logo

बैदेशीक रोजगारीमा पाठउने नाममा अर्वौको ठगी धन्दा चलाउदै आएका राम श्रेष्ठ पक्राउ

      5/20/2018 गते 00 00 मा प्रकाशित     811   पटक पढिएको

काठमाडौं ६ जेठ । यातायात क्षेत्रको सिण्डीकेट तोडेको सरकारको ध्यान अव बैदेशीक रोजागरीमा रहेको सिण्डीकेट बिरुद्ध केन्द्रीत भएको छ ।  मलेसियामा काम गर्न जाने कामदारसंग गैर कानूनी रकम असुल्दै आएका राम श्रेष्ठलाई पक्राउ गरेर सरकारले त्यस बिरुद्धको कारवाही शुरु गरेको छ ।  


श्रेष्ठहार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष हुन्।उनले मलेसिया सरकारको उच्च अधिकारीको मिलेमतोमा भिएलएन र वानस्टप सर्भिसका नाममा ७ हजार ७ सय ८० रुपैयाँ उठाउँदै आएका थिए। चार वर्षको अवधिमा यो कम्पनीले करिब पाँच अर्ब रुपैयाँ कामदारबाट अवैध रुपमा उठायो। कामदारबाट उठाएको यो रकममध्ये नेपालस्थित मलेसिया दूतावासको खातामा ७ सय रुपैयाँ मात्रै जान्थ्यो। 

श्रेष्ठको यो कामका बिरुद्ध बिभिन्न निकाय यहा सम्म की अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका छानविन गर्ने निकायमा उजुरी पर्यो।तर ती सबै निकायले छानविन गर्ने बहानामा यो कम्पनीलार्इ उन्मुक्ति दिए।श्रेष्ठले उन्मुक्ति पाउनुमा अरु कुनै कारण थिएन।कामदारबाट उठाएको अर्बौ रुपैयाँ उनले राजनीतिक दल,अख्तियारदेखि सम्वन्धित मन्त्रालयमा पुर्याउने गरेका थिए ।‘ 


भिएलएनबाट सुरु भएको ठगीधन्दा बढ्दै ०७३ वैशाखबाट ‌माइग्राम र असारबाट ओएससी, जिएसजी भन्ने संस्था थप गरेर असुली थालियो।यो अवधिमा ६ लाख ७० हजार नेपालीसँग अर्बौ रुपैयाँ उठाउँदा पनि तात्कालिन सरकारले गुपचुप राख्यो।३६ प्रतिशत ब्याज तिरेर ऋण काँढेका जनताबाट मलेसिया जाँदा १८ हजार रुपैयाँ अवैध असुली गरिन्थ्यो।यो अवधिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पटक रपटक आन्दोलन गर्यो तर कुनै सुनुवार्इ भएन।

तर अन्तिममा मलेसियामै महाथिर मोहम्मदको सरकार आएपछि श्रममन्त्री गोकर्ण विष्टले यी सबै संस्था खारेजीको घोषणा गरे।यो घोषणासँगै गरीब जनताबाट पैसा उठाउने संस्थाका प्रतिनिधीलार्इ कारवाही सुरु भएको छ।‘

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.