logo

ठेक्का तथा बिकसामा अनियमितता भएको भन्दै कार्यालयमा तालाबन्दी, बिद्यालयमा डाँक बढाबढ

      7/18/2018 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

बीरगंज २ साउन ।
पर्साको कालिकामाई गाउपालिकाको कार्यालयमा बुधवार स्थानीयवासीले तालाबन्दी गरेका छन । कालिकामाई गाउँपालिका वडानम्बर १ मुडली, टिनडोबिया र रबिदासका स्थानीयवासीहरुले बिभिन्न मांग राख्दै बुधवार गाउँपलिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

 

स्थानीयबासीले पोखरीबाट नै सिचाई गर्नु पर्ने, खुल्ला गरेको टेन्डर  बन्द गर, भष्टाचारी बन्द गर, रकम हिनामिना भएकोले सार्वजनिक सुनवाई गर, लक्षित वर्गको रकम पारदर्शी गर, लक्षित वर्गको रकममा कमिसनखोरी बन्द गर जस्ता मांग राख्दै, तालाबन्दी गरेका छन ।

 

गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लाखौ रुपैया भ्रष्टाचारी गरेको आरोप स्थानीयबासीले लगाएका छन । गाउपालिकाका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसिया र प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले प्रत्येक उपभोक्ता  र ठेकेदारबाट ३५ प्रतिशत रकम कमिसन लिएकोले काम गुणस्तरीय नभएको आरोप उनीहरुको  छ ।

 

समाजिक विकासको रकम तथा लक्षित वर्गको रकम धेरै जसो आफनै कर्मचारीबाट  कार्यसम्पादन गरेको कागजात बनाएर भुक्तानी दिएको र केही मात्रमा स्थानीय सामाजिक संघ सस्था र परामर्शदाता कम्पनीसित पहिला कमीशन लिइ पछि मात्र भुक्तानी दिने गरेको स्थानीयले बताए ।  ठेक्कापट्टा तथा उपभोक्ता  समिति बनाउदा आफनै पार्टीको सदस्य मात्रै राखेको खुलासा भएको छ ।  

 

दलितको रकम छुटयाउनु पर्ने, शिक्षा,स्वास्थ्य,कृषिमा लगानी गर्नु पर्ने जस्ता मांग राखेको  मुडली निवासी स्थानीय अम्बिका हजरा दुसादले बताए  । यसै गरी लक्षित वर्गका लागी छुटयाइएको २ करोड रकममा जम्मा ५ वा ६ लाख रकम खर्च भएको सावीक मुडली गाविसका भूतपूर्व उपाध्यक्ष प्रमा पटेलले बताए  ।

 

सिलाई मेसिन १३ थान र कपडा नकिनेका कारण सिलाई सिक्न नसकेको, खेलकुदको रकम ७ लाख ५० हजार रहेको १ दिनमा ५० हजार मात्र खर्च गरे सबै रकम सिद्धाईएको देखाइएको र कृर्षिका लागि ६ लाख छुटयाइएको र बोरिंग खरिद गरी जनप्रतिनिधीहरुले आ अफनो घरमा लगी थन्कायाएको स्थानीय प्रमा पटेलले आरोप लगाउ उनले लाखौ भ्रष्टाचारको छानबिन हुनु पर्ने मांग गर्दै तालाबन्दी गरिएको बताए  ।

 


स्थानीयले जुन पोखरिको ठेक्का लगाउने बिषयमा बिरोध गरेका छन । त्यही पोखरीको ठेक्का भने कालिकामाई गाउँपालिकाको बीरन्चीवर्वामा रहेको एक बिद्यालयमा बसेर लगाउने काम गरिदै छ ।

 

बिद्यालयमा डाँक बढाबढ कोलागि ठेकेदारहरुको सहभागिता भएको र ठेक्का लगाउन थालिएको बिरन्चीवर्वाका वार्डअध्यक्ष पवन तिवारीले बताए । उनले पोखरिबाट सिचाई गर्ने कुरामा सत्यता नरहेको बताउदै मुडली गाविस हुदा पनि पोखरि ठेक्कामा लगाइदै आएको थियो अहिले गाउँपालिकाले लगाउन खोजेको अध्यक्ष तिवारीले बताए । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.