logo

पोखरियामा दुई दिने पत्रकारिता तालिम शुरु ,संचार क्षेत्रबाट नागरिकले धेरै आश गरेको नगरप्रमुखको भनाई 

      6/27/2018 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको


पोरिया १३ असार । 
पोखरिया नगरपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा पर्साको ग्रामिण भेगको पत्रकारहरुको लागि संचालित पत्रकारिता सम्बन्धि २ दिने तालिम आज देखि पोखरियामा सुरु भएको छ ।\


तालिममा ग्रामीण क्षेत्रका पत्रकारहरुको सहभागिता रहेको छ  । तलिमको उद्धघाटन पोखरिया नगरपालिकाका प्रमुख दीप नारायण रौनीयारले गरेका थिए । तालिमको उद्धघाटन गर्दै उनले किसानका समस्या स्थानीय तहको बिकास र बिकासमा जनताको हसभागिताको पक्षमा संचार क्षेत्रलाई काम गर्न आग्रह गरेका थिए ।

 

उनले नेपालको राजनीतिक परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संचार क्षेत्रबाट ग्रामीण क्षेत्रका नागरिकले पनि धेरै आश गरेको बताए ।


कार्यक्रममा पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुनले  संचारमैत्री नगरपालिकाको रुपमा पोखरियालाई बिकास गर्ने बताईन ।

 

पत्रकारिताबाट राजनीतिक जीवनमा प्रवेश गरेकी उमपेयरले पत्रकारिता र पत्रकारको अवस्था बुझेका हुनाले पनि संचार क्षेत्रले समेत पोखरिया नगरपालिका संचारमैत्री हुने अपेक्षा गरेका छन ।

 

उपमेर खातुनले संचार क्षेत्रको बिकास र प्रवद्र्धनकालागि नगरपालिकाको नीति तथा कार्यक्रममा केही न केही समेटिने प्रतिवद्धता समेत जनाएकी छिन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने पर्सा अध्यक्ष श्याम बन्जारा पोखरिया इलाका प्रहरी कार्यालयका प्रनी सुवास बुढाथोकी  संघीय प्रस फोरमका पर्सा अध्यक्ष आर.के पटेल  र प्रेस चौतारी नेपाल पर्साका सचिव संजीव मिश्रले तालिमको सफलताको शुभकामना दिदै मन्तब्यल ब्यक्त गरेका थिए । 


ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शम्भु कुमार सुमन र स्वागत भाषण पत्रकार लालबाबु बानियाले गरेका थिए ।


दुई दिन सम्मको तालिममा नेपाल पत्रकार महासंघका प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने र पत्रकार आर.के.पटेलले प्रशिक्षण दिने शम्भु कुमार सुमनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.