logo

रक्तदान र आँखाका रोगीहरुको निशुल्क उपचार सेवा मिलाईने परिवानीपुर गापा प्रमुख साहको घोषणा

      6/15/2018 गते 00 00 मा प्रकाशित     966   पटक पढिएको

बीरगंज २ असार ।
गण्डक युथ क्लव बहुवरीको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । गण्डक चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्धघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले गरेका थिए । 

 


रक्तदान कार्यक्रमको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले आउने आर्थिक वर्षबाट परवानीपुर गाउँपालिकामा रक्तदान कार्यक्रमकोलागि आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गरे ।

 

उनले मानवीय सेवामा रक्तदानको महत्वूर्ण भूमिका रहेको चर्चा गर्दै रक्तादन सम्बन्धी जनचेतना जगाउने र कार्यक्रमको आयोजना गर्न बजेटका कारण समस्या नहुने बताए ।

 

उनले आफनो गाउँपालिकामा २२ हजार जनसंख्या रहेको बताउदै आउने आर्थिक वर्षदेखी आखाँको रोग लागेकाहरुकोलागि निशुल्क उपचारको ब्यवस्था गर्ने बताए । त्यसकोलागि नीतिगत तयारी भइरहेको  उनले जानकारी दिए । उनले गण्डक युथ क्लवले महान समाजीक सेवाभावले रक्तदान कार्यक्रमको आयेजना गरेको भन्दै प्रशंसा गरेका थिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले शरीरका अन्य अंगहरुको बिकल्प पाइने भएपनि रगत को बिकल्प रगत मात्र हुने चर्चा गर्दै रक्तदान वास्तवमा जीवनदान भएको बताए । उनले स्थानीय सरकारहरुले रक्तदान जस्तो सेवाभावले काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्नु पर्ने धारणा ब्यक्त गरे । 


कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला साह नेकपाका नेता उमेश कुश्वाहा बिनोद पटेल  पोखरिया नगरपालिकाका कार्यकारी अधिकृत नाथु साह बीरगंज महानगरपालिका वडा नं १५ का अध्यक्ष गजेन्द्र पटेल ,नेपाल रक्त संचार केन्द्र बीरगंजका प्रमुख प्रवीण मानन्धर नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य जवाहिर अन्सारी  लगायतले कार्यक्रमको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

 


कार्यक्रममा ब्लड डोनर्स एशोसिएशन बीरगंजका सचिव अरविन्द सिंह, बिद्यार्थी नेता प्रभाकर गुप्ता,शिवजी गुप्ता,नरेन्द्र साह,रोशनी श्रेष्ठ लगायतले सहयोग पु¥याएका थिए । 

 


क्mलबका अध्यक्ष उमेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जयप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रममा ४ महिला सहित ८१ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रम जारी रहेको अध्यक्ष गुप्ताले बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.