logo

बीरगंजमा  सरकार बिरुद्ध नेपाली कांग्रेसको भब्य प्रर्दशन

      7/31/2018 गते 00 00 मा प्रकाशित     1065   पटक पढिएको

बीरगंज १५ साउन,  ।
 विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् ।

 

यसैक्रममा वीरगञ्जमा कांग्रेसले घण्टाघरबाट निकालेको विरोध र्‍याली माइस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा पछि पुन घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो ।

Image may contain: 3 people, beard, crowd, hat and outdoor

र्‍यालीमा सहभागीहरुले केपी ओली पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए । र्‍यालीपछिको सभालाई कांग्रेस नेताहरु रमेश रिजाल, सुरेन्द्र चौधरी पूर्व सासद अनिल रुङ्गटा, पर्सा जिविसका पूर्व सभापति जनार्दन सिंह क्षेत्री र बीरेन्द्रलाल नेपाली लगायतका नेताले सम्बोधन गरे  ।

उनीहरुले सरकारविरुद्ध निकै आक्रामकरुपमा आफूलाई प्रस्तुत गरे । 

 

डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्न पूर्वनिर्धारित कार्यक्रम भएता पनि कांग्रेसले अनसन स्थगित भइसकेको अवस्थामा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएको हो । सरकारले संविधान उल्लंघन गरेको र महंगी बढाएको भन्दै विरोध कार्यक्रमलाई निरन्तरता दिइएको नेताहरुले बताएका छन् ।

Image may contain: 7 people, people smiling, people sitting, hat and outdoor

विरोधसभामा कांग्रेस नेताहरुले सरकारले कर वृद्धि गरेको, जनभावना अनुसार काम नगरेको, सिण्डिकेट अन्त्य गर्न नसकेको, सभामुख र उपसभामुख एकै पार्टीबाट चयन गरेर संविधान उलंघन गरेको जस्ता विषय उठाएका थिए । उनीहरुले आफ्नै गतिविधिका कारण दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार कमजोर हुने टिप्पणी गरेका थिए ।


बीरगंजमा नेताहरुले बीरगंज महानगरले करबृद्धि गरेर जनबिरोधी काम गरेको भन्दै त्यसलाई फिर्ता लिन समेत माग गरेका थिए । 

कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति अजय  द्विवेदीको अध्यक्षतमा भएको थियो 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.