाको छनौट र त्यसको कार्यान्वयनकालागि सभा बिना अजाजत नै नपाउने भएकोले जनताका प्रतिनिधि आफनो स्वार्थमा केन्द्रीत भएको आरोप चर्कौ रुपमा उठन थालेको छ ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.