logo

एउटा हाजीर जवाफ प्रतियोगिताको लागत पाँच लाख,असारमा सकिनु पर्ने साउनमा हुदै

      8/13/2018 गते 00 00 मा प्रकाशित     1385   पटक पढिएको

बीरगन्ज २८ साउन ।
पर्साको स्थानीय तहहरुमा विकाश बजेटलाई कसरी पचाउने भने प्रतिस्पर्धा नै चलेको छ । जिल्लाको सखुवा प्रसौनी , पकहा मैनपुर गाउपालिकामा लाखौ रकम गोप्यरुमा औपचारिकता पुरागरि बजेट पचाउन खेल उजागर भएको घटना सेलाउन नपाउदै बिन्दवासनी गाउँपालिकामा पनि सोहि प्रवृतीको घटना उजागर भएको छ ।

 

 स्थानीय तहहरुमा एकपछि अर्को भ्रष्टाचारको नमुना देखिन थालेपछि आमजनता सशंकित भएका छन् । 


बिन्दवासनी गाउपालिका अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा  कर्मचारीहरुले ५ लाखको हाजरी जवाफ प्रतियोगिता गोप्यरुपमा गरिरहदा पत्रकारहरु पुगेपछि असारमै हुनु पर्ने कार्यक्रम अहिले गरेर बजेट पचाउने खेल मात्र भएको खुलासा भएको हो । 


सोमबार बिन्दवासनी गाउपालिकाको बहुअर्वा मावि प्रंगणमा दिउसोको तीन बजे पुग्दा त्याहा केही शिक्षक र विधार्थीलाई जम्मा गरिएर फोटो खिच्ने काम भइरहेको थियो ।

 

पत्रकारहरुको टोली पुग्दा त्याहा भएका शिक्षक र गाउपालिका कर्मचारी चकित भएका थिए । त्यहापुगेपछि थाहा भयो, गाउपालिकाको ५ लाखको लागतमा हाजरी जवाफ प्रतियोगिता हुदै छ ।

 

तर कार्यक्रमको नाम र बिषय अंकित ब्यानर कतै देखिएन् । कार्यक्रमको नाममा विद्यार्थी शिक्षक र कर्मचारीगरि ३६ जनाको  जमघट गरिएको थियो ।

 

बुझदै जादा यो कार्यक्रम असार मसान्त मै भएको भनेर चेक काटिसकिएको छ । कार्यक्रम असारमा नभएकोले गोप्यरुपमा साउनमा गरिरहेको सुचना आएपछि त्याहा संचारकर्मी पुगेका थिए । 


पहिला नै चेक काटिसकिएको र रकम पचाउन औपचारिक्ता मात्र पुरागर्ने उदेश्यले वडा नम्बर दुईका अध्यक्ष संजयप्रसाद चौहान तथा सचिव राकेश साहको संयोजनमा कार्यक्रम राखिएको स्थानीयले बताएका छन् ।

 

कार्यक्रमबारे गाउपालिकाका कार्यकारी अधिकृत राज कुशवाहाले सबै तैयारी तथा कर्मचारीलाई निर्देशन गरेको समाचार श्रोतले जनाएको छ ।

 

तर कार्यकारी अधिकृत कुशवाहाले यसबारे आफुलाई केही थाहा नभएको तथा साउन १५ गते नै आफनो सरुवा भइसकेको प्रतिकृया दिएका छन् । तर स्थानीयका अनुसार कार्यकारी अधिकृतको सरुवा भएपनि हाल सम्म उनले रवाना बुझेका छैन्न । 


बिन्दवासनी गाउपालिकाका समाजिक विकाश शाखा प्रमुख रामप्रवेश साहले कार्यक्रम असार मसान्त भित्रै सक्नु पर्ने स्वीकार गरे ।

 

कार्यक्रम बारे आफुलाई पनि खासै थाहा नभएको उनले बताए । गाउपालिका अध्यक्ष श्रीलाल मोदी भारतमा रहेको मौका छोपी कर्मचारीहरुले बदमासी गरेको स्थानीयको आरोप लगाएका छन् ।

 

खुलेयाम अनियमितता भइरहेको अवस्थालाई नियंत्रण गर्न दोषीलाई कार्यवाही हुनु पर्ने गाउपालिकाका वासिन्दाले मांग समेत गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.