logo

मधेश आन्दोलनका घाइतेको गुनासो राहत बितरणमा प्रदेश सरकारले बिभेद गर्यो

      7/22/2018 गते 00 00 मा प्रकाशित     916   पटक पढिएको

वीरगन्ज ६ साउन । 
 प्रदेश नम्बर २ को सरकारले राहत बितरणमा बिभेद गरेको भन्दै मधेश आन्दोलनका घाइतेहरुले रोष प्रकट गरेका छन। आइतवार नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर मधेस आन्दोलनका दुई जना घाइते उपेन्द्र यादव र नगीना पासवानले   राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका हुन् । 

सम्बिधान बिरोधी आन्दोलनको क्रममा  २०७२ साल भदौ १५ गते वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली देब्रे खुट्टामा लागेर घाइते भई अपाङग भएका वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका उपेन्द्र यादव र पहिलो मधेस आन्दोलनका क्रममा २०६२ साल माघ २० गते वीरगन्जमै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीको छर्रा टाउकोमा लागेर घाइते भएका वीरगन्ज महानगरपालिका–२३ प्रसौनीका नगीना पासवानले प्रदेश सरकारले गरेको निर्णय अनुसारको राहत नपाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेरै सरकार प्रति रोष प्रकट गरेका हुन ।

 

देब्रे खुट्टामा गोली लागेका यादव अहिले पनि बेशाखीको साहरामा हिडडुल गर्छन ।  टाउको भित्र रहेको गोलीको छर्रा उपचारको अभावमा निकाल्न नसकेका पासवान भने बिरामी परिरहन्छन ।

प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई उनीहरुको अवस्था हेरेर अधिकतम तीन लाख रुपैयाँसम्म राहत दिने निर्णय गरको छ। त्यहीँ निर्णय अनुसार असार पहिलो साता मुख्यमन्त्री लालबाबु राउतले पर्साका दुई जना घाइते मुन्सी पटेल र पन्नालाल यादवलाई जनही तीन÷ तीन लाख रुपैयाँ राहतका रुपमा वितरण गरिसकेका छन्।

 

यसो त यादवलाई राहत स्वरुप  मुख्यमन्त्री राउतले आफनै घरमा बोलाएर एक लाख रुपैया नदिएका भने होइनन तर यादवले त्यो रकम लिन मानेन ।  मैले तीन लाख किन नपाउने भनेर प्रश्न गरे उनले भने “तिमीलाई एक लाख मात्र दिन सकिन्छ भनेपछि मैले एक लाखको चेक फिर्ता गरिदिए” । बेशाखीको भरामा हिडडुल गर्ने यादवले मजदुरी गर्न सक्दैनन । अन्य कुनै सीप छैन  ऋण लिएर बालबच्चा र परिवार पालिरहेको बताए।’

 

उपचारमा १५ लाख रुपैयाँ खर्च भएको र त्यो उपचार खर्च पनि आफूले अहिलेसम्म नपाएको उनले गुनासो गरे । 
पासवानले पनि राहतका नाममा अहिलेसम्म केही नपाएको बताए ।  पहिला मधेस आन्दोलनका क्रमममा टाँउकोमा गोलीको छर्रा लागेर घाइते भएका पासवानले उपचारका अभावमा अहिलेसम्म पनि गोलीको छर्रा आफनो टाँउको भित्रै रहेको बताए।


टाउकोमा गोलीको छर्रा रहेका कारण सधैजसो बिरामी परिरहने पासवानले आफना लालाबालाई नीजी स्कूलबाट निकालेर सरकारी स्कूलमा भर्ना गर्नु परेको सुनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.