logo

भारतीय स्कर्पीयो गाडीले बोक्न थाल्यो तस्करीको समान, गाडी र समान भंसार चलान

      7/28/2018 गते 00 00 मा प्रकाशित     1383   पटक पढिएको


बीरगंज १३ साउन । 
जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व छलीगरि भित्र्याईएको सामान सहित दुई ब्यक्ति र एउटा भारतीय स्कार्पीयो आवश्यक कारवाहीकोलागि आइतवार बीरगंज भन्सार कार्यालय चलान गरेको छ । 


प्रहरीले भारतीय जेएच.०९.जे.३१११ नम्बरको गाडी सहित बीरगंज महानगर ८ दुर्गाटोलका गौतम चौरसिया र भारत बिहारको भोतीहारीका रामरोशन कुमारलाई नियन्त्रणमा लिएको हो  ।


प्रहरीले बिशेष सूचनाको आधारमा हिजो बेलुका बीरगंज महानगरको वडा नं ८ दुर्गाटोलबाट भारतीय गाडी  नियन्त्रणमा लिएको हो ।गाडीमा तीन लाख मूल्य बराबरको  ४ बोरा सिलप्याक रजनीगन्धा र ४ लाख मूल्य बराबरको मोटरसाइकलका पार्टपूर्जा रहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए  ।


प्रहरीले गाडीबाट  रजनीगन्धाको बट्टा, ८० थान ,रजनिगन्धा सानो पुरिया ६,४८० पिस , रजनीगन्धा ठुलो पुरिया ५,०० पिस ,तुलसी मसला १९० पिस र ।बाबा मसाला ९१६०० – ८० पिस बरामद गरेको जनाएको छ । 


बीरगंज भन्सार कार्यालय भन्दा अगाडि इलाका प्रहरी कार्यालय रहेको छ । भन्सार कटने बित्तिकै पनि प्रहरीको चेक प्वाइन्ट छ । दुर्गा टोल आइपुग्दा सम्म प्रहरीको अरु पनि युनिट पार गर्नु पर्छ ।

 

यतिका युनिटहरुको पकडमा नआएको स्कर्पीयो आफनो गन्तब्यमा पुग्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिन सफलता पाएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.