logo

पोखरियामा दुई दिने पत्रकारिता तालिम शुरु ,संचार क्षेत्रबाट नागरिकले धेरै आश गरेको नगरप्रमुखको भनाई 

      6/27/2018 गते 00 00 मा प्रकाशित     1251   पटक पढिएको


पोरिया १३ असार । 
पोखरिया नगरपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा पर्साको ग्रामिण भेगको पत्रकारहरुको लागि संचालित पत्रकारिता सम्बन्धि २ दिने तालिम आज देखि पोखरियामा सुरु भएको छ ।\


तालिममा ग्रामीण क्षेत्रका पत्रकारहरुको सहभागिता रहेको छ  । तलिमको उद्धघाटन पोखरिया नगरपालिकाका प्रमुख दीप नारायण रौनीयारले गरेका थिए । तालिमको उद्धघाटन गर्दै उनले किसानका समस्या स्थानीय तहको बिकास र बिकासमा जनताको हसभागिताको पक्षमा संचार क्षेत्रलाई काम गर्न आग्रह गरेका थिए ।

 

उनले नेपालको राजनीतिक परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संचार क्षेत्रबाट ग्रामीण क्षेत्रका नागरिकले पनि धेरै आश गरेको बताए ।


कार्यक्रममा पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुनले  संचारमैत्री नगरपालिकाको रुपमा पोखरियालाई बिकास गर्ने बताईन ।

 

पत्रकारिताबाट राजनीतिक जीवनमा प्रवेश गरेकी उमपेयरले पत्रकारिता र पत्रकारको अवस्था बुझेका हुनाले पनि संचार क्षेत्रले समेत पोखरिया नगरपालिका संचारमैत्री हुने अपेक्षा गरेका छन ।

 

उपमेर खातुनले संचार क्षेत्रको बिकास र प्रवद्र्धनकालागि नगरपालिकाको नीति तथा कार्यक्रममा केही न केही समेटिने प्रतिवद्धता समेत जनाएकी छिन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने पर्सा अध्यक्ष श्याम बन्जारा पोखरिया इलाका प्रहरी कार्यालयका प्रनी सुवास बुढाथोकी  संघीय प्रस फोरमका पर्सा अध्यक्ष आर.के पटेल  र प्रेस चौतारी नेपाल पर्साका सचिव संजीव मिश्रले तालिमको सफलताको शुभकामना दिदै मन्तब्यल ब्यक्त गरेका थिए । 


ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शम्भु कुमार सुमन र स्वागत भाषण पत्रकार लालबाबु बानियाले गरेका थिए ।


दुई दिन सम्मको तालिममा नेपाल पत्रकार महासंघका प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने र पत्रकार आर.के.पटेलले प्रशिक्षण दिने शम्भु कुमार सुमनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.