logo

प्रदेश २ मा पौने तीस अर्वको बजेट प्रस्तुत संचार क्षेत्र जिल्लाराम

      6/15/2018 गते 00 00 मा प्रकाशित     1006   पटक पढिएको

असार १ जनकपुरधाम ।
प्रदेश नं २  सकारका आर्थिक मामलामंत्री बिजय यादवले  प्रदेश सभामा शुत्रलवार २९ अर्व ७८ करोडको बजेट पेश गरेका छन । प्रदेश २ सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।  

 

बजेटमा सांसदको योजनामा खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरिएको हो । स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा यो बजेट खर्च हुने बजेट भाषणमा उल्लेख छ । 

प्रदेश सरकारले सडक निर्माणमा १ अर्ब २६ करोड, ‘हर खेतमे पानी हर हाथमे काम’  योजनाका लागि ५२ करोड, मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी पढाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै मुख्यमन्त्री राहत र पुनःस्थापन कोषमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

त्यस्तै प्रदेशमा रहेका जनकपुर,राजविराज र नारायणी उपक्षेत्रीय अस्पतालको स्तरोन्नतीकोलागि सरकारले बजेट बिनियोजन गरेको  छ । पर्या पर्यटनको बिकासकालागि होमस्टे संचालनमा समेत सरकारले बजेट बिनियोजन गरेको छ । 

निशुल्क दलित शिक्षा र छात्राबास निर्माणको लागि ८ जिल्लामा ८ करोड, ‘खिलेगा मधेस, खेलेगा मधेस’ नारा दिई युवा खेलकुद विकासमा ९ करोड ७४ लाख र कृषि शितगृह निर्माणकालागि  १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा संचार क्षेत्रकोलागि भने बजेट बिनियोजन भएको छैन ।

 

सरकारको नीति तथा कार्यक्रममा संचार क्षेत्रको कुरा उल्लेख भएपनि बजेटमा भने आमसंचारको शब्द समेत परेको छैन ।

 प्रदेशसभा २ को बजेटमा असहमति जनाउँदै प्रमुख पतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले संसद अवरोध गरेको छ ।

 

उनीहरुले संसदमा बजेट टेबुल हुन अवरोध गरेका हुन् । बजेटमा हिन्दी भाषा समावेश गरिएको, मन्त्रीमुखी कार्यक्रम ल्याइएको, निर्वाचन क्षेत्र विकास कार्यक्रममा रकम अपुग भएको भन्दै उनीहरुले स‌ंसद अवरुद्ध गरेका हुन् ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रममा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ तर विपक्षीले १ करोड बनाउन माग गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.