logo

अल्पमत र बहुमतको आडमा हुन सकेनन ‘सभा’हरु ,बिकासको काम प्रभावीत,स्वार्थको दंगल बने स्थानीय तह 

      8/28/2018 गते 00 00 मा प्रकाशित     769   पटक पढिएको

बीरगंज १२ भदौ ।

पर्सा जिल्लामा रहेको स्थानीय तह मध्य आधाले अझै पनि आफनो गाउँ तथा नगरसभा गर्न सकेका छैनन । निर्वाचित जनप्रतिनिधिहरुका वीचको बेमेलका कारण सभाहरु हुन नसकेका हुन । सेवा सुविधाको बिषयका कारण बेमेल भएको हो ।

 


असार १० गते भित्र स्थानीय तहले आफना वािर्षक सभाहरु गरेर योजना तथा बजेटको बिनियोजन गरिसक्नु पर्ने थियो । प्रदेश २ को एक मात्र महानगर बीरगंजले असार १० गते नै दोश्रो नगरसभाको आयोजना ग¥यो । उद्धघाटन सत्र पछिको बन्दसत्र भने हुन सकेन ।

 

नगरसभाका सदस्यहरुले आफनो सेवा सुविधाको बढोत्तरीको माँग राखेर बन्द सत्रमा सहभागि नभएपछि नगरसभा स्थगित भयो । नगरसभा सदस्यहरुका कारण स्थगीत नगरसभा पछि बस्न त बस्यो तर महानगरकायाृपािलकाले पेश गरेको नीति तथा कार्यक्रम अन्य ऐन  बिनियम र निर्देशिकाहरुका बारेमा दफावार छलफल भने भएन । त्यसको नतिजा साउन २२ मा बीरगंज महानगरले फेरी दोश्रो बिशेष नगरसभा गरेर करका दर र दायरा स्थगन र घटाउने निर्णय लिनु प¥यो । 

 


निर्वाचन सकिए लगत्तै पर्सामा सबै स्थानीय तहले आफना सभाहरु सम्पन्न गरेका थिए । तर आर्थिक वर्ष ०७५÷०७६मा भने ‘सभा’ भने त्यति सजिलो भएको छैन ।
गत वर्ष सबै भन्दा पहिला नगरसभा गरेको पोखरिया नगरपालिकाले अहिले सम्म नगरसभा गर्न सकेको छैन । नगरसभा गर्ने बिषयमा बिवाद चुलिएको छ । वडाध्यक्षहरुले बिभिन्न माँग राखेर नगरप्रमुख दीपनारयण रौनीयार बिरुद्ध मोर्चा कसेका छन  ।

 

जसले गर्दा नगर सभा हुन सकिरहेको छैन । वडाध्यक्षहरुले हिसाव पारदर्शी नभएको र  वडाहरुलाई छुट्टयाउनु पर्ने बजेटबारे सहमती नजनाएको हुनाले सभा हुन नसकेको हो । तर नगरप्रमुख रौनीयारले वडा स्तरीय योजना तर्जुमाकालागि पटक पटक पत्राचार गरेपनि  योजना तर्जुमा नभएकोले समस्या परेको बताउछन  ।

 

नगरपालिकाले यस वर्ष केही वडाकोलागि ३०  लाख र दुईवटा वडामा ५० लाखको बजेट  सेलिङ्ग तोकेको छ । तर वडाबाट योजना आएको छैन । तर वडाध्यक्षहरुले १ करोड माँग गरेका छन । 

 


पर्सामा ठोरी,पटेर्वा सुगौली,पर्सागढी नगरपालिका,बहुदरामाई नगरपालिका जिराभवानी र छिपहरमाई गाउँपालिकामा भने गाउँ सभाहरु सम्पन्न भएका छन । 
 

बिन्दवासीनी,पकाहा मैनपुर ,धोविनी,जगरनाथपुर र कालीकामाई लगायतका गाउँपालिकाको गाउँ सभा हुन सकेको छैन ।  गाउँपालिकाहरुमा निर्वाचित जनप्रतिनधिहरुको सेवा र सुविधाका बिषयमा कुरा नमिलेपछि ‘सभा’हरु प्रभावित भएका हुन ।

 

कतिपय गाउँपालिकामा निर्वाचित प्रमुखसंग बहुमत नभएका कारणले सभाहरु भएका छैनन । धोविनी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचीत प्रमुख सुरेश पटेल अल्पमतमा हुनुहुन्छ । त्यहा संघीय समाजवादी फोरमले उपाध्यक्ष सहित बहुमत सिट जीतेको छ ।

 

अल्पमत र बहुमतको लडाईमा त्यहाको गाउँसभा हुन सकेको छैन ।  त्याहा उपाध्यक्षले पारदर्शीताको माँग राखेर बिरोध गरेपछि सभा बस्न सकेको छैन ।  पटेर्वा सुगौलीमा सबै वडाध्यक्षहरुलाई मोटरसाइकल सुविधा उपलब्ध गराइएको छ ।

 

पर्सागढी नगरपालिकाका वडाध्यक्षहरुलाई पनि मोटरसाइकल उपलब्ध गराइएको छ भने नगरप्रमुखकालागि स्कारपियो गाडी खरिद गरिएको छ । पोखरिया नपा,छिपहरमाई गापाले पनि स्करपियो गाडी खरिद गरेको छ ।

 

पोखरियामा नगरपालिका ,कालीकामाई नगरपालिकामा सबै वडाध्यक्षहरुलाई सुविधा वापत मोटरसाइकल उपलब्ध गराइएको छ । छिपहरमाई गाउँपालिकाले भने आपनो आन्तरिक आम्दानी बाट गाडी खरिद गरेको गाउँपालिका प्रमुख मनोज गुप्ताले बताए । अन्य गाउँपालिकामा पनि एकै राजनीतिक दलको बहुमत छैन ।

 

जसले गर्दा गाउँसभाहरु हुन सकेका छैनन । नगर सभा र गाउँ सभाका नभएका नगरपालिका र गाउँपालिकाले यो आर्थिक वर्षमा कुनै आर्थिक कारोवार गर्न पाएका छैनन । योजनाको छनौट र त्यसको कार्यान्वयनकालागि सभा बिना अजाजत नै नपाउने भएकोले जनताका प्रतिनिधि आफनो स्वार्थमा केन्द्रीत भएको आरोप चर्कौ रुपमा उठन थालेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.