logo

सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत

      7/4/2018 गते 00 00 मा प्रकाशित     1718   पटक पढिएको

बीरगंज २० असार । 
मरिच काण्डाका नाइके सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत भएका छन् । देखाउने दांतका रुपमा सिमेन्ट उद्योगी पनि रहेका पटवारीको मुख्य धन्दा भने सुपारी र कालो मरिचको तस्करी गर्नु रहेको खुलासा भएको छ ।

गत जेठ २१ गते बीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मेट्रिक टन मरिच उनैको भएको रहस्य खुलेपछि उनी मोबाइल स्वीचअफ गरी फरार भएका हुन् । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लान लागिएको उक्त परिमाणको कालो मरिच बीरगंजको कै भन्सार नाका इनरुवाबाट पक्राउ गरेको थियो । 

प्रहरीले मरिच तस्करी गरेको अभियोगमा ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज प्रा.लि.का सञ्चालक संजय अग्रवालसहित भन्सार एजेण्ट दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई रङेहात पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्दा यो तस्करीका मुख्य अभियुक्त अनिल पटवारी  नै रहेको पुष्टि भएपछि उनी भूमिगत भएका हुन् ।

संघीय समाजवादी फोरमका मुख्य चन्दादाता पनि रहेका पटवारी यतिबेला काठमाडौंमै फोरमकै एक सासंदको संरक्षणमा बसेका छन । उनलाई राजस्व अनुसन्धान विभागले तीव्र खोजी गरिरहेको छ । भन्सार नाकामै उक्त मरिच पक्राउ परेपछि विभागले प्रहरीको सहयोगमा उनको घर तथा गोदाममा छापा मारी सबै कागजातहरु नियन्त्रणमा लिएको छ । 

श्री सिमेन्टस उद्योगले कलश ब्रान्डका ओपिसी र कलश गोल्ड पिपिसीको उत्पादन गर्दै आएको छ । हालसालै मात्र एनएस चिन्ह प्राप्त गरेको यो सिमेन्टस उद्योगद्धारा उत्पादित सिमेन्टस गुणस्तहीन र कमसल रहेको भन्दै विवादमा पर्दै आएको छ ।
यो सिमेन्टले चर्चित क्रिकेटर पारश खड्कालाई ब्रान्ड ऐम्बासाडर तोकेको छ ।

जेलमा रहेका संजय अग्रवाल पटवारीका आफ्नै काकाका छोरा हुन । सोझा–सिधा संजयको नाममा कम्पनी खडा गरेर विगत लामो समयदेखि सुपारी र मरिचको तस्करी गर्दै आएका पटवारीले १२ बर्षकै अवधिमै १० अरब भन्दा बढी सम्पत्ती आर्जन गर्न सफल भएको चर्चाले यतिबेला बीरगंज तातेको छ । आफनै भाई थुनामा रहेपनि भाइलाई छुटाउन पटवारीले कुनै भूमिका खेलेनन । संजयका साथीहरुको सहयोगमा उनी बुधवार ३ करोठ ७६ लाख  धरौटी रकम बुझाएर थुनामुक्त भएका छन । 

करिव २ बर्ष अगाडि उनले छाला पठाउने नाममा भारतको कानपुर शहरमा अवैधरुपमा २ ट्रक सुपारी पठाउँदा सो अवैध सुपारी भारतीय प्रहरीले पक्राउ गरी जफत गरेको थियो । भारतीय सरकारले ठूलो रकम जरिवाना गरेको उक्त मुद्धा हाल पनि चलिरहेको समाचार स्रोतले बताएको छ ।

देखावटी रुपमा सिमेन्टस उद्योगी र व्यापारी रहेतापनि उनको वास्तविक धन्दा भने सुपारी र मरिचको अवैध तस्करी गर्नु रहेको बीरगंजका व्यवसायीहरु बताउछन् ।


वीरगंज भन्सारबाटै सेटिङ मिलाएर तस्करी धन्दा चलाउने भन्सार अधिकृत उद्धव ढुङ्गानामाथि यतिबेला मन्त्रालयको निर्देशनमा छानविन भैरहेको छ । मरिच पास गराउने भन्सार अधिकृत उनै ढुङगाना हुन् । तर ढुङगाना अनुसन्धानको दायरमा पनि नआएको र उनले उन्मुक्ति पाएको भन्दै बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले सार्वजनिक मन्चहरुमै प्रश्न उठाउदै आएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.