logo

घरघरमा पुगेर सहयोग उपलब्ध गराउदै मुख्यमंत्री राउत

      7/17/2018 गते 00 00 मा प्रकाशित     1068   पटक पढिएको

बीरगंज १ साउन । 
पछिल्लो मधेश आन्दोलनका बेला प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई प्रदेश नं २ को सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

 

मधेश आन्दोलनको क्रममा ०७२ भदौ १४ गते बीरगंजको श्रीपुर क्षेत्रमा भएको प्रर्दशनमा प्रहरीको गोली घाइते भएका सखुवा प्रसौनी गाउँपालिका ५ महुवनका पन्नालाल यादव असोज ३ गते घाइते भएका  बीरगंज महानगरको वडा नं २७ बगहीका मुन्सी पटेललाई प्रदेश सरकारले ३÷३ लाख सहयोग उपलब्ध गराएको हो । 

 


मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनका घाइतेद्वयको घरमै पुगेर तीन लाखको चेक हस्तान्तरण गरेका हुन ।चेक हस्तान्तरण गर्दै मुख्यमंत्री राउतले आन्दोलनका घाइतेकालागि रोजगारको ब्यवस्था गर्ने आश्वासन दिए । आन्दोलनका शहीद र घाइतेहरुलाई सरकारले नर्विसएको भन्दै मुख्यमंत्री राउतले मंत्री परिषदको निर्णय अनुसार नै सहयोग बितरण गरेको बताए  । 

 


यादवलाई मधेस आन्दोलनका क्रममा ०७२ भदौं १४ गते वीरगञ्जको राधेमाईमा घुँडामा गोली लागेको थियो । यादवले आफ्नो उपचारमा ४३ लाख भन्दा बढी खर्च भएको बताए  । घाइते भएदेखि कहिले विएन्डबी त कहिले भारतको एम्स ,एपोलो अस्पतालमा पुगेर उपचार गराउदै आएका यादवको दहिने खुट्टा चल्दैन ।

 

घर बैंकमा धितो राखेर उपचार गराउदै आएका यादवले प्रतिमहिना एक लाख रुपैया उपचारमा खर्च हुने गरेको बताए  । अहिले पनि दैनीक १ हजार रुपैया लगाएर थेरापी हुदै आएको छ ।

 

थेरापी गरेको ३ महिना भयो अझै पाँच महिना गर्नु पर्ने चिकत्सकको राय छ यादवले भने ।  यादवले  सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख र गृह मन्त्रालयबाट ३ लाखजति सहयोग पाएको बताए  । 


आफू काम गर्न नसक्ने अवस्थामा रहेकोले परिवार पाल्न निकै कठिनाइ भइरहेको उनको भनाइ छ  ।


मन्सी पटेललाई मधेस आन्दोलनकै क्रममा मुलुकमा नयाँ संविधान जारी भएको दिन २०७२ असोज ३ गते माईस्थानमा गोली लागेको थियो । गोली लागेर गम्भीर अवस्थामा पुगेका उनलाई सोही दिन हेलिकप्टरमा राखेर काठमाण्डु उपचारका लागि लगिएको थियो ।

 


भारत र नेपालका अस्पतालमा निरन्तर उपचार गराईरहेका पटेलको उपचारमा पनि लाखौं खर्च भएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो ।थारुले पटेलको उपचारकालागि अभियान नै चलाएका थिए  । पटेलको पनि कम्मर भन्दा मुनिको शररिरका अंङ्गहरु चल्दैनन । 

 


आर्थिक अवस्था कमजोर रहेका कारण मुन्सीको उपचारका लागि सामाजिक अभियन्ताहरुले पटक÷पटक रकम संकलन गरेर सहयोगसमेत गर्दै आएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रौनियार परिवारद्वारा विपद् उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

कलैया । विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने अभियानमा बारको कलैयाका रौनियार परिवारले उल्लेखनीय योगदान गरेको छ।

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.