logo

 बीरगंजमा हत्या,सुरक्षा चिन्ता बढ्यो

      6/25/2018 गते 00 00 मा प्रकाशित     1493   पटक पढिएको

ईसीमाना सम्वाददाता

वीरगन्ज, ११ असार । सोमबार बिहानै वीरगन्जको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला फेला परेको छ ।

घण्टाघरको पूर्वतर्फ टाँगा पार्किङ गर्ने स्थानबाट करिब एकसय मिटरको दूरीमा रहेको गल्लीमा कुटपिट गरि हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो । शव क्षत विक्षत अवस्थामा शव  वीरगन्ज गहवा वडा नम्बर ८ मा बस्ने पशुपति वैण्डका संचालक अन्दाजी ५० बर्षीय भिखारी रामको हो ।

 

उनको आफ्नै छोराले शव पहिचान गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सेतो शर्ट, पाईण्ट र रातो कलरको गाम्छा सहित टाउको क्षतविक्षत अवस्थामा फेला परेका भिखारीको हत्या भएको अनुमान छ । प्रहरीले घटनास्थलमा पुगेर घटनाको बारेमा आवश्यक अनुसन्धान गरेको जनाएको छ ।

 

शव भेटिएको स्थान अगाडि रहेको राजकिशोर गुप्ताको घरमा सिसिटिभी क्यामेरा समेत रहेको र उक्त सिसिटिभी क्यामेरा चालू हालत भए घटनाको अनुसन्धानमा सहजता हुने प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि थप जानकारी आउने प्रहरीको भनाई छ ।

 

वीरगन्जको अत्यन्त व्यस्त चोक र २४ घण्टा सुरक्षा निगरानीमा रहने स्थानमा हत्या हुनुले वीरगन्जमा सुरक्षा चिन्ता बढेको छ ।  
वीरगन्ज महानगरपालिकाले महानगरलाई सुरक्षित राख्न सीसीटिभी क्यामेरा जडानका लागि वीरगन्ज उद्योग वाणिज्य संघलाई दिएको १५ लाख रुपैंयाले भने भिखारीको जीवन रक्षा गर्न सहयोग पुगेन ।

 

 सुरक्षा निगरानीकै लागि दिईएको १५ लाख रकमले भिखारी जस्ता सामान्य नागरिकको पनि जीवन रक्षा हुनुपथ्र्यो । तर, त्यो रकम भिखारी जस्ता सामान्य नागरिकलाई होईन ठूला उद्योगी र व्यापारीहरुको लागि मात्रै सरोकार राखेको देखिएको भिखारी हत्याकाण्डले देखाएको छ । । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.