logo

बिधुत प्राधिकरण बीरगंजका प्रमुख ठाकुर सहित उप्रमुख पनि काठमाण्डौ झिकाइए

      8/2/2018 गते 00 00 मा प्रकाशित     1857   पटक पढिएको


बीरगंज १७ साउन ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख मुनिन्द्र ठाकुरलाई आवश्यक छानविनकालागि बिभागले काठमाण्डौ झिकाएको छ । ठाकुरले प्राधिकरणलाई घाटा पुर्‍याएर उधोगी पोस्न थालेको भन्दै विद्युत प्राधिकरणले छानबिन सुरु गरेको उनलाई बयानकालागि काठमाण्डौ झिकाएको हो ।

स्रोतका अनुसार  बिभागले प्राधिकरणको अहित हुने गरि काम गरेको ठहर गरेको छ । यो छानविनबाट केही कर्मचारी कारावाहीमा पर्ने भएका छन  । बिभागले बीरगंजका सहायक प्रवन्धक र यो भन्दा अगाडिका प्रमुख चुटन श्रीवास्तवलाई पनि बिभागमा झिकाएको छ । 

 

नेपाल बिधुत प्राधिकरणका प्रवन्ध निर्दैशक कुलमान घिसिङको प्रत्यक्ष निर्देशनमा  इनर्जी इफिसिएन्सी तथा चुहावट नियन्त्रण विभागका निर्देशक रामजी भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन टोली गठन गरि छानवीनको काम शुरु गरेको हो ।

  विभिन्न उद्योगमा जडान भएको सिंगल फिडर र हाइभोल्टेज जडानका विषयमा छानबिन सुुरु भएको हो ।

प्राधिकरणलाई घाटा पु¥याएर उद्योगहरुमा फिडर लगाएको भन्दै कर्मचारी यूनियनले नै उजुरी गरेपछि ठाकुरबिरुद्ध अनुसन्धान सुरु गरिएको हो  । ठाकुरले आफ्नो काममा अवरोध हुने देखेपछि रंजीत श्रीवास्तव नामका कर्मचारीलाई सरुवा समेत गराएका थिए ।

 

 ठाकुरले औधोगिक करिडोरको त्रिवेणी सिम्प्याक्समा प्राधिकरणलाई घाटा पुर्‍याएर नयाँ ट्रान्सर्फमर जडान गरेका थिए । उद्योगमा हजार केभीए ११०००र४०० भोल्टेजको ट्रान्सफर जडान भइरहेकोमा कार्यलय प्रमुखको रुपमा ठाकुर वीरगंज आएको केही दिनमै १६ सय ५० केभीए ११०००र४३३ भोल्टेजको ट्रान्सफर सर्टडाउन चार्ज बिना जडान गरेको भन्दै उनीबिरुद्ध कर्मचारीहरुले नै उजुरी गरेका थिए ।

वीरगंज वितरण केन्द्रले औधोगिक करीडोरका उद्योगहरुलाई आफ्नै खर्चमा सिंगल फिडर निर्माण गरिदिएको छ । यसो गर्दा प्राधिकरणलाई लाखौं घाटा समेत लागेको छ । उद्योगहरु आफैले फिडर लगाउँदा लाग्ने खर्च ब्यहोर्नु पर्ने भए पनि ठाकुरले भने उद्योगलाई उन्मुक्ति दिएर प्राधिकरणलाई दोहन गरेको आरोप छ ।

 

ठाकुरको यो कामको बिरुद्ध कर्मचारी यूनियनले नै केन्द्रमा उजुरी गरेपछि छानबिन सुरु भएको हो ।  । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.