logo

कम्युनिष्ट नेताहरुको अभिब्यक्ति सुन्दा मुलुकले स्थायित्व र शान्ति पाउने कुरामा शंका पैदा भयो -अध्यक्ष थापा

      5/21/2018 गते 00 00 मा प्रकाशित     846   पटक पढिएको

बीरगंज ७ जेठ । 
राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्बिधान र प्रजातन्त्रको आवरण भित्रैबाट मुलुक सर्वसत्तावाद तर्फ उन्मुख भएको बताएका छन  । 


बीरगंजको होटेल सुरजमा सोमवार  पार्टीको राष्ट्रीय परिषदको बैठक उद्धघाटन गर्दै अध्यक्ष थापाले सम्बिधान र प्रजातन्त्रको आडमा न्यायपालिका प्रशासनसंयन्त्र र सम्बैधानिक अंगहरु कब्जा गर्ने नियत देखिएको बताए  । उनले  न्यायपालिका कब्जा भएको छ प्रशासन संयन्त्रमा पचास प्रतिशत र सम्बैधानिक आयोगहरु जुन वाँकी छन ति कब्जा गर्ने तयारी भइरहेको दावी गरे । 

 


तत्कालिन माओवादी र एमालेको पार्टी एकताप्रति बधाई समेत दिएका  अध्यक्ष थापाले पार्टी एकिकरण पछिको घटनाक्रम र  मुख्य नेताहरुको अभिब्यक्ति सुन्दा मुलुकले शान्ति र  स्थायित्व पाउनेमा आशंका ब्यक्त गरे । 


उनले  अहिलेकै घटनाक्रम र नियतबाट अगाडि बढने हो भने आमसंचार क्षेत्रको स्वतन्त्रतामा माथी पनि संकट आउने दावी गरे । 


हालै सम्पन्न निर्वाचनको परिणामबाट पार्टीमा देखा परेको निराशालाई अन्त्य गर्नकालागि आयोजना गरिएको बैठकमा अध्यक्ष थापाले फेरी पनि पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्नकालागि आव्हान गरे । अध्यक्ष थापाले भने “पार्टी एकताको शर्त अध्यक्ष पद बन्छ भने पनि आफू अध्यक्ष पदबाट राजीनामा दिन तयार छु ” ।


राष्ट्रवादी लोकतान्त्रिक शक्तिहरु वीचमा एकता आवश्यक रहेको बताउदै अध्यक्ष थापाले बिभाजनले कसैलाई फाइदा नभएको बताए । पार्टी बिभाजनमा कस्को के दोष थियो एक अर्कालाई आरोप लगाउन छाडौ अध्यक्ष थापाले भने “ सबै मतभेद बिर्सिएर देशलाई एउटा बलियो राजनीतिक शक्तिको आवश्यक रहेकोले  धर्म परिर्वतन,भ्रष्टाचार र सर्वसत्तावादको बिरुद्धमा रहेका राष्ट्रवादी सबै शक्तिलाई एकतामा आउन समेत अपिल गर्दछु ”।


अहिले मुलुकमा धर्म परिर्वतन, भ्रष्टाचार र सम्बिधानकोे आडमा सर्वसत्तावाद आउने खतरा नेपालका मुख्य चुनौतीका रुपमा रहेको अध्यक्ष थापाले बताए  । 
धर्म परिर्वतन भ्रष्टाचार र सर्वसत्तावादलाई परास्त गर्ने बिकल्प भनेकै भनेको हिन्दू राष्ट्र र राजसंस्था सहितको लाकेतन्त्रले मात्र सक्ने बताए  ।

 

नेपालमा राजसंस्था समाप्त भयो भने प्रजातन्त्र बलियो हुदैन कम्युनिष्टहरुको शासन कायम हुन्छ भन्ने बि.पी. कोइरालाको भनाईको स्मरण गर्दै अध्यक्ष थापाले भने “सहमती र सम्झौताको राजसंस्था सहितको लोकतन्त्र र हिन्दु  राष्ट्रले मात्र मुलुकलाई अहिले  देखिएको सम्भावित खतराबाट बचाउन सक्छ ”


उद्धघाटन समारोहमा पार्टीका उपाध्यक्ष बुद्धिमान तमाङ्ग,राजीव पराजुली महासचिव तथा सासद राजेन्द्र लिङ्देन लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए  । ९ गते सम्म संचालन हुने परिषद बैठकमा ७७ जिल्लाबाटै प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 

परिषद बैठकमा सागठानीक प्रतिवेदन ,बिधान संशोधन,चुनावी समिक्षा,पार्टीको आगामी कार्यदिशा निर्माणका बिषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका सहमहामंत्री राजाराम बर्तौलाले जानकारी दिए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.