logo

बनियाँ कन्सट्रक्सनको काम गुणस्तरहिन, कन्सलट्यान्टले कल्र्भट भत्कायो

      8/2/2018 गते 00 00 मा प्रकाशित     792   पटक पढिएको


कृष्णमोहन साह
सुवर्णपुर १७ साउन ।
पूर्व गृह राज्यमंत्रीको निर्माण कम्पनी बानीय निर्माण सेवाले हुलाकी राजमार्गमा बनाएको कल्र्भटलाई कन्सलटयान्टले भत्काउने आदेश दिएको छ ।

हुलाकी राजमार्गको बीरगंज ठोरी सडक खण्ड अन्र्तगत ठोरी गाउापालिकाको वडा नं ३ मा निर्माण भएको कल्र्भट हुलाकी राजमार्गकाका भारतीय कन्सलटयान्ट अतुल सच्चानले अनुगन गर्दा गुणस्तरहिन भएको भन्दै भत्काउन आदेश दिएका हुन । 


ब्रहमानगरमा निर्माण गरिएको कल्र्भट अन्तिम चरणमा पुगेको थियो । कन्सलटयान्टको अनुगमनको क्रममा निर्माणमा खोट फेला परेपछि परामर्शदाताले नै भत्काउन आदेश दिएका हुन । 


उक्त कल्भर्ट प्रयोग मा नआउदै ठाउँठाँउ मा चर्केको पाइएको ले भत्काउन लगाइएको हुलाकी राजमार्ग का भार्तिय कन्सलटेन अतुल सच्चानले जानकारी दिनुभयो ।


कल्र्भट बन्दै गर्दा स्थानीयबासीले गुणस्तरहिन काम भएको भन्दै बिरोध जनाएका थिए । स्थानीयको बिरोधलाई वेवास्ता गर्दै कल्र्भट बनाइएको थियो । 


त्यस्तै ठोरी गाउापालिका वडा नं ४ कै बिजयबस्तीमा पनि कालिका बानीया जेवी कन्सट्रक्सनले गरेको काम गुणस्तरहिन भएको भन्दै स्थानीय युवाहरुले आन्दोलन गरेपछि हुलाकी सडकको काम पनि रोकिएको छ ।

 

एक महिना जती भयो हुलाकी सडकको काम हुन सकेको छैन । 
कालिका बानियाँ जेबी कन्सट्रक्सनले ठोरीको चमरीहोलदेखी चौतारासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको छ ।

 

तराई मधेसको लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्गको निर्माणमा देखिएको लापरवाही र गैरजिम्मेवारीपनले राजमार्गको टिकाउ र मजवुती कस्तो होला भन्ने चिन्ता उत्पन्न भएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.