logo

बिकासको काममा अवरोध सहन गरिने छैन गापा  प्रमुख जयसवाल

      6/14/2018 गते 00 00 मा प्रकाशित     1075   पटक पढिएको

बीरगंज ३१जेठ   ।

बिकास निर्माणको काममा कुनै पनि खालको अवरोध सहन नगरिने सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताएका छन ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) मानव अधिकार निगरानी समहु गादी तथा वडा कार्यलय गादीले वडाकार्यालयमा बिहिवार आयोजना गरेको सेवाग्राही र सेवाप्रदायक वीचको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन।

सडक च्यापेर घर बनाउनेहरुको कारण सडक साँघुरा भएका छन नाला निर्माण गर्दा सडक नै सकिने खालको अवस्था छ हामी सडको अतिक्रमण हटाएर बिकासका काम अगाडि बढाइने बताए । उनले वालवालिकालाई बिद्यालय नपढाउने रक्सी सेवान गरेर श्रीमती कुटने जस्ता समस्याहरु रहेको बताउदै त्यस्ता समस्या समाधान गर्न आफूहरु लागि परेको बताए ।

 

उनले स्थानीय तहलाई आत्म निर्भर बनाउने बिषयमा समेत आफूहरुले काम गरिरहेको बताए । उनले बिद्यालयमा भूईमा बसेर पढनु पर्ने अवस्थाको अन्त्य गर्न आफू लागि परेको बताए ।  जगंलको फडानी नियन्त्रण गर्न उनले पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रुपमा काम गर्नु बताए ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले भौतीक पूर्वाधारको बिकास संगै मानवीय बिकासको क्षेत्रमा आफूहरुले काम गर्ने बताइन । उनले खाद्य,स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार भएको चर्चा गर्दै बिकासको पहिलो शर्त शिक्षा भएको बताइन ।उनले अहिले पनि कर्मचारीतन्त्र हावी भएको गुनासो गरिन ।

 

उनले बिषदीमुक्त कृषि उपजको उत्पादन गाउँमा रोजगारीको सृजनाकालागि आफूहरुले कोशीस गरिहेको बताइन । उपाध्यक्ष महतोले नागरिक समृद्ध भएमात्रै राष्ट्र समृद्ध हुने भएकोले नागरिको आर्थिक समृद्धिको आकंक्षा पुरा गर्न पर्यटन,कृषिको उत्पादकत्वमा बृद्धि जंगलको संरक्षणमा ध्यान दिइने बताइन ।

 

मानव अधिकार निगरानी समुह मधुवन धवलका अध्यक्ष दिनेश तिमिल्सीना र गादीका अध्यक्ष बिजय गैरेले समुहको तर्फबाट गरिएको गतिविधि र त्यसले ल्याएको परिर्वतनको बिषयमा प्रकाश पारेका थिए ।

 

मानव अधिकार निगरानी समुहका पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का अध्यक्ष बिजय गैरेको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक पर्सा प्रतिनिधि के.सी.लामिछाने, सखुवा प्रसौनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष बिश्वनाथ पटवारी,तुलसा अधिकारी देवीचरण न्यौपाने समाजसेवी बासुदेव चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बासुदेव चौधरी,पारस महतो,रामा खाँ थारु,राधीका गिरी चन्केश्वर भण्डारी मोहन चौधरी र वाल अधिकार चेतना समुह रंगपुरका अध्यक्ष सकिना खातुनले आ आफना सवाल सुझाव राखेका थिए । सहभागिहरुले बिकास निर्माणका कामको अवस्था,बिद्यालयमा बिनियोजीत रकमको निकासा नभएकोले कहिले सम्म उपलब्ध हुन्छ भन्दै आफनो जिज्ञासा राखेका थिए । जवाफमा सरोकारवालाले असार २० गते भित्र सबै काम सम्पन्न हुने जानकारी दिएका थिए ।

 

कार्यक्रममा गादी र मधुवन मथवलका मानव अधिकार निगरानी समुहका पदाधिकारी सदस्यहरु ,वालअधिकार चेतना समुहका प्रतिनिधि शिक्षक तथा अन्य सामाजिक अगुवा गरि ५० जनाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.