logo

निजी बिद्यालयको मनोमानी शुल्क निर्धारणको बिरुद्ध नेविसंघले मोर्चा कस्यो

      5/22/2018 गते 00 00 मा प्रकाशित     1009   पटक पढिएको


बीरगंज ८ जेठ । 
नीजि बिद्यालयले मनोमानी रुपमा लिएको शुल्क फिर्ताको माग गरेर नेपाल बिद्यार्थी संघ पर्साले पर्साका प्रमुख जिल्ला अधिकारीलाई मंगलवार ज्ञापन पत्र बुझाएको छ ।

    ज्ञापन पत्र मार्फत संघले नीजि बिद्यालयले चलाएको हैकम र संचालकहरुको मनोमानीलाई लगाम लगाउन माग गरेको छ । ०७५ बैशाख २२ गते शिक्षा बिज्ञान तथा प्रविधि मंत्रालयसंग भएको समझौताको पालना हुनु पर्ने माग राखेको संघले पर्सामा जिल्लामा अनुगमन टोली गठन हुनु पर्ने जोडदार माग गरेको छ ।

 

संघका जिल्ला संयोजक दीलीप कार्कीले नीजि बिद्यालयले १० प्रतिशत छात्रवृति पारदर्शी रुपमा बितरण गर्नु पर्ने उल्लेख भएपनि आफना नाता गोता र नजिकका मान्छेहरुलाई उपलब्ध गराईको दावी गर्दै त्यो छात्रबृति सार्वजनीक गरिनु पर्ने बताए । 


शुल्क मापदण्ड निर्देशशिका ०७२ को खिलाफमा गएर बिदालयहरुले शुल्क लिएकोले  त्यसलाई कानूनको दायरामा ल्याउन आफूहरुले पहल शुरु गरेको संयोजक कार्कीले बताए । बैशाख २२ को सम्झौता लागू गर्नु पर्ने मुख्य माग हो त्यो लागू नभए नेपाल बिद्यार्थी संघका अगाडि आन्दोलनको बाटोको बिकल्प नहरने उनले बताए । 

 

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका स्थित सुकई साह मा.वि.मा गुणस्तरीय शिक्षा र दरबन्दी अनुसार शिक्षक नभएको कारणले विद्यार्र्थीले गरेको तालाबन्दी सहितको संघर्ष प्रति नेविसंघ पर्साले एक्यवद्धता जनाएको छ । संघले समस्याको समाधान यथाशिघ्र गर्न र त्यसो नभए आन्दोलनको सामना गर्नु पर्ने अवस्था आउने चेतावनी समेत दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.