logo

प्रदेश २ का राज्यमंत्री सहित अन्य प्रतिवादीलाई उपस्थित गाराउने अदालतको आदेश महोतरी प्रहरीमा पुग्यो

      8/3/2018 गते 00 00 मा प्रकाशित     1018   पटक पढिएको


जनकपुरधाम १९ साउन । 

प्रदेश न २ को सरकारमा राज्यमंत्री रहेका अभिराम शर्मालाई अदालतमा हाजीर गराउनकालागि उच्च अदालतले जारी गरेको परमादेश महोत्तरी जिल्लामा पुगेको छ । 


सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका प्रतिवादीलाई अविलम्ब पक्राउ गरी अदालत समक्ष उपस्थित गराउनू भन्ने व्यहोराको उच्च अदालत जनकपुरको परमादेश जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेको हो ।

अदालतले साउन १५ गते परमादेश जारी गरेको भएपनि पत्राचारका क्रममा शुक्रवार परमादेश प्रहरी कार्यालयमा दर्ता भएको हो ।  उच्च अदालतको परमादेश सहितको पत्र महोत्तरी जिल्ला अदालत जलेश्वरले शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

 

उच्च अदालत जनकपुरले साउन १५ गते विक हत्याका फरार प्रतिवादीहरूलाई अबिलम्ब पक्राउ गर्न परमादेश जारी गरेको थियो ।  उच्च अदालत जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले बिहीवार पठाइएको पत्र महोत्तरी जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा औपचारिक रूपमा बुझाइसकेको बताए ।

सशस्त्र प्रहरीको सुरक्षा लिइरहेका प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य कौशलकुमार यादव र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र हत्या घटनाका अभियुक्त हुन् । 

उच्च अदालतका रजिस्ट्रार कार्कीले भने, ‘कानून अनुसार प्रहरीले देख्ने बित्तिकै वा खोजेर भएपनि पक्राउ गर्नुपर्छ । ती पदाधिकारीहरूलाई त झन् प्रहरीले नै सुरक्षा प्रदान गरिरहेको अवस्था छ भने त पत्र पाएलगत्तै उनीहरूलाई पक्राउ गरेर अदालतसमक्ष बुझाउनु पर्ने हो ।’

 मधेश आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट थमन विकको हत्या भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.