logo

एउटा हाजीर जवाफ प्रतियोगिताको लागत पाँच लाख,असारमा सकिनु पर्ने साउनमा हुदै

      8/13/2018 गते 00 00 मा प्रकाशित     1563   पटक पढिएको

बीरगन्ज २८ साउन ।
पर्साको स्थानीय तहहरुमा विकाश बजेटलाई कसरी पचाउने भने प्रतिस्पर्धा नै चलेको छ । जिल्लाको सखुवा प्रसौनी , पकहा मैनपुर गाउपालिकामा लाखौ रकम गोप्यरुमा औपचारिकता पुरागरि बजेट पचाउन खेल उजागर भएको घटना सेलाउन नपाउदै बिन्दवासनी गाउँपालिकामा पनि सोहि प्रवृतीको घटना उजागर भएको छ ।

 

 स्थानीय तहहरुमा एकपछि अर्को भ्रष्टाचारको नमुना देखिन थालेपछि आमजनता सशंकित भएका छन् । 


बिन्दवासनी गाउपालिका अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा  कर्मचारीहरुले ५ लाखको हाजरी जवाफ प्रतियोगिता गोप्यरुपमा गरिरहदा पत्रकारहरु पुगेपछि असारमै हुनु पर्ने कार्यक्रम अहिले गरेर बजेट पचाउने खेल मात्र भएको खुलासा भएको हो । 


सोमबार बिन्दवासनी गाउपालिकाको बहुअर्वा मावि प्रंगणमा दिउसोको तीन बजे पुग्दा त्याहा केही शिक्षक र विधार्थीलाई जम्मा गरिएर फोटो खिच्ने काम भइरहेको थियो ।

 

पत्रकारहरुको टोली पुग्दा त्याहा भएका शिक्षक र गाउपालिका कर्मचारी चकित भएका थिए । त्यहापुगेपछि थाहा भयो, गाउपालिकाको ५ लाखको लागतमा हाजरी जवाफ प्रतियोगिता हुदै छ ।

 

तर कार्यक्रमको नाम र बिषय अंकित ब्यानर कतै देखिएन् । कार्यक्रमको नाममा विद्यार्थी शिक्षक र कर्मचारीगरि ३६ जनाको  जमघट गरिएको थियो ।

 

बुझदै जादा यो कार्यक्रम असार मसान्त मै भएको भनेर चेक काटिसकिएको छ । कार्यक्रम असारमा नभएकोले गोप्यरुपमा साउनमा गरिरहेको सुचना आएपछि त्याहा संचारकर्मी पुगेका थिए । 


पहिला नै चेक काटिसकिएको र रकम पचाउन औपचारिक्ता मात्र पुरागर्ने उदेश्यले वडा नम्बर दुईका अध्यक्ष संजयप्रसाद चौहान तथा सचिव राकेश साहको संयोजनमा कार्यक्रम राखिएको स्थानीयले बताएका छन् ।

 

कार्यक्रमबारे गाउपालिकाका कार्यकारी अधिकृत राज कुशवाहाले सबै तैयारी तथा कर्मचारीलाई निर्देशन गरेको समाचार श्रोतले जनाएको छ ।

 

तर कार्यकारी अधिकृत कुशवाहाले यसबारे आफुलाई केही थाहा नभएको तथा साउन १५ गते नै आफनो सरुवा भइसकेको प्रतिकृया दिएका छन् । तर स्थानीयका अनुसार कार्यकारी अधिकृतको सरुवा भएपनि हाल सम्म उनले रवाना बुझेका छैन्न । 


बिन्दवासनी गाउपालिकाका समाजिक विकाश शाखा प्रमुख रामप्रवेश साहले कार्यक्रम असार मसान्त भित्रै सक्नु पर्ने स्वीकार गरे ।

 

कार्यक्रम बारे आफुलाई पनि खासै थाहा नभएको उनले बताए । गाउपालिका अध्यक्ष श्रीलाल मोदी भारतमा रहेको मौका छोपी कर्मचारीहरुले बदमासी गरेको स्थानीयको आरोप लगाएका छन् ।

 

खुलेयाम अनियमितता भइरहेको अवस्थालाई नियंत्रण गर्न दोषीलाई कार्यवाही हुनु पर्ने गाउपालिकाका वासिन्दाले मांग समेत गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.