logo

धोविनी गाउँपालिका अध्यक्ष र प्रमुख अधिकृतले अनियमितता गरेको कार्यपालिका सदस्यहरुको आरोप 

      7/30/2018 गते 00 00 मा प्रकाशित     1516   पटक पढिएको

वीरगञ्ज १४ साउन । 
पाँच महिना भयो कार्यपालिकाको बैठक भएको छैन धोविनी गाउँ कार्यपालिका सदस्य मगनी देवीले पत्रकारहरुका सामु गुनसो गरिन ।  गाउँपालिकाको काम कसरी हुन्छ हामीलाई जानकारी हुदैन उनले भनीन ।

 

उनले आफूहरुलाई गोरुको रुपमा प्रयोग गरिएको बताइन । आवश्यक परेको बेला मात्र जोत्ने । उनले  गाउँकार्यपालिकाको अध्यक्ष र कार्यकारी प्रशासकीय अधिकृतले मनलाग्दी गरेको भन्दै असन्तोष ब्यक्त गरिन । 

 


मगरी देवी मात्र हैन  गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मीले समेत केही भेउ नपाउदा रहेछन । नगरसभाले नीतिगत निर्णय त ग¥यो उनले भने त्यो निर्णयहरु कसरी कार्यान्वयन भए या भएका छैनन त्यो मलाई समेत जानकारी छैन । उनले गाउँपालिका अत्यन्तै अपारदर्शी रुपमा चलेको बताए । 


कार्यपालिकाका सदस्य बिकर्माजित प्रसाद कलवारले  गाउँपालिकामा हुने गतिविधिको बारेमा आफूलाई  केही जानकारी नदिइएको बताए । करोडौंको वजेट आएको छ भनेर सुनिन्छ उनले भने  कहाँ कसरी खर्च गरिरहेका छन्, थाहा नै हुँदैनन् ।  गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत कसैले पनि समन्वय नगरेको उनको भनाई छ ।

 

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलनकै आयोजना गरेर धोविनी गाउँपालिकाको १० जना कार्यपालिका सदस्यहरुले गाउँ प्रमुख सुरेश कुर्मी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीको गतिविधिका बारेमा असन्तुष्टि जनाएका छन् । उनीहरुले आर्थिक अनियमितता भएको भन्दै सम्बन्धीत निकायलाई छानवीन गर्न समेत माग गरेका छन । 

 

१३ जना कार्यपालिका सदस्य रहेको गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मीसहित १० सदस्यले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अरुलाई वाइपास गरेर मनोमानी गरिरहेको आरोप लगाए ।

 

गाउँपालिकाले कृषिको  विकासका लागि आर्थिक वर्ष ०७४र७५ मा २ करोड वजेट छ्टेयाएका थियौं । कहाँ कसरी खर्च गर्ने सल्लाह नै नगरी खर्च गरिसकेछन् । बोर्ड बैठकमा छलफल नै गरिएन उपाध्यक्ष कुर्मीले भने अन्य विकासका बजेट खर्च गर्दा पनि कार्यपालिकाको बोर्ड बैठकमा प्रस्तुत गरिएको छैन ।

 

गाउँपालिकामा अनियमितता भएको दावी गर्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति पर्सा र प्रदेश सरकारलाई छानबिनको माग गर्दै उजुरीसमेत दिइसकेको बताएका छन् ।

तर, गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मीले भने गाउँपालिकामा बोर्ड बैठकबाट भएको निर्णय अनुसार नै वजेट खर्च भएको बताएका छन् । परिषद कहिले र कसरी गर्ने भनेर कुरा चल्दै थियो ।

 

एक्कासी उहाँहरुले पत्रकार सम्मेलन गरेको कुरा आयो, उनले भने, पक्ष विपक्षको कुरा हो, खर्च सबै पारदर्शी ढंगले भएको छ, सबै काम जनताकै लागि भएको हो । बिल भर्पाइसमेत सार्वजनिक हुन्छ । गाउँपालिकाले अहिले सम्म आर्थिक वर्ष ०७५÷०७६ को गाउँ सभा भने गर्न सकेको छैन ।

 

केही दिनअघि मात्रै सोही गाउँपालिकाका लेखा प्रमुख र नायब सुब्बा १ लाख १० हजार घुस रकमसहित पक्राउ परेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.