logo

मुख्य नाकाबाटै हुन्छ तस्करी सशस्त्र प्रहरीका बरिष्ठलाई उन्मुक्ति, कनिष्टलाई कारवाही

      6/25/2018 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

वीरगन्ज, ११ असार । नेपालको प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज भन्सार नाका राजस्व संकलनमा नाम मात्रै कमाउदैन तस्करीमा बदनाम पनि हुने गरेको छ । भन्सार राजस्व चुहावट नियन्त्रणका लागि खटाईएको सशस्त्र प्रहरीको टोलीको निगरानीमा खास प्रभाव देखिएको छैन ।

 

भन्सार राजस्व चुहावट नियन्त्रणमा फितलो देखिएको प्रमाण मरिच तस्करीको घटनाले पुष्टि गरेको छ । निर्यातमा भन्सार महशुल नलाग्ने भएपनि कस्ता किसिमका वस्तुहरु निर्यात हुदैछ भन्ने भन्सारमा खटिने भन्सार कर्मचारी र सुरक्षा निकायले चेकजाँच गर्नु पर्नेमा त्यसो नगरिकोले यसमा केही मिलेमतो भएको आशंका छ । निर्यात सहजाताकै करणले नेपालका कवाडी वस्तुहरु पनि मुख्य नाकाबाट तस्करी हुने गरेको छ ।

 

नेपालबाट कवाडी वस्तुहरु भारत लैजाने र भारतबाट ताजा मालवस्तु उत्पादन गरि पुनः नेपाल ल्याएर महंगोमा विक्री गर्ने गरिन्छ । मरिच तस्करीको घटनाले आयातमा पनि तस्करी हुने आशंका गरिएको छ । मरिच तस्करीमा ग्लोबल लेदरको नाममा छाला भनेर प्रज्ञापनपत्रमा उल्लेख गरि नाका कटाउने दुस्साहस गरेका तस्कर र आँखा चिम्लिएर हस्ताक्षर गर्ने भन्सार कर्मचारीहरुले यति सहजै सामान जान दिनुको पनि निकै रहस्यमय नै छ ।

 

मरिच तस्करी प्रकरणमा भन्सार पास गराउने एजेण्टलाई कारवाही गर्नु तर, प्रज्ञापनपत्रमा हस्ताक्षर गर्ने भन्सार अधिकृत पुष्कर उप्रेतीलाई भने अहिले सम्म कुनै कारवाही गरिएको छैन । सामान निर्यात गर्ने बेलामा गेटमा देखाउने इक्जिट नोट पनि जारी गरेर गएको मरिचमा तस्करी भनेर कारवाही गर्ने भए कागजमा हस्ताक्षर गर्ने व्यक्ति दोषी हुन्छ कि हुदैन भन्ने प्रश्न गम्भीर रुपमा देखा परेको छ ।

 

भन्सारबाट सामान तस्करीको लागि भन्सार साना साना पोके तस्करीको सामान पक्राउ गर्ने गरेको भएपनि प्रहरीले ठूला तस्करहरुलाई भने लाईन खुलाउने गरेको छ । लाईन खुलाउनका लागि तस्करहरुसँग सुरक्षा निकायका उच्च अधिकारीहरुको रक्सौलमा बैठक हुने गरेको स्रोतले जनाएको छ ।

 

नेपालबाट सशस्त्र प्रहरीका उच्च अधिकारीहरु सादा पोशाकमा रक्सौल जाने र त्यहाँको होटलमा तस्करहरुसँग बसेर सेटिङ मिलाउने गरेको नाम नछाप्ने शर्तमा एक तस्करले बताए । राजस्व चुहावट नियन्त्रणका लागि वीरगन्ज भन्सारमा तैनाथ रहेका सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रण नगरेर उल्टै तस्करीका लागि लाईन खोलाउन सशस्त्र प्रहरी जवानहरुको हेरफेर गर्ने तर मुख्य जिम्मेवार अधिकारीलाई भने यथास्थानमा राखेको बुझिएको छ ।

 

सशस्त्र प्रहरी निरीक्षक हुँदा पनि वीरगन्ज भन्सार कार्यालयाम कार्यरत रहिसकेका सशस्त्र प्रहरी नायव उपरीक्षक रुम कार्की अहिले सशस्त्र प्रहरी बलको वीरगन्ज भन्सार कार्यालयमा राजस्व चुहावट नियन्त्रण टोलीको कमाण्ड सम्हालेर बसेका छन् । तर मरिच काण्डा हुदा भने उनी छुट्टीमा थिए ।

 

 त्यतीबेलाको कमाण्ड भने प्रहरी निरिक्षक पदम भट्टले सम्हालेका थिए । उनकै कमाण्डमा खटिएको प्रहरी जवानहरुलाई मरिच काण्डमा पनि कारवाही गरेको जस्तो देखाएर आपूm चोखिन खोजेको स्रोतको भनाई छ । सशस्त्र प्रहरी नयव उपरिक्षक कार्कीले भने भन्सार अधिकृतले हस्ताक्षर गरि सके पछि खोलेर चेक जाँच गर्न नमिल्ने कार्यविधि रहेको बताए ।

 

उनले अधिकृतको हस्ताक्षर भएपछि भौतीक परिक्षण गर्न नमिल्ने बताए । उनले कारवाहीमा तानिएका प्रहरी कर्मचारीहरुको बारेमा छानवीन भइरहेको बताए ।  आयातमा पनि तस्करी हुने गरेको आशंकालाई भन्सार कार्यालयमा संकलन भएको राजस्वले पनि थप पुष्टि गरेको छ । भन्सार कार्यालयको स्रोत अनुसार चालू आर्थिक बर्षको अन्तिम समय सम्म वीरगन्ज भन्सार कार्यालयबाट राजस्व संकलन लक्ष्य पूरा नहुने संकेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.