logo

पूर्वाधार बिकासमंत्री सोनलद्वारा बीरगंजमा सवारी तथा इजाजत दिने शाखाको नयाँ बोर्डको अनावरण

      8/3/2018 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

वीरगन्ज १८ साउन। 

 प्रदेश २ को भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलले शुक्रवार बीरगंजमा यातयात ब्यवस्था काार्यलयको नयाँ बोर्ड अनावरण गरेका छन ।  

 

बीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयको सवारी चालक अनुमती तथा सवारी शाखा प्रदेश नं २ अन्र्तगतको भैतिक पूर्वाधार मंत्रालय मातहत आएको र सोही ब्यहोरा लेखिएको वोर्डको मंत्री सोनलले अनावरण गरेका हुन । 


हिजोका दिनमा यही कार्यालयले  कार्यालयले सवारी चालक अनुमतिपत्र  प्रदान गर्दै आएको थियो आउने दिनमा पनि यही कार्यालयले सवारी अनुमती पत्र प्रदान गर्ने छ ।

 

तर अहिले प्रदेश सरकारको महतहतमा कार्यालय आएपछि प्रदेश नं २ मा सवारी चालक अनुमती पत्रको अनलाई निवेदन लिए पनि अन्य प्रक्रियामा भने सरकारले नै रोक लगाएको छ ।

 

कार्यक्रममा मन्त्री सोनलले भने, ‘कसैकसैले मलाई पहिलेदेखि नै भएको कार्यालय किन उद्घाटन गरेको भनेका छन् । तर, म भन्छु यो ऐतिहासिक काम हो किनकी यातायात व्यवस्था कार्यालयका कर्मचारी पहिले नेपाल सरकारका थिए, अब प्रदेश सरकारका कर्मचारी भएका छन् ।

 

यो परिवर्तन हो,’ उनले भने, ‘यही परिवर्तनका लागि जनताले घण्टाघरमा नारा लगाएका थिए, कोइला र पेन्टले ‘मधेस सरकार’ लेखेका थिए । अब हामी मधेस सरकारको नजिक पुगेका छौं ।’ उनले निकट भविष्यमा प्रदेश २ को नामबारे प्रदेश सभाले निर्णय गर्ने समेत जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि कार्यालयबाट उठ्ने ३ सय करोड राजश्व प्रदेशको हुने र त्यसलाई प्रदेशको विकासमा प्रयोग गरिने उनले बताए ।

 

‘प्रदेश सकारका धेरै मन्त्रालयको बजेट त्यति छैन । तर, वीरगञ्जको यातायात व्यवस्था कार्यालयबाट साढे ३ सय करोड रुपैयाँ राजश्व उठ्ने गरेको रहेछ । त्यो केन्द्र सरकारको खातामा जाँदो रहेछ’ मन्त्री सोनलले भनेका छन्, ‘श्रावण १ गतेदेखि प्रदेश सरकार मातहतका कार्यालयहरुले उठाएको राजश्व प्रदेश सकारको खातामा जान्छ ।’

 


कार्यक्रम सवारी अनुमती दिने शाखाका प्रमुख बिश्वराज नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भौतीक पूर्वाधार राज्यमंत्री डा.डिम्पल झा ,संघीय ससदका सदस्य एकवाल अहमद ,नेपाल पत्रकार महासंघका प्रदशे २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.