logo

सुर्वणपुरको होमस्टे पर्यटककालागि आकर्षणको केन्द्र बन्दै ,ठोरीलाई समृद्ध बनाई छाडछौ -अध्यक्ष श्रेष्ठ

      6/14/2018 गते 00 00 मा प्रकाशित     1219   पटक पढिएको

बीरगंज १ असार ।
ठोरी गाउँपालिकाको वडा नं ५ मा रहेको “होमस्टे” आकर्षणको केन्द्र बन्दै छ । बीरगंजबाट ३७ किलोमिटर पश्चिम उत्तरमा रहेको सुवर्णपुरमा संचालीत होमस्टे आन्तरिक पर्यटकहरुकालागि आकर्षणको केन्द्र बन्दै गएको हो ।
होमस्टेमा १५ वटा घरहरु रहेका छन ।

 

जसमा ४० जना अतिथिहरुले बास बस्न सक्ने हामेमस्टे संचालन गर्दै आएको सुनाखरी बन उपभोक्ता समितिका अध्यक्ष शम्भू पौडेल बताउछन ।


अहिले होमस्टे वर्षभरि संचालन हुदै आएको छ । ग्रामीण परिवेश बाटो बिजुलीको सुविधा भएको मिश्रीत संस्कृतिको संगम । अनि अर्गानिक उत्पादन घरेलु स्वाद यि र यस्तै बिशेषताका कारण होमस्टे निकै चर्चित हुदै गएको हो ।

 

होमस्टेले सांस्कतिको आदान प्रदान ग्रामीण परिवेशलाई बुझ्ने वतावरण दिनुको साथै आर्थिक रुपमा पनि परिर्वतन ल्याउन मद्धत गर्ने बुझाई छ ठोरी गाउँपालिका प्रमुख पि.एल.श्रेष्ठको । 


ठोरीको समृद्धिका निम्ति पर्या पर्यटनको बिकासको अवधारणा अगाडि सार्ने प्रमुख पाएपछि सुवर्णपुरका होमस्टेसंचालकहरु पनि उत्साहित भएका छन । होमस्टे संचालनको अर्थ आर्थिक उपचार्जनसंग मात्र जोडिएको छैन जगंल र जंगली जनावरको संरक्षणको र प्रर्वद्धन पनि जोडिएको छ ।

 
होमस्टेलाई अझ बढी प्रभावकारी रुपमा संचालन गर्नकालागि जंगल सफारी शुरु गर्ने वतावरण बनाउन लागि परेका छन गाउँपालिका प्रमुख श्रेष्ठ । उनले चुनावताका  गरेको बाचा स्मरण गर्दै भने “ठोरीलाई समृद्ध ठोरी बनाउने सपना देखाएको छु त्यो त पुरा गर्न लाग्नै पर्छ” ।

 

त्यसकालागि भौतीक बिकास र मानवीय बिकास उतिकै ध्यान दिएको बताउछन श्रेष्ठ । ठोरीका २ हजार भन्दा बढी नागरिकलाई बिभिन्ना तालिममा सहभागि गराएको उनले बताए । युवाहरुलाई पत्रकारिता,मेलमिलाप,वाल पत्रकारिता, लागुऔषध तथा दूब्र्यसनको प्रभाव महिलाहरुलाई कुशन,गुडिया,अचार बनाउने लगायतका बिषयमा बिष्यबिज्ञलाई ल्याएर तालिम दिएको उनी बताउछन । तालिमले सोचने तरिकामा परिर्वतन ल्याउछ र त्यसले ब्यवहार परिर्वतन हुन्छ अनि सिंगो जनशक्ति बिकासमा लाग्ने उनको बिशवास छ ।


त्योसंगै पूर्वाधारमा पनि उनले निकै झलाङ् मारेका छन । होमस्टे संचालीत सुवर्णपुर गाउँपालिकाको समेत अनुदान सहयोगमा “कल्चरल हाउस” सास्कृतिक भवनको निर्माण भएको छ । सुविधा सम्पन्न भवन १८ लाखको लागतमा सम्पन्न हुने अनुमान गरिएको सुनाखरी बन उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताए ।


त्यस भवनमा होमस्टेमा आउने अतिथिहरुको मनोरन्जनकोलागि धाँगड,तमाङ नवार थारु तथा नेपाली लोक संस्कृति र संगीत प्रस्तुत गरिनेछ । शहरको कोलाहालपूर्ण अवस्थाबाट नजिकै र सस्तोमा ग्रामीण जनजीवनको अध्ययन सहित शान्ति महशुस गर्नकालागि सुर्वणपुरको होमस्टे निकै आन्नददायक हुने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.