logo

मोदी भ्रमण व्यवस्थापनको खर्चमा विवाद,गद्धी सरकार प्रतिनै सवाल उठयो

      5/22/2018 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको

अलि असगर देवान

 जनकपुरधामः  प्रदेश २ मा खर्चको विषय लिएर सत्तारुढ दलहरुबीच नै अहिले विवाद चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा भएको खर्चको बिषय लिएर विवाद चुलिएको हो ।

मोदी भ्रमणको समिक्षा गर्न बसेको बैठकमा सांसद डिम्पल झाले खर्चको विवरण मागेपछि विवाद सुरु भएको स्रोतको भनाइ छ । उनले खर्चको विवरण माग्दा कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र राजपा प्रदेशसभा सदस्य झाबीच विवाद भएको बैठकमा सहभागी एक नेताको भनाई छ ।

सवारी व्यवस्थापनदेखि लिएर अन्य व्यवस्थापनमा अनियमित्ता गरिएको भन्दै सांसद झाले बैठकमा बिरोध गरेपछि विवाद सतहमा देखिएको छ । कुनैपनि जिल्लामा आवश्यकता अनुसार सवारीसाधन नगएको समिक्षा बैठकमा उनले बताइएकी थिइन ।

 

तरपनि बिभिन्न व्यवस्थापनको नाममा राज्यको ढुकुटी सिँध्याउने काम मात्र भइरहेको बैठकमार्फत उनले गुनासो जाहेर गरेकी छन् । तर यो विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद झाले प्रतिक्रिया दिन चाँहिनन् ।

समिक्षा बैठकमा खर्च विवरण माग्दा राजपा सांसद झामाथि दुव्र्यहारको विषय लिएर अहिले फोरम(राजपाको सम्बन्ध चिसिएको छ । दुव्र्यहार गर्ने सांसदले माफी नमागे सरकारबाट आफ्नो समर्थन फिर्ता लिन समेत राजपा संसदीय दलले निर्णय गरेको राजपा महामन्त्री मनिष सुमनले जनाए । उनका अनुसार गएको ४ जेठमा भएको प्रदेश(२ को संसदीय दलको बैठकमा यस्तो निर्णय गरिएको छ ।

कहाँ -कति खर्च ?

मोदीको भ्रमणलाई सफल बनाउनको लागि काम बाँडफाड गरेर मुलसमितिसहित बिभिन्न ७ वटा उपसमितिहरु बनाइएको थियो । मुल समारोह समिति,मंच वयवस्थापन उपसमिति,सरसफाई तथा स्वागतद्वार उपसमिति,प्रचार(प्रसार उपसमिति,शान्ति सुरक्षा उपसमिति,जन परिचालन उपसमिति र आर्थिक व्यवस्थापन उपसमितिगरी साँतवटा समिति÷उपसमितिहरु बनाइएको थियो । प्रत्येक समिति÷उपसमितिहले आफ्नो जिम्मेवारी अनुसार छुट्टाछुट्टै खर्च गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

भ्रमणमा जनपरिचालन समितिको संयोजक कृषि मन्त्री शैलेन्द्र साहका अनुसार २८ बैशाखमा भएको मोदी भ्रमणमा २ सय ३० बस परिचालन गरिएको जनाए । उनका अनुसार धनुषामा ६०,महोतरीमा ७०,सर्लाहीमा ४०,रौतहटमामा ४०,पर्सामा २० गरी ८ वटै जिल्लामा आवश्यकता अनुसार बस परिचालन गरिएको छ । कृषिमन्त्री साहले रौतहटमा ४० वटा बस परिचालन गरिएको भनेपछि सांसद झाले यो गलत रहेको भन्दै आक्रोसित भएकी थिइन् ।

 

उनका अनुसार रौतहटमा १० वटा बसमात्र परिचालन गरिएको थियो । तर बढी बस पठाइएको भनेर रकम अनियमित्ता गर्न लागिएको सांसद झाले बैठकमा उठान गरेको स्रोतको भनाई छ ।

कृषिमन्त्री साहका अनुसार प्रत्येक बसमा ५ हजारको दरले खाजा व्यवस्थापन पनि गरिएको थियो । अर्थात २ सय ३० वटा बसमा साढे ११ लाखको खाजाको व्यवस्था गरिएको थियो । कृषिमन्त्री साहले बसमा खाजाको व्यवसथा गरिएको दाबी गरेपनि बसमा आएकाहरुले भने आफूले खाजा नपाएको बताएका छन् । बीरगन्जबाट आएका खुुुर्सेद आलमले आफूहरु बीरगन्जबाट भोकै जनकपुर आएको बताए ।

 

कतैबाट पनि बसमा खाजाको नपाएको उनको भनाई छ । उनले भने,‘कार्यक्रम स्थलमै पिउने पानीको समेत व्यवस्था गर्न नस्कनेले कसरी बसमा खाजाको व्यवस्था गर्ला रु ’ बस कति भाँडामा रिजर्भ गरिएको भन्ने सवालमा मन्त्री साहले रकम खुलाउन आनाकानी गरे ।

त्यस्तै सामाजिक विकास मन्त्री रामनरेश रायले प्रचार(प्रसारमा ५० लाख भन्दा बढी खर्च भएको बताए । उनका अनुसार प्रत्येक जिल्लाको रेडियो,टिभी,पत्रपत्रिका सुचना प्रकाशन÷प्रशासरण गर्न दिइएको थियो । जसमा ५० लाखभन्दा बढी खर्च भएको उनको दाबी छ । त्यस्तै मञ्च व्यवसथापनमा १ करोड ६७ लाख खर्च र पेन्टिङमा २० लाखको हाराहरीमा खर्च भएको स्रोतको भनाई छ ।

मोदीको भ्रमणको व्यवस्थापनमा ७ करोड भन्दा बढी खर्च भएपनि मुख्यमन्त्रीको कार्यालयबाट भने औपचारिक घोषणा गरिएको छैन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार भ्रमणमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालकाले छुट्टाछुट्टै खर्च गरेको छ,त्यही भएर खर्च विवरण आउन सकेको छैन् ।

खर्चको विषय लिएर अहिले राजपा(फोरम गठबन्धन धरमराउन थालेको छ । राजपा संसदीयदलले गरेको निर्णयमा सहमति नभए प्रदेशसमा राजपासंगको गठबन्धनमा समस्या बढ्दै गएको राजपा नेताहरुको आंकलन छ ।सभार अन्नापूर्णपोष्ट डटकम ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.