logo

धोविनी गाउँपालिका अध्यक्ष र प्रमुख अधिकृतले अनियमितता गरेको कार्यपालिका सदस्यहरुको आरोप 

      7/30/2018 गते 00 00 मा प्रकाशित     1372   पटक पढिएको

वीरगञ्ज १४ साउन । 
पाँच महिना भयो कार्यपालिकाको बैठक भएको छैन धोविनी गाउँ कार्यपालिका सदस्य मगनी देवीले पत्रकारहरुका सामु गुनसो गरिन ।  गाउँपालिकाको काम कसरी हुन्छ हामीलाई जानकारी हुदैन उनले भनीन ।

 

उनले आफूहरुलाई गोरुको रुपमा प्रयोग गरिएको बताइन । आवश्यक परेको बेला मात्र जोत्ने । उनले  गाउँकार्यपालिकाको अध्यक्ष र कार्यकारी प्रशासकीय अधिकृतले मनलाग्दी गरेको भन्दै असन्तोष ब्यक्त गरिन । 

 


मगरी देवी मात्र हैन  गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मीले समेत केही भेउ नपाउदा रहेछन । नगरसभाले नीतिगत निर्णय त ग¥यो उनले भने त्यो निर्णयहरु कसरी कार्यान्वयन भए या भएका छैनन त्यो मलाई समेत जानकारी छैन । उनले गाउँपालिका अत्यन्तै अपारदर्शी रुपमा चलेको बताए । 


कार्यपालिकाका सदस्य बिकर्माजित प्रसाद कलवारले  गाउँपालिकामा हुने गतिविधिको बारेमा आफूलाई  केही जानकारी नदिइएको बताए । करोडौंको वजेट आएको छ भनेर सुनिन्छ उनले भने  कहाँ कसरी खर्च गरिरहेका छन्, थाहा नै हुँदैनन् ।  गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत कसैले पनि समन्वय नगरेको उनको भनाई छ ।

 

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलनकै आयोजना गरेर धोविनी गाउँपालिकाको १० जना कार्यपालिका सदस्यहरुले गाउँ प्रमुख सुरेश कुर्मी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीको गतिविधिका बारेमा असन्तुष्टि जनाएका छन् । उनीहरुले आर्थिक अनियमितता भएको भन्दै सम्बन्धीत निकायलाई छानवीन गर्न समेत माग गरेका छन । 

 

१३ जना कार्यपालिका सदस्य रहेको गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मीसहित १० सदस्यले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अरुलाई वाइपास गरेर मनोमानी गरिरहेको आरोप लगाए ।

 

गाउँपालिकाले कृषिको  विकासका लागि आर्थिक वर्ष ०७४र७५ मा २ करोड वजेट छ्टेयाएका थियौं । कहाँ कसरी खर्च गर्ने सल्लाह नै नगरी खर्च गरिसकेछन् । बोर्ड बैठकमा छलफल नै गरिएन उपाध्यक्ष कुर्मीले भने अन्य विकासका बजेट खर्च गर्दा पनि कार्यपालिकाको बोर्ड बैठकमा प्रस्तुत गरिएको छैन ।

 

गाउँपालिकामा अनियमितता भएको दावी गर्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति पर्सा र प्रदेश सरकारलाई छानबिनको माग गर्दै उजुरीसमेत दिइसकेको बताएका छन् ।

तर, गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मीले भने गाउँपालिकामा बोर्ड बैठकबाट भएको निर्णय अनुसार नै वजेट खर्च भएको बताएका छन् । परिषद कहिले र कसरी गर्ने भनेर कुरा चल्दै थियो ।

 

एक्कासी उहाँहरुले पत्रकार सम्मेलन गरेको कुरा आयो, उनले भने, पक्ष विपक्षको कुरा हो, खर्च सबै पारदर्शी ढंगले भएको छ, सबै काम जनताकै लागि भएको हो । बिल भर्पाइसमेत सार्वजनिक हुन्छ । गाउँपालिकाले अहिले सम्म आर्थिक वर्ष ०७५÷०७६ को गाउँ सभा भने गर्न सकेको छैन ।

 

केही दिनअघि मात्रै सोही गाउँपालिकाका लेखा प्रमुख र नायब सुब्बा १ लाख १० हजार घुस रकमसहित पक्राउ परेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.