logo

प्रदेश २ का राज्यमंत्री सहित अन्य प्रतिवादीलाई उपस्थित गाराउने अदालतको आदेश महोतरी प्रहरीमा पुग्यो

      8/3/2018 गते 00 00 मा प्रकाशित     850   पटक पढिएको


जनकपुरधाम १९ साउन । 

प्रदेश न २ को सरकारमा राज्यमंत्री रहेका अभिराम शर्मालाई अदालतमा हाजीर गराउनकालागि उच्च अदालतले जारी गरेको परमादेश महोत्तरी जिल्लामा पुगेको छ । 


सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका प्रतिवादीलाई अविलम्ब पक्राउ गरी अदालत समक्ष उपस्थित गराउनू भन्ने व्यहोराको उच्च अदालत जनकपुरको परमादेश जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेको हो ।

अदालतले साउन १५ गते परमादेश जारी गरेको भएपनि पत्राचारका क्रममा शुक्रवार परमादेश प्रहरी कार्यालयमा दर्ता भएको हो ।  उच्च अदालतको परमादेश सहितको पत्र महोत्तरी जिल्ला अदालत जलेश्वरले शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

 

उच्च अदालत जनकपुरले साउन १५ गते विक हत्याका फरार प्रतिवादीहरूलाई अबिलम्ब पक्राउ गर्न परमादेश जारी गरेको थियो ।  उच्च अदालत जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले बिहीवार पठाइएको पत्र महोत्तरी जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा औपचारिक रूपमा बुझाइसकेको बताए ।

सशस्त्र प्रहरीको सुरक्षा लिइरहेका प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य कौशलकुमार यादव र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र हत्या घटनाका अभियुक्त हुन् । 

उच्च अदालतका रजिस्ट्रार कार्कीले भने, ‘कानून अनुसार प्रहरीले देख्ने बित्तिकै वा खोजेर भएपनि पक्राउ गर्नुपर्छ । ती पदाधिकारीहरूलाई त झन् प्रहरीले नै सुरक्षा प्रदान गरिरहेको अवस्था छ भने त पत्र पाएलगत्तै उनीहरूलाई पक्राउ गरेर अदालतसमक्ष बुझाउनु पर्ने हो ।’

 मधेश आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट थमन विकको हत्या भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.