logo

बनियाँ कन्सट्रक्सनको काम गुणस्तरहिन, कन्सलट्यान्टले कल्र्भट भत्कायो

      8/2/2018 गते 00 00 मा प्रकाशित     1060   पटक पढिएको


कृष्णमोहन साह
सुवर्णपुर १७ साउन ।
पूर्व गृह राज्यमंत्रीको निर्माण कम्पनी बानीय निर्माण सेवाले हुलाकी राजमार्गमा बनाएको कल्र्भटलाई कन्सलटयान्टले भत्काउने आदेश दिएको छ ।

हुलाकी राजमार्गको बीरगंज ठोरी सडक खण्ड अन्र्तगत ठोरी गाउापालिकाको वडा नं ३ मा निर्माण भएको कल्र्भट हुलाकी राजमार्गकाका भारतीय कन्सलटयान्ट अतुल सच्चानले अनुगन गर्दा गुणस्तरहिन भएको भन्दै भत्काउन आदेश दिएका हुन । 


ब्रहमानगरमा निर्माण गरिएको कल्र्भट अन्तिम चरणमा पुगेको थियो । कन्सलटयान्टको अनुगमनको क्रममा निर्माणमा खोट फेला परेपछि परामर्शदाताले नै भत्काउन आदेश दिएका हुन । 


उक्त कल्भर्ट प्रयोग मा नआउदै ठाउँठाँउ मा चर्केको पाइएको ले भत्काउन लगाइएको हुलाकी राजमार्ग का भार्तिय कन्सलटेन अतुल सच्चानले जानकारी दिनुभयो ।


कल्र्भट बन्दै गर्दा स्थानीयबासीले गुणस्तरहिन काम भएको भन्दै बिरोध जनाएका थिए । स्थानीयको बिरोधलाई वेवास्ता गर्दै कल्र्भट बनाइएको थियो । 


त्यस्तै ठोरी गाउापालिका वडा नं ४ कै बिजयबस्तीमा पनि कालिका बानीया जेवी कन्सट्रक्सनले गरेको काम गुणस्तरहिन भएको भन्दै स्थानीय युवाहरुले आन्दोलन गरेपछि हुलाकी सडकको काम पनि रोकिएको छ ।

 

एक महिना जती भयो हुलाकी सडकको काम हुन सकेको छैन । 
कालिका बानियाँ जेबी कन्सट्रक्सनले ठोरीको चमरीहोलदेखी चौतारासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको छ ।

 

तराई मधेसको लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्गको निर्माणमा देखिएको लापरवाही र गैरजिम्मेवारीपनले राजमार्गको टिकाउ र मजवुती कस्तो होला भन्ने चिन्ता उत्पन्न भएको छ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.