logo

पक्कीघरको आशमा बसेका दलीतमा निराशा,जनता आवासको घर अलपत्र

      8/3/2018 गते 00 00 मा प्रकाशित     1604   पटक पढिएको

बीरगंज १९ साउन  ।
    जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको जीराभवानी र पटेर्वा सुगौली गाउँपालिकाको वडा नं  ५ निचुटाका दलित परिवारहरू अहिले समस्यामा परेका छन । 

 


    आव २०७३÷०७४ देखि लागू यो कार्यक्रम अन्तर्गत दलितहरूले आफनो पुरानो घर भत्काएर नयाँ अर्धपक्की घर निर्माणमा जुटेका थिए  । तर दुई वर्षायाम बितिसक्दा पनि अर्धपक्की घर तयार भएको छैन । यो वर्ष पनि त्रिपालको साहरामा उनीहरुको वर्षायाम कटदैछ ।

 

सामान्य खालको घर बनाउन दुई वर्षको समय लाग्ने कुरालाई कुनै पनि आधारमा ठिक हो भन्न सकिने आधार छैन स्थानीय राधेश्याम महतोले भने   यस्तै पाराले गर्दा नै सरकारी काम प्रति जनताको बिश्वास पनि रहदैन ।

 

 जिराभवानीको मात्र हैन पटेर्वा सुगौलीको वडा नं ५ निचुटाका २८ घरधुरी पनि छानाको माग गर्दै सदरमुका बीरगंज स्थित शहरी विकास तथा भवन डिभिजन कार्यालय  धाउदै छन । 


निचुटाका छन्नु हजरा दुसाधले त छाना हाल्न बाँकी रहदै आफनो घरको पर्खाल क्रेक भएको बताए  । उनले निर्माण समेत गुणस्तरहिन भएकोमा गुनासो समेत गरेका छन । एक त गरिब त्यसमाथि हेरिदिने बुझिदिने कोही छैन उनले भने “पुरानै घर ठिक थियो ओत त लागेकै थियौ नी ”। 

 


घर निर्माणमा प्रयोग गरिएको इट्टा समेत कमसल खालको भएको जुगल पासवानले बताए  । उनले आठवटा घरमा प्रयोग गरिएको इट्टा बोकेर ल्याएको समेत बताउ  । गुणस्तरहिन निर्माण त्यो पनि वर्षाको बेला कष्टपूर्ण अवस्थामा सुनिदिने कोही छैन भन्दै उनीहरुले आक्रोश ब्यक्त गरे । 

 

निर्माणको जिम्मा लिने उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले यही अवधीमा जमिन किनेर पक्का ढलान घर बनाएको देखेका उनीहरुले अध्यक्ष भिखारी हजरा दुसाध र कोषाध्यक्ष लालबाबु राम जिम्मेवार नभएको बताउन भने छाडेनन ।  


उनीहरुले आफूहरुको घर बनाउने पैसा चलाएर आफनो घर बनाएको र खोजीदिने कोही नभएको आरोप समेत लगाए ।


 जीराभवानी गापा–१ निवासी शत्रुघ्न राम चमारले बिहान–बेलुकी छाक टार्ने समस्या त छँदैथियो, अहिले ओत लाग्ने समस्या पनि भोग्नुपरेको बताए  । एक वर्षभित्र निर्माण हुनुपर्ने अर्धपक्की घर दुई वर्ष बितिसक्दा पनि निर्माण नहुँदा बिचल्लीमा परेको उनको  भनाई छ । 


    घरनिर्माणको काम पूरा भएको छ तर छाना नहाल्दा प्लास्टिकको त्रिपाल राखेर बस्नुपर्ने अवस्था उनीहरूको छ । जीराभवानी गापा–१ मा ५३ र वडा नं . ४ मा ६४ गरी ११७ घर निर्माण हुँदैछन् । यो वर्षामा पनि सबैको समस्या समान छ । घरनिर्माणको लागि चार किस्तामा रु २ लाख १४ हजार पाउनुपर्ने हो तर चौथो किस्ताको अभावमा घरनिर्माण कार्य पूरा भएको छैन ।

 

शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सदरे आलमले तेस्रो किस्ताको रकम निकासा सकिएको र चौथो किस्ताको रकम रु २२ हजार ५ सय छाना र शौचालय निर्माणपछि पठाउने बताए  । 


    समयमा किस्ताको रकम नपाएपछि घरनिर्माणमा ढिलाइ भएको उनीहरुको भनाई छ । पर्सा जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत आव २०७३/७४ मा एक हजार घर निर्माणको थालनी भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.