logo

जनतालाई आर्थिक उत्पादनसंग जोडदै जिल्लाकै नमुना वडा बनाउने छौ -अध्यक्ष गैरे

      6/26/2018 गते 00 00 मा प्रकाशित     1025   पटक पढिएको

रंगपुर १२ असार ।
पटेर्वा सुगौली गाउपालिकाको वडा नं २ मा मंगलवार वडा स्तरीय योजना संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष बिजय गैरे आर्थिक वर्ष ०७५/०७६का लागि ८० लाखको बजेट सीमा रहेको जानकारी दिएका थिए ।

 

उनले यसपटक सामुदायिक रेडियोको संचालन , बिदालयमा शिक्षकको ब्यवस्था, सडक लगायतका पूर्वाधारमा काम गर्ने योजना रहेको बताएका थिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले सहकारीका माध्यमले अर्गानीक तरकारीको उत्पादन र बिक्री बितरणकोलागि सहकारीको स्थापना त्यसको माध्ययमले कोल्डस्टोरेजको स्थापनालाई ध्यान दिइनु पर्ने बताए ।

 

गादीमा रहेको भूमरीमाई लाई बुलबुले तालको रुपमा बिकास गर्नकालागि योजना बनाउन उनले गाउपालिका नेतृतवलाई आग्रह गरे । पर्यटकहरुकोलागि आकर्षणको केन्द्रको रुपमा गादीलाई बिकास गर्नकालागि उपाध्यक्ष लामिछानेले होमस्टे संचालन गर्न धार्मिक बनको बिकास र त्याहा बनभोज स्थल र अन्य मनोरन्जनको ब्यवस्था गर्ने कुरालाई योजनामा सामेल गर्न आग्रह गरे ।

 


वडाध्यक्ष गैरे प्रतिउत्र मन्तब्य दिदै यही आर्थिक वर्षमा गादीमा तीनवटा होमस्टे संचालनमा ल्याउने प्रतिवद्धता ब्यक्त गरे ।


कार्यक्रमा गादीका नागरिकको उल्लेख्य सहभागिता रहको थियो । गादीका नागरिकलाई उत्पादनसंग जोडेर उनीहरुको क्रयशक्ति बढाउने गरि योजना बनाउन वडाकार्यालय क्रियाशिल रहेको वडाध्यक्ष गैरे ले बताए । पटेर्वा सुगौलीको वडा नं २ गादीलाई जिल्ला कै नमुना वडा बनाउने गरि आफूहरु अगाडि बढेको उनले बताए ।

 


कार्यक्रममा गाउँपलिकाका उपप्रमुख ममता महतोले गादीको योजना संकलन र त्यसमा नागरिकको सहभागिता गादीले प्रस्तुत गर्ने योजना गाउँपालिकामै अत्यन्तै उतकृष्ट रहेको बताइन । उनले गादीको योजनाले समग्र गाउँपालिकालाई नेतृत्व गर्ने बताइन ।

 


कार्यक्रममा नेकपाका नेता रामकुमार नेपाल नवसाद अन्सारी आधारभूत बिदालय बेल्वाका प्रधानाध्यापक महेन्द्र चौधरी ,कुमार बस्नेत लगायतले आफना योजनाहरुका बारेमा बिचार राखेका थिए । 


वडा सचिव देवीचरण न्यौपानेले संचालन गरेको कार्यक्रममा गादी भित्र रहेका सबै बिद्यालयका प्रधानाध्यापकहरु वडाका सबै वडाका पूर्व जनप्रतिनिधिहरु र अहिलेको निर्वाचित प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.