logo

सरकारी दमनका बिरुद्ध पर्सामा तरुणको प्रर्दशन

      7/22/2018 गते 00 00 मा प्रकाशित     897   पटक पढिएको

बीरगंज ६ साउन । 
नेपाल तरुण दल पर्साले बीरगंजमा सरकार बिरुद्ध प्रर्दशन तथा कोण सभा गरेको छ । 
शनिवार काठमाण्डौमा डा.गोविन्द के.सीको सर्मथनमा दलले निकालेको जुलुसमा सरकारी दमन भएको भन्दै त्यसको बिरुद्ध प्रर्दशन गरेको हो ।

 

काठमाण्डौमा शनिवार प्रहरीसंगको झडपमा दलका नेता जीतजंग बस्नेत सहित प्रर्दशनकारीहरु घाइते भएका थिए । सरकारी दमनको प्रतिरोधमा दलले देश भरिनै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो । केन्द्रीय नीति अनुरुप दरुण दल पार्सले पन आइतवार प्रर्दशन गरेको हो ।


जिल्ला सचिव बिबेक चौरसियाको नेतृतवमा निस्केको बिरोध जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन भएको थियो । समापन कोण सभामा नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सुधीर पटेल तरुण दलका केन्द्रीय सदस्य नविन सिंह लगायतका नेताहरुले सरकारी दमनको निन्दा गरेका थिए ।

 

कार्यक्रममा तरुण नेताहरु शहरुम राउत गद्धी साविर ऐराज,हुकुम सिंह बिद्यार्थी नेताहरु बिश्वास द्विवेदी,बद्री तिवारी मनोज साह बिकेश पटेल लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रौनियार परिवारद्वारा विपद् उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

कलैया । विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने अभियानमा बारको कलैयाका रौनियार परिवारले उल्लेखनीय योगदान गरेको छ।

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.