logo

वीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्ब

      6/24/2018 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

वीरगन्ज, १० असार । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै पाँच अर्बको बजेट प्रस्तुत गरेको छ । आईतबार बीरगंजमा आयोजना भएको  दोश्रो नगरसभामा आर्थिक बर्ष २०७५/०७६ का लागि चार अर्ब ९४ करोड ३१ लाख ७७ हजार रुपैंयाको बजेट प्रस्तुत भएको हो  ।

     नगर सभामा वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तावित बजेट मध्य नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सकारबाट सशर्त अनुदान ३ करोड, केन्द्र सरकारका कार्यक्रमसँग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार, वैदेशिक श्रोततर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि २ अर्ब, ६१ करोड, ८२ लाख ९५ हजार, नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड २७ लाख ३५ हजार उपलब्ध हुने जनाइएको छ  ।

      त्यस्तै महानगरपालिकाले आफ्नै प्राथामिकतामा विनियोजन गर्न सक्ने रकमतर्फ नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९९ हजार, राजस्व बाँडफाँडबाट २२ करोड १८ लाख २० हजार, आन्तरिक आयकर, सेवा शुल्क र दस्तुबाट ५९ करोड ५३ लाख ६० हजार रुपैंया आय हुने अनुमान गरिएको छ ।

      चालू खर्चतर्फ १ अर्ब ४४ करोड ७९ लाख नौ हजार विनियोजन गरिएको छ । त्यस्तै पूँजिगत खर्चतर्फ ३ अर्ब, ५१ करोड, ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थामा १ करोड ५८ लाख ८३ हजार गरि कूल चार अर्ब ९७ करोड ८१ लाख ७७ हजार विनियोजन गरेको छ । यो कूल बजेटको चालू तर्फ २९.१ प्रतिशत, पूँजीगततर्फ ७०.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ०.३ प्रतिशत रहेको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

     विनियोजित बजेटको क्षेत्रगत रुपमा पूर्वाधार विकासक्षेत्र तर्फ ३ अर्ब ३६ करोड ६० लाख ८५ हजार, वातावरण तथा विपद व्यवास्थापनक्षेत्रमा १ करोड ९१ लाख ५० हजार, सामाजि विकासतर्फ ८५ करोड ५५ लाख २३ हजार, कृषि पर्यटन समे आर्थिक विकासतर्फ २ करोड २० लाख ६७ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड र अन्यमा ५१ करोड ५३ लाख ५२ हजार बजेट विनियोजन गरेको छ ।

    

महानगरको नीति तथा कार्यक्रम

     वीरगन्ज महानगरले आर्थिक विकासको नीति, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन नीति संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका पाँचबुँदे नीति उल्लेख गरेको छ ।   

     “समृद्ध बीरगंज आफनै बलबुतामा” भन्ने नाराका साथ सभ्य र समृद्ध वीरगन्ज महानगरको  दीर्घकालिन योजनाहरु बनाएको छ । बीरगंजमा रहेको ठाकुराम बहुमुखी क्याम्पसलाई आधार क्याम्पस मानेर वीरगन्ज विश्व विद्यालय संचालन गर्न प्रदेश र संघीय सरकार तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय बढाउने, कृषि औजार कारखानालाई कृषिमा आधारति इञ्जिनियरिङ कलेज बनाउन सम्भाव्यता अध्ययन अगाडि बढाउने नीति लिएको छ ।

          भोडाहा नदी, सिंघा खोला किनारको भू–भागमा रहेको ऐलानी, पर्ति जग्गा खोजविन गरि उक्त जग्गामा विभिन्न किसिमका वाटर फन पार्क, मनोरञ्जनात्मक हाटेल, पार्कको व्यवस्था गर्न निजीक्षेत्रसँग निर्माण स्वामित्व संचालन र हस्तान्तरण (द्यइइत्) प्रणालीमा संचालन गर्ने र यसले स्थानीयवासीको आर्थिक स्थितिमा पनि सुधार ल्याउने अपेक्षा गरेको छ । यातायात गुरुयोजना, वीरगन्जमा चक्रपथ निर्माण पूरानो बसपार्कमा व्यापारिक भवन, लगायतका योजनाहरु राखेको छ । त्यसैगरी विदेशबाट आयात गरिएका सिमेण्टको लागि चाहिने कच्चा पदार्थ क्लिंकर तथा धूलो कार्गोको लागि रेल्वे यार्डको स्थापना गर्न सम्बन्धित पक्षसँग सहकार्य गरिने जनाएको छ ।

     

नगरसभा सदस्यहरुको बिरोध

वीरगन्ज महानगरपालिकाको दोश्रो नगरसभा शुरुहुनुभन्दा अघि नगरपालिकाका विभिन्न वडाका वडा सदस्यहरुले विभिन्न १२ बुँदे माग राख्दै विरोध पनि जनाएका छन् । उनीहरुले आफूहरुको तलव प्रति महिना १० हजार र १० वटा बैठक अनिर्वाय हुनु पर्ने माग राखेका छन । वडाको  विकासको काममा आएको रकमको ४० प्रतिशत वडा अध्यक्ष र ६० प्रतिशत वडा सदस्यहरुले पाउनुपर्ने, भ्रमण खर्च, औषधि उपचार खर्च, वीमा अवधीभर, मोटरसाईकल लगायतका सेवा सुविधा दिनुपर्ने भन्दै वडा सदस्यहरुले नगरसभामा अनुपस्थित भएका थिए । वडाको बजेट वडाबाटै खर्च गर्न पाउनुपर्ने, पेट्रोल १० लिटर पाउनु पर्ने लगायतका माग राखेर नगर सभाको उदघाटन सत्रमा अनुपस्थित भएका हुन् ।नगरसभाका सदस्यहरुको अवरोध कारण नगरसभाको बन्द सत्र भने स्थगीत भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.