logo

महानगरको बिशेष नगरसभा साउन २२ मा हुने ,आय घटने भएकोले ठेकेदारमुखी प्रवृति अन्त्य गर्न जोड

      8/1/2018 गते 00 00 मा प्रकाशित     928   पटक पढिएको

बीरगंज १६ साउन । 
बीरगंज महानगरपालिकाले साउन २२ गतेकालागि बिशेष नगरसभा बोलाउने निर्णय गरेको छ । बुधवार सम्पन्न नगर कार्यपालिकाको बैठकले बिशेष नगर सभा बोलाउने निर्णय गरेको हो । 


महानगरको दोश्रो नगरसभाले पारित गरेको आर्थिक ऐनका आधारमा बीरगंज महानगरले तय गरेको नयाँ करको दर र दायराका सम्बन्धमा बिभिन्न संघसंस्था र राजनीतिक दलहरुको मागलाई सम्बोधन गर्नकालागि नगरसभा आवश्यक भएकोले सभा डाँकिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भूषलले बताए । 


    महानगर कार्यपालिकाको बैठकले करको दर र दायराका सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरेको छ । 


    महानगर प्रमुख  विजय सरावगीको अध्यक्षतामा बसेको बैठकले करवृद्धि सम्बन्धमा उत्पन्न विवादबारे प्रमुख प्रशासकीय अधिकृत डा. भुषालको संयोजकत्वमा राजस्व प्रमुख र पाँचजना वडाअध्यक्ष्ँ रहनेगरी ७ सदस्यीय कमिटी गठन गरेको हो।


    सो कमिटीले विभिन्न विषयगत सङ्घसंस्थासँग छलफल गरेर करवृद्धिबारे प्रतिवेदन बुझाउने र सो प्रतिवेदनलाई नपा बोर्ड बैठकबाट अनुमोदन गरेर साउन २२ गतेको विशेष नगरसभामा प्रस्तुत गरिने मेयर सरावगीले बताए ।


    आज गठन भएको समितिलाई दुई दिनको समय सीमा प्रदान गरिएको छ ।    एकीकृत सम्पत्ति करसम्बन्धमा भने मालपोत कार्यालयले निर्धारण गरेको घरजग्गा मूल्याङ्कनलाई आधार बनाउने कुरामा सैद्धान्तिक सहमति भएको मेयर सरावगीले बताए ।

कार्यपालिका बैठकले लगत इष्टिमेट बनाउनमा  ठेकेदारमुखि प्रवृतिको अन्त्यमा जोड दिएको छ । चालू आर्थिक बर्षमा प्रस्ताव गरिएका विभिन्न योजनाहरुको कार्यान्वयनका लागि आवश्यक पर्ने आन्तरिक आयको प्रस्तावित अनुमान बमोजिम आम्दानी हुन नसक्ने स्पष्ट संकेतहरु देखिए पछि महाानगरले यस्तो निर्णय गरेको हो ।

प्राथमिकताक्रममा रहेका योजनाहरु क्रमशः कार्यान्वयन गर्दै लैजाने।कुनै पनि योजनाको खरिद प्रकृयामा जानु भन्दा पहिले प्रस्तावित योजनाहरुको वास्तविक लगत इष्टिमेट महानगरपालिकाले गराउने गरि निर्णय भएको छ । 

महानगर कार्यपालिकाको बैठकले नेशनल मेडिकल कलेजले स्वघोषणा गरी तिरेको करका सम्बन्धमा उसले तिर्नु बुझाउनु पर्ने वास्तविक करको मूल्याङ्कन गर्नका लागि कार्यपालिकाका ५ जना सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले  साउन २३ गते देखी काम गर्ने म्याण्डेट पाएको छ । 


त्यस्तै घडीअर्बा पोखरीमा प्रातः भ्रमण  गर्न नपाएको जनगुनासोलाई ध्यानदिदै बुधवारको बैठकले तीन सदस्यीय समिति निर्माण गरेको छ । समितिले प्रात भ्रमणको वतावरण बनाउन करारपक्षसंग वार्ता गरि हल निकाल्ने जिम्मेवारी पाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.