logo

कर फिर्ताको घोषणा पछि महानगरको बिरोधमा नेपाली कांग्रेसको धर्ना

      8/1/2018 गते 00 00 मा प्रकाशित     946   पटक पढिएको

वीरगन्ज १६ साउन ।

नेपाली कांग्रेस पर्साले बीरगंज महानगरको करबृद्धिको बिरोधमा महानगरपालिकाको कार्यालयमा एक घण्टे धर्ना दिएका छन । बढाइएको कर फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले धर्ना दिएको हो ।

 


यद्यपी वीरगगंज महानगपालिकाका प्रमुख बिजय सरावगीले केही करहरु हटाइने र केही करको दरमा संशोधन गरिने बताएका छन। मंगलवार महानगरमै पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो जनाकारी गराएको भएपनि नेपाली कांग्रेस सडकमा उत्रिएको हो।

 

महानगरले कर फिर्ता र संशोधनको घोषणा गरेपछि बिभिन्न संघसंस्थाले गरेको आन्दोलन मत्थर भएको छ । तर नेपाली कांग्रेसले भने “राजनीतिक स्टन्ट”कालागि आन्दोलन गरिरहेको राजनीतिक बिश्लेषकहरुको टिप्पणी छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय सरावगीले  जनताबाट निर्वाचित भएर आएको हुनाले महानगरवासीको चित्त दुखाएर  कर बढाउनुको अर्थ नरहेको भन्दै कर स्थगन र दरमा संशोधनको निर्णयमा पुगेको मंगलवारै घोषणा गरेका थिए  ।

 
मेयरको यस्तो घोषणालाई नेपाली कांग्रेसले अश्विासको नजरले हेरेको छ । नगरसभाले गरेको निर्णय महानगरप्रमुखको घोषणाले मात्र फिर्ता नहुने भएकोले जनहीतकालागि आफूहरुले आन्दोलन गरेको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलको भनाई छ । 

 


महानगरले कार्यापालिकाको बैठकबाट कर फिर्ताको निर्णय गरेपछि कर बिरोधी आन्दोलन रोकिने उनले बताए । 
मेयर सरावगीले बुधबार हुने महानगर कार्यपालिकाको बैठकमा करका दर र दायरा स्थगन तथा संशोधनको प्रस्ताव लैजाने सार्वजनीक घोषणा गरिसकेका छन । 


आजको बैठकले करको दर दायरा स्थगन तथा संशोधनको बिषयमा महत्वपूर्ण निर्णय लिने सक्ने अवस्थालाई मध्यनजर राख्दै नेपाली कांग्रेसले क्रेडीट लिन आन्दोलन गरेको हो भन्नेहरुको संख्या पनि कम भने छैन । 


नेपाली कांग्रेसले बुधवार महानगरको प्रवेशद्वारा दिउसो १ बजेदेखी २ बजेसम्मकालागि आयोजना गरेको धर्नामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, जिल्ला सभापति अजय कुमार द्विवेदी जिल्ला सचिव किशोरी साह ,बिजय सर्राफ,अशोक गुप्ता, अरविन्द गुप्ता,भवानी घिमिरे,लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.