logo

बिधुत प्राधिकरण बीरगंजका प्रमुख ठाकुर सहित उप्रमुख पनि काठमाण्डौ झिकाइए

      8/2/2018 गते 00 00 मा प्रकाशित     1707   पटक पढिएको


बीरगंज १७ साउन ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख मुनिन्द्र ठाकुरलाई आवश्यक छानविनकालागि बिभागले काठमाण्डौ झिकाएको छ । ठाकुरले प्राधिकरणलाई घाटा पुर्‍याएर उधोगी पोस्न थालेको भन्दै विद्युत प्राधिकरणले छानबिन सुरु गरेको उनलाई बयानकालागि काठमाण्डौ झिकाएको हो ।

स्रोतका अनुसार  बिभागले प्राधिकरणको अहित हुने गरि काम गरेको ठहर गरेको छ । यो छानविनबाट केही कर्मचारी कारावाहीमा पर्ने भएका छन  । बिभागले बीरगंजका सहायक प्रवन्धक र यो भन्दा अगाडिका प्रमुख चुटन श्रीवास्तवलाई पनि बिभागमा झिकाएको छ । 

 

नेपाल बिधुत प्राधिकरणका प्रवन्ध निर्दैशक कुलमान घिसिङको प्रत्यक्ष निर्देशनमा  इनर्जी इफिसिएन्सी तथा चुहावट नियन्त्रण विभागका निर्देशक रामजी भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन टोली गठन गरि छानवीनको काम शुरु गरेको हो ।

  विभिन्न उद्योगमा जडान भएको सिंगल फिडर र हाइभोल्टेज जडानका विषयमा छानबिन सुुरु भएको हो ।

प्राधिकरणलाई घाटा पु¥याएर उद्योगहरुमा फिडर लगाएको भन्दै कर्मचारी यूनियनले नै उजुरी गरेपछि ठाकुरबिरुद्ध अनुसन्धान सुरु गरिएको हो  । ठाकुरले आफ्नो काममा अवरोध हुने देखेपछि रंजीत श्रीवास्तव नामका कर्मचारीलाई सरुवा समेत गराएका थिए ।

 

 ठाकुरले औधोगिक करिडोरको त्रिवेणी सिम्प्याक्समा प्राधिकरणलाई घाटा पुर्‍याएर नयाँ ट्रान्सर्फमर जडान गरेका थिए । उद्योगमा हजार केभीए ११०००र४०० भोल्टेजको ट्रान्सफर जडान भइरहेकोमा कार्यलय प्रमुखको रुपमा ठाकुर वीरगंज आएको केही दिनमै १६ सय ५० केभीए ११०००र४३३ भोल्टेजको ट्रान्सफर सर्टडाउन चार्ज बिना जडान गरेको भन्दै उनीबिरुद्ध कर्मचारीहरुले नै उजुरी गरेका थिए ।

वीरगंज वितरण केन्द्रले औधोगिक करीडोरका उद्योगहरुलाई आफ्नै खर्चमा सिंगल फिडर निर्माण गरिदिएको छ । यसो गर्दा प्राधिकरणलाई लाखौं घाटा समेत लागेको छ । उद्योगहरु आफैले फिडर लगाउँदा लाग्ने खर्च ब्यहोर्नु पर्ने भए पनि ठाकुरले भने उद्योगलाई उन्मुक्ति दिएर प्राधिकरणलाई दोहन गरेको आरोप छ ।

 

ठाकुरको यो कामको बिरुद्ध कर्मचारी यूनियनले नै केन्द्रमा उजुरी गरेपछि छानबिन सुरु भएको हो ।  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.