logo

बीरगंज महानगरले करको दर र दायरा स्थगन र संशोधनको प्रस्ताव लैजाने ,घेराबन्दीमा पार्न खोज्नेहरु तीन चीत खाने

      7/31/2018 गते 00 00 मा प्रकाशित     1141   पटक पढिएको

वीरगन्ज १५ साउन ।
वीरगगंज महानगपालिकाका प्रमुख बिजय सरावगीले केही करहरु हटाइने र केही करको दरमा संशोधन गरिने बताएका छन। मंगलवार महानगरमै पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो जनाकारी गराएका हुन ।

महानगरको यो पहलकदमी पछि बिभन्न संघ संस्थाको आवरणमा शुरु भएको कर बिरोधी आन्दोलन समाप्त हुने भएको छ । करबृद्धिको बिरोधमा महानगर नेतृत्वलाई घेराबन्दीमा पार्ने षडयन्त्र पनि असफल भएको बिशलेषकहरुको  राय छ ।

महानगरको दोश्रो नगरसभाले आर्थिक वर्ष ०७५र०७६ कालागि ७० करोडको राजस्व परिचालनको लक्ष्य राखी करको दर र दायरमा केही बढोत्तरी गरेको थियो ।

राजस्व परामर्श समितिको बैठकमा सहभागि भएर करको दर र दायरा बढोत्तरी गर्ने निर्णयामा सहभागि बीरगंज उधोग वाणिज्य संघले करबृद्धिको आन्दोलनको नेतृत्व गरेको थियो । बीरगंज महानगरपालिकाले महानगरका सावीकका १६ वडाको जमिनको मूल्यांकन ६,७ र ८ करोड तय गरेको थियो ।

यसरी मूल्याकंन गर्दा महानगरले पहिला २० पैसा सयकडा कर लिदै आएकोमा अहिले १३ पैसा कर निर्धारण गरेको थियो । करको दर घटाउदा र जमीनको मूल्याकंन गर्दाको बढोत्तरीकोका कारण करको बृद्धि खासै अन्तरपूर्ण नरहेको बिज्ञहरुको भनाई छ ।

घरजग्गा कर मध्यम परिवारसम्मकालागि घटेको थियो । तर ब्यवसायीहरुको आन्दोलनले धेरै जमीनहुनेहरुकालागि मात्र हित गरेको बिशलोषकहरुको भनाई छ ।


 जनताबाट निर्वाचित भएर आएको हुनाले महानगरवासीले चित्त दुखाउने गरि कर बढाउनुको अर्थ नरहेको भन्दै कर स्थगन र दरमा संशोधनको निर्णयमा पुगेको पत्रकार सम्मेलनमा मेयर बिजय सरावगीले जानकारी गराए । 
७० करोड राजस्व संकालनको लक्ष्य लिएको महानगरले अव करिव ४० करोड कम राजस्व संकलन गर्ने छ । राजस्व संकलनमा आउने कमीले अन्तत बीरगंज महानगरको बिकासको काममा प्रतिकूल प्भाव पार्ने मेयर सरावगीले बताए ।  
नगर सभाबाट पास भएको आर्थिक बर्ष २०७५र०७६ को अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक ब्यवस्था गर्न संविधानको धारा २२८ को उपधारा ९२० बमोजिम वीरगंज महानगरपाकिा नगर सभाले आर्थिक ऐन वनाएको जानकारी समेत गराइएको थियो  । 


नगर प्रमुख सरावगीले  विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा वीरगंज महानगर पालिकाले जनतालाई  अप्ठारो पार्ने गरि कर र शुल्क बढाएको भनी गरिएको प्रचारको सन्दर्भमा हुदै नभएका विषयलाई अनावश्यक रुपमा प्रचार गरिएको बताउदै जन्मदर्ता, मुत्यु दर्ता लगाएतका सिफारीसमा नयाँ करको ब्यवस्था नगरिएको स्पष्ट पारे  ।


कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगंज उद्योग वाणिज्य संघ लगाएत विभिन्न संघ सस्था र राजनीतिक दलहरुले उठाएको एकिकृत सम्पती कर र कवाडी करका विषयमा गम्भिर ध्यानाकर्षण भएको बताए   ।


कार्यक्रममा बोल्दै महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा ।भिष्मकुमार भूषालले महानगरपालिकाको कार्यलयमा सुशासन स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले  विगतमा देखिएको अनिमितताहरुलाई न्यूनिकरण गर्दे आफु अगाडि बढेको बताए । प्रत्रकार सम्मेलन बोल्दै उपनगर प्रमुख सुश्री शान्ति कार्किले संघ ,प्रदेश र स्थानिय सरकार विचको अधिकारलाइ लिएर विभिन्न अन्योलताहरुको कारण आफुहरुले चाहे जति जनचाहना पुरा गर्न नसकेको स्पष्ट पार्दै आउने समयमा महानगपालिकाले विकास र सुशासनको कार्यलाइ अझ तिव्रता दिने बताइन ।   


महानगरप्रमुख सरावगीले , नेपाल भित्रने कार्गो मध्ये ५५ प्रतिशत कार्गोहरु वीरगंजको वाटो भएर वाहिर जान्छ, त्यहाँबाट हुने प्रदुषणको शिकार वीरगंजको नागरिक हुन्छ, दैनिक सडक जाम, दुर्घटना र अपराधका घटना समेत यहाँका नागरिकले ब्यर्होनु पर्छ तर ती वाहिर जाने गाडीबाट कर लिन खोज्दा अवरोध लगायतका बिषयहरुको बारेमा ध्यान पुर्याउन आग्रह समेत गरेका थिए । 


उनले कार्गोबाट संकलन गर्ने कर महानगरवासी कसैलाई पनि अतिरिक्त भार नपर्ने बताउदै यस्तो कर संकलन गर्न नदिएर बीरगंजका ब्यवसायीहरुले बीरगजकै बिकासमा अवरोध सृजना गरेको भन्दै चिन्ता समेत ब्यक्त गरे ।

 
महानगरको बुधवार बस्ने बैठकले करका सम्बन्धमा आएका सबै सुझाव र अल्टीमेटमहरुलाई सम्बोधन गर्ने गरि नगरकार्यपालिकामा प्रस्ताव लैजाने मयेर सरावगीले तयारी गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.