logo

जंगली जनावरको आतँक रोक्न सोलार फेन्स प्रभावकारी देखिँदै

      6/16/2018 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

प्रेम लामा

जेष्ठ, २ ठोरी ।

ठोरी गाउँपालिकाको पूर्व तर्फका दुई वडा र जिराभवानी गाउँपालिकाको उत्तर पश्चिम तर्फको केही क्षेत्रलाई लक्षित गरी लगाइएको विद्युतीय तारबार(सोलार फेन्स) प्रभावकारी देखिएको छ ।

 

पर्सा राष्ट्रिय निकुञ्जबाट मानववस्ती पस्ने जंगली जनावरको आतँक रोक्नका लागि लगाइएको विद्युतीय तारवार प्रभावकारी देखिँदै गएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । जंगली जनावरबाट सर्वसाधरणले धेरै सास्ती भोग्नु परेको भन्दै अध्यक्ष श्रेष्ठले निकुञ्जको आर्थिक सहयोगमा लगाइएको विद्युतीय तारवार पछि यस क्षेत्रका किसानहरुले केही राहतको महशुस गरेको बताए ।

 

विद्युतीय तारवार गरिएपछि जंगली जनावरहरु मानववस्ती छिर्ने क्रममा कमी आउन थालेको स्थानीय धनबहादुर तामाङ पनि बताउँछन् । विद्युतीय तारवारसँगै बँदेल, चित्तल, घोडगदाहा लगायतका अन्य स–साना वन्यजन्तु मानववस्ती प्रवेशमा कमी आएको उनले बताए । जंगली जनावरले खेतवारीमा लगाएको अन्नपात खाइदिनुका साथै माडेर दुःख दिने गरेको तितो अनुभव सुनाउँदै तामाङले भने, “पछिल्लो समय तारवारले जंगली जनावर मानववस्ती प्रवेशमा कमी आएको छ ।

 

मानववस्ती छिर्ने क्रममा विद्युतको झट्का लाग्दा जंगली जनावरहरु तर्सेर पुनः जंगलतर्फ नै भाग्ने गरेको छ । यो वर्ष भने खेतवारीमा लगाइएको चैते धान र मकैवाली भित्र्याउन पाइन्छ कि भन्ने आशामा छौँ ।” विद्युतीय तारवारले हात्तीको आतँक रोक्न सक्ने /नसक्नेबारे भने सर्वसाधरण अझै ढुक्क हुन सकेका छैनन् । पछिल्लो समय वस्तीसंग सीमाना जोडिएको निकुञ्ज क्षेत्रमा हात्ती नदेखिएकाले हात्तीका लागि तारवारको प्रभावकारीताबारे केही भन्न नसकिने स्थानीयको चिन्ता रहेको छ ।

 

विद्युतीय तारवार गरिएको क्षेत्र हात्ती प्रभावित क्षेत्र हो । मानववस्ती पस्ने हात्तीको आतँक रोक्न नसकेपनि अन्य साना जंगली जनावरको आतँक न्यूनिकरण हुनेमा आफूहरु आशाबादी बनेको अर्का स्थानीय टेकबहादुर श्रेष्ठले बताए ।

 

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयको आर्थिक सहयोगमा ठोरी गाउँपालिका–४ को शान्तिटोलदेखि सुवर्णपुरको गडुवालाईन हुँदै जिराभवानी गाउँपालिका–१ को बसन्तपुरसम्म साढे १४ किलोमिटर लामो विद्युतीय तारवार लगाइएको कुसुमबाटिक मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टंकप्रसाद तिमिल्सिनाले जानकारी दिए । ५/५ किलोमिटरको दुरीमा १२ सय वाटको सौर्य उर्जा जडान गरी ४ फेजको तारवारमा २४ सै घण्टा ७ देखि ९ भोल्टको विद्युत छाड्ने गरेको तिमिल्सिनाले बताए ।

 

अध्यक्ष तिमिल्सिनाले भने, “साढे ७ भोल्टको विद्युतको झट्काले नै हात्ती तर्सने प्राविधीकको भनाई छ । हामीले लगाएको ४ फेजको तारमा ७–९ भोल्टको विद्युत प्रवाह हुन्छ । जसले गर्दा हात्ती पनि रोकिनेमा हामी विश्वस्त छौँ । हात्तीले रुख ढालेर तारवारमा क्षति गरेर वस्ती पस्न सक्ने सम्भावना भने छ ।” तारवार गरिएको क्षेत्रमा झाडीबढेर तारलाई छुँदा विद्युत सोसेर लिँदा पर्याप्त मात्रमा ४ ओटै फेजको तारमा विद्युत प्रवाह हुन नसक्दा समस्या आउन थालेको उनले बताए ।

 

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत कुसुमवाटिका उपभोक्ता समिति, सुनाखरी उपभोक्ता समिति र पञ्चमुखी उपभोक्ता समिति क्षेत्रभित्र विद्युतीय तारवार गरिएको तिमिल्सिनाले बताए । जंगली जनावर र मानववीचको द्वन्द्व बढ्दै गएपछि राष्ट्रिय निकुञ्जले विद्युतीय तारवारको कार्यक्रम ल्याएको हो ।

 

फलामको पोल गाडेर व्यवस्थित ढंगले विद्युतीय तारवार गरिएकाले राष्ट्रिय निकुञ्ज आसपासका जनताहरु केही उत्साहित भने देखिएको अर्का स्थानीय राजु थिङले बताए । रु. ७१ लाखमा धरानको सुमित सप्लायर्स एण्ड ट्रेडर्सले दुई साताअघि विद्युतीय तार लगाउने कार्य सम्पन्न गरेको अध्यक्ष तिमिल्सिनाले बताए । आजको प्रतीकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.