logo

दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु

      7/19/2018 गते 00 00 मा प्रकाशित     1154   पटक पढिएको

बीरगंज ३ साउन ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाठामा रहेको दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु भएको छ ।

 

बर्षौदेखि लाग्दै आएको मेला यसपटक स्थानीय प्रशासनले लाग्न नदिने भनेपछि स्थानीय तह, प्रदेशसभा सदस्य तथा संघीय संसदले मेला लाग्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

संघीय संसद हरिनारायण रौनियार लगायत संघीय समाजवादी फोरमबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य र सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप चौरसियाले पत्रकार सम्मेलन नै गरेर चेतावनी दिएका थिए ।

 

त्यस्तै हिजो नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदी र पूर्व सांसद सुरेन्द्र चौधरी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई नै ज्ञापनपत्र बुझाएका थिए । तर, मेलाको विषयमा राष्ट्रिय निकुञ्जसँग भएको छलफलमा मेला लाग्न दिने सहमति भईसकेको अवस्थामा स्थानीय प्रशासनले रोक लगाउन खोजेको भन्दै राजनीतिक दलका नेता, जनप्रतिनिधिहरुले नै जनतामा भ्रम फैलाउने किसिमले राजनीतिकरण गर्न खोजिएको देखिएको छ ।

 

मेला लगाउने सम्बन्धमा यसअघि नेकपाका नेता बालेश्वर थारु विजय महतो, प्रद्युम्न चौहान र सुरेन्द्र चौधरी सहितको सहभागितामा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत हरिभद्र आचार्यसँग गएर छलफल गर्दा मेला स्थलमा फोहोर मैला व्यवास्थापन गर्ने गरि मेला लगाउने सहमति भएको नेकपाका नेता बालेश्वर थारुले जानकारी दिए  ।

 

उनले प्रमुख संरक्षण अधिकृत आचार्यसँगको छलफलमा मेला लाग्ने स्थान वन्यजन्तुको वासस्थान र चरणक्षेत्र भएकोले धेरै भीड नलगाउने तथा सुरक्षित र व्यवस्थित तरिकाले मेलाको व्यावस्थापन गरि लगाउने सहमति भएको बताए  ।

 

उहाँले सञ्चार माध्यमहरुमा आएको जस्तो मेला नै लाग्न नदिने, रोक लगाउने कुरा स्थानीय प्रशासनको तर्फबाट कुनै अवरोध नभएको र मन्त्रालय सम्म समन्वय गरेर मेला व्यवास्थापन गरिने गरि मेला लागाउने विषयमा पर्सा राष्ट्रिय निकुञ्ज सहमत भएको थारुले बताए  ।

 

उनले  मेलाको विषयलाई लिएर राजनीतिक दलहरुले राजनीतिकरण गर्न खोजेको प्रति चिन्ता व्यक्त गरे । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले पनि मेला लाग्ने विषयमा स्थानीय प्रशासनले रोक नलगाएको स्पष्ट पारे । उनले भने भने, “हाम्रो मुख्य सरोकार भनेको शान्ति सुरक्षा हो,  मानवीय र वन्यजन्तु दुवैलाई हानी नहोस भन्ने हो । मेला लाग्न दिने नदिने कुरा निकुञ्जको क्षेत्राधिकारभित्र पर्छ ।” यस विषयमा मैले केही भन्न मिल्दैन, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.