logo

आठ बूदे प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघको प्रदेश बिस्तारित बैठक सम्पन्न

      6/23/2018 गते 00 00 मा प्रकाशित     1085   पटक पढिएको

वीरगंज ९ असार  । नेपाल पत्रकार महासंघ प्रदेश नं २ को बिस्तारित बैठक आठ बूदे निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले प्रदेश सरकारलाई मिडिया मैत्री बजेट बनाउन माग गरेको छ ।

 

सरकारले प्रस्तुत गरेको बजेट  बक्तब्यमा  मिडिया बिकासकोलागि कुनै शिर्षक नपरेकोले महासंघले यस्तो माग गरेको हो । महासंघले श्रमजीवी पत्रकारलाई राज्यले तोकेको न्यूनतम पारिश्रमीक र नियुक्ति पत्र उपलब्ध गराउन सम्बन्धी सबैमा आग्रह गरेको छ ।

 

बैठकले पछिल्लो समयमा प्रदेश नं २ मा पत्रकारहरुमाथि ज्यादतीका घटनाहरुको बढेको भन्दै गम्भिर चिन्ता ब्यक्त गर्दै सरकारलाई संचारकर्मीको सुरक्षाको ब्यवस्था मजवुत बनाउन माग गरेको छ ।

 

बैठकले संगठनको कामलाई ब्यवस्थित गर्नकालागि अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा सात सदस्यीय सचिवालय,उपाध्यक्ष के.सी.लामिछाको संयोजकत्वमा सात सदस्यीय अनुशासन समिति उपाध्यक्ष रिन्कु मिश्रको संयोकत्वमा ३ सदस्यीय महिला बिभाग तथा महासचिव किरण कर्णको संयोजकत्वमा संगठन बिभाग निर्माण गरेको महासचिव किरण कर्णले बताएकाछन ।


बैठकले बिस्तारित बैठकमा सहभागि भई मन्तब्य ब्यक्त गर्ने मुख्यमंत्री,संघीस ससदका सदस्य,प्रदेश सभाका सदस्य राजनीतिक दलका नेतागण, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्य आठ जिल्लाका अध्यक्ष तथा न्यानो आतिथ्यताकोलागि पर्सा शाखालाई धन्यवाद तथा अभार प्रकट गरेको छ । 


बैठकमा पत्रकारिताको बिकासका बिकासमा जिल्ला अध्यक्ष तथा प्रदेश समितिका पदाधिकारी सदस्यहरु तथा केन्द्रीय सदस्यहरुले आफना भनाईहरु राखेका थिए । 


यस अधि बीरगंजको नगरसभागृहमा भएको बिसतारित बैठक उद्घाटन समारोहमा प्रदेश न। २ का मुख्य मन्त्री लालबावु राउत गदीले प्रदेश न .२ को सरकार मिडिया फ्रेण्डली वन्ने वताएका थिए । प्रदेश .२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले प्रदेश २ मा ५० प्रतिशत महिला प्रहरीको व्यवस्था गर्न प्रदेश प्रहरी ऐन ल्याउने तयारी भइरहेको बताएका छन्।

 संघीय सरकार मातहत २०१२ को प्रहरी ऐन प्रभावकारी भए पनि प्रदेशमा भने छुट्टै ऐन ल्याउने तयारी भइरहेको बताएका हुन्।

 

केन्द्र सरकारले अझै कर्मचारी र प्रदेश प्रहरी ऐन जस्ता प्रदेश सरकार मातहत हुने अधिकारलाई दिन आनाकानी गरिरहेको भन्दै प्रदेश सरकार अब पाँच बर्षसम्म कुरेर बसिरहन नसक्ने भन्दै प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन प्रदेश प्रहरी ऐन, लोक सेवा आयोग जस्ता प्रदेशलाई महत्त्वपूण आवश्यकीय ऐनहरू ल्याउन प्रदेश सरकारले तयारी गरिरहेको बताए।

संघीय सरकार जस्तो पत्रकारको हकमा प्रदेश सरकार निरंकुश नभई मिडियामैत्री हुने मुख्य मन्त्री गद्दीको तर्क छ। नेपालको राजनीति परिवर्तनको इतिहासमा संचारक्षेत्रले खेलेको भूमिकालाई उच्च प्राथमिकता दिँदै आफू मुख्यमन्त्री रहुन्जेल यो प्रदेशको मिडिया क्षेत्रमा कतैबाट आँच आउन नदिने उनले दावी गरे। प्रदेश सरकारले चाँडै प्रदेश पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गर्ने बताएका छन्।

उनले एक फरक प्रशंगमा संघीय सरकारले नेपालमा संघीयता फेल गराउने अभिप्रयायले अधिकार प्रत्यायोजन गर्न हिच्किचाई रहेको आरोप लगाए।

 

संघीय सरकारको अहिलेसम्मको नीति असफल छ मुख्यमन्त्री गद्दीले तर्क गरे। कार्यक्रममा संघीस संसदका सासद हरिनारायण रौनीयार ,प्रदेश सभाका सदस्य एवं बीउवासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नेकपाका प्रभू हजरा ,नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी, राजपाका रम्भा मिश्र नेपाल पत्रकार महासंघका अवधेश झा ,बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की लगायतले मन्तब्य गरेका थिए ।

 

प्रदेश .२ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा भएको प्रदेश स्तरीय विस्तारित बैठको उद्घाटन  सत्रमा बोल्दै पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, प्रदेश .२ का उपाध्यक्ष के.सी. लामिछाने, महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारालगायत पत्रकारले प्रदेश सरकारले पारित गरेको नीति तथा कार्यक्रममा पत्रकारको हितको लागि खासै नीति नआएको दावी गरेका छन्।

 

केन्द्रका उपाध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास गर्दा पूर्वराजाको इतिहासमा भएको हालतलाई नजरअन्दाज नगर्ने संघीय सरकार र प्रदेश सरकारहरुले स्मरण गर्नुपर्ने तर्क गरेका थिए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.